OnlineKhabar.com

सेनालाई मान्छे मार्न लगाउने कांग्रेस-एमाले नै हुन् : पूर्वजर्नेल

2069 माघ 4 गते 12:31 मा प्रकाशित

४ माघ, काठमाडौ । नेपाली कांग्रेस र नेकपा एमालेलगायत संसदवादी दलहरुले द्वन्द्वकालका हत्याका मुद्दा उठाउनुपर्ने माग गर्न थालेकै बेला नेपाली सेनाका एक जर्नेलले आक्रोश पोख्दै भनेका छन्- ‘हामीलाई मान्छे मार्न लगाउने यिनै कांग्रेस, एमाले लगायतका सात दल हुन् ।’

‘हामी ब्यारेकभित्र बसिराखेका बेला कांग्रेस, एमाले, राप्रपा, जनमोर्चा लगायतका दलले आतंकारी अध्यादेश ल्याएर हामीलाई ब्यारेक बाहिर निकालेका हुन् र माओवादीलाई आतंकारी घोषणा गर्दै मार्न लगाएका हुन् ।’ नेपाली सेनाका एक अवकाश प्राप्त जर्नेलले बिहीबार अनलाइनखबरसँगको कुराकानीका क्रममा भने- ‘अहिले द्वन्द्वकालका केही घटनालाई लिएर सेनामाथि कारवाही गर्ने कुरा गरिन्छ भने कांग्रेस, एमालेलाई सेनाले यत्तिकै छाड्नेवाला छैन । हामीलाई मान्छे मार्न लगाउनेहरु को हुन् भन्ने सेनाले राम्रोसित नोट गरेर राखेको छ ।’

युद्धकालमा नेपाली सेनाको महत्वपूर्ण जिम्मेवारीमा रहेका जर्नेल भन्छन्-‘युद्धका बेलामा केही निर्दाेषहरु पनि परेका हुन सक्छन्, कसैले अलिकति यातना पाएको हुन सक्छ । चिया खुवाएर कसैले पनि वयान दिँदैन ।’ जर्नेलको प्रश्न छ- अहिले मन्दिरा शर्मा र सुशील प्याकुरेलको घरमा चोरी भयो भने चोरलाई चिया खुवाएर वयान लिने कि दुईचार थप्पड हान्ने ?’

कांग्रेस, एमालेका नेताहरुले सेनालाई ब्यारेकबाट बाहिर निकालेर माओवादी मार्न लगाएको मात्र नभई आफ्नो सत्ता रक्षाका लागि माओवादीलाई उचालेर सुरक्षाकर्मीलाई समेत मारेको सेनाका ती जर्नेलको आरोप छ । ‘थानकोट हान्न गिरिजाले नै प्रचण्डलाई भनेका थिए । १२ बुँदेपछि गिरिजाले सेनामाथि आक्रमण गर्न माओवादीलाई निर्देशन दिएको हामीलाई राम्रोसँग स्मरण छ ।’-उनले भने ।

‘सेनालाई ब्यारेकबाट निकालेर आफैं युद्धमा पठाउने अनि अहिले त्यही युद्धकालका केही घटनालाई लिएर दलहरुले सेनामाथि दोष थोपर्न खोज्छन् भने सहेर बसेको नेपाली सेनाले त्यसै छाड्दैन, कारवाहीको धम्की दिइयो भने भैरबनाथ गण पनि बाहिर निस्कन्छ, त्यतिबेला देशमा जंगी शासन स्थापना हुन्छ ।’ पूर्वजर्नेलले आक्रोशित हुँदै भने- ‘मानवअधिकारवादीले रगत बगाउनुपरेको छैन, उुनीहरुलाई युद्धकालमा कुनै क्षति भएन, हाम्रा हजारौं सैनिक मरेका छन्, हजारौं घाइते भएका छन्, यस्तो बेलामा दुईचार थप्पड हानेका घटना र केही निर्दोष मारिएका घटनालाई उचालेर सेनामाथिको कारवाही कुरा गरिन्छ भने हामीलाई सैह्य हुने छैन ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“सेनालाई मान्छे मार्न लगाउने कांग्रेस-एमाले नै हुन् : पूर्वजर्नेल” मा प्राप्त 4 प्रतिकृयाहरू
  • bhupen लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 14:23

    देश धेरै बेर अलमलमा पर्यो। अब बेला भयो सेना र माओवादी मिलेर कुडां कङ्कर सफा गर्ने। फगत् गफका भकारी बनेका कङ्रेस एमाले लाई निल नपारी यो देश अघि बढ्दैन,लेखेर राखे हुन्छ ।

  • sujita लेख्नुहुन्छ    |   2070 भदौ 28 गते 17:34

    hamro desh sudarna ahileko kunai kangress amale ani mawobadi le sakdaina,kina ki yi bhaneka purainai neta hun jasle yudda gare ani ahile feri milay,kehi banna naya manche chahincha ahileka lai khane bani cha pahile dekhi nai,damd neta haru laj chaina 10 fera autai kura anauchan tehi kura bhatkauchan yini haru ko aru kehi udashya haina kursi ma basne ani bhatta khane sakha santan lai pugne dhan thuparne!!sachai nai desh banaune khalka bhaya ta yatika time samma k herera baseka tani???

  • gopal siwa लेख्नुहुन्छ    |   2070 असोज 2 गते 16:34

    केही थाहा नभए झैँ गरि हसिलो मुख बनाउदै मुलुक मा भ्रम छर्ने सात दले हो मान्छे मारेर शक्ति आर्जन गर्ने र सत्ता हत्याउने ,सत्ता मा रहने दाउमा त्यति खेर जमेका रैछौ । पर्लाऊ है माकुरी जालमा !!!

  • JHON लेख्नुहुन्छ    |   2070 असोज 8 गते 14:37

    nepali sena bahadur ta chhadaichha bt kukur hoina jasle che che vanyo utai daudane.neta le j garayo uhi garne….hey saab hajurharu ko sachchai mind vayeko vaye ni usaibela nirnaya linuparne aafno kshamata ra bahaduri dekhaune ya kasaile che che vandaima pachhadi lagne…..tapai aba retired vaisaknuvaako chha so bahira basera sena swayam lai aanch aaune kura swavabik hudaina ajhaipani himmat vaye bahira nikalnus senalai.nepali janatalai aba 601 jana vastrachari vanda baru yeutai tanashahi hitler chaiyeko xa.himmat chha yo kam garne?yadi chha vane aaunus maidan ma ma lagayat sachet nagarik ko saath rahanechha navaye chup lagera pariwar sanga ramaunus janata lai ta jun bwasoo vukepani yeutai aawaaj ta ho ni………