OnlineKhabar.com

खप्तडमा गंगा दशेरा मेला (फोटो फिचरसहित)

2070 जेठ 25 गते 4:05 मा प्रकाशित

शब्द/तस्विरः भरतबन्धु थापा

हरिया पाटन, पाटनभरी रंगीविरंगी फूल । छिनछिनमै मौसम बदलिने । कहिले पानी पर्ने, कहिले बादल नाच्ने र तुरुन्तै घाम लाग्ने ।

हिउँ पर्ने मौसमा त सेताम्य देखिन्छन पाटन । प्रकृतिको अनुपम उपहार सुदुर पश्चिमको खप्तड । बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थल खप्तड क्षेत्रको प्रमुख स्थान त्रिवेणी मन्दिर हो । जहाँ पुग्न डोटीदेखि दुई दिन हिड्नुपर्छ । मन्दिर छेउकै खोलामा नुहाएर मन्दिरमा पुजा गरे पाप मोचन हुने जनबिश्वास छ ।

त्रिवेणीबाट दुई घन्टामा खापर दह पुग्न सकिन्छ । घना जंगल बीचमा फूलै फूलहरुको बीचमा रहेका दहले खप्तड क्षेत्रलाई सिंगारेको छ । त्यहाँ पुग्दा स्वर्ग भनेको यहि हो कि जस्तो लाग्छ ।

दशेरा मेला एक झलक

दशेरा मेला एक झलक

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिवमन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदार ढुंगाजस्ता धार्मिक स्थल छन् । त्यसबाहेक साना ठूला २२ पाटन र ५२ झोती यहाँका प्रमुख आर्कषण हुन् । खप्तड बाबाको वि.स. ०५३ सालमा देहावसान भएपछि उनी बस्दै आएको घर जीर्ण बन्दै गएको छ ।

जीवजन्तुको बासस्थानका रुपमा पनि परिचित छ खप्तड । खप्तड क्षेत्रमा ४ रैथानेसहित १ सय ३५ किसिमका फूल फुल्छन् । नेपालमा पाइने ७ सय मुख्य जडिबुटीमध्ये २ सय २४ प्रजातिका जडिबुटीका साथै ५ सय ६७ प्रजातीका वनस्पति र विभिन्न २ सय ७० जातका चुराचुरुंगी खप्तडमा भेटिन्छन् । खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातीका रैथाने उभयचर लगाएत बाघबुट्टे निगांलो पाइने यो नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ हरियो छेपारो पनि पाइन्छ खप्तडमा ।

मेलामा देउडा गाउँदै

मेलामा देउडा गाउँदै

खप्तडको उचाइ १२६२ देखि ३२७६ मिटरसम्म छ । क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर । खप्तड राष्ट्रिय निकुञ्ज थलथले घासे मैदानयुक्त जमिन हो । खप्तड बाबाले ध्यान गरेकाले यसलाई धार्मिक र योगसाधना स्थलका रुपमा विकास गर्न सकिन्छ । हाइ माउन्टेन गल्फ कोर्स र ध्यानका लागि पनि उपयुक्त छ खप्तड क्षेत्र । तर यति महत्वको ठाउँमा निकुञ्ज बनेको २५ बर्ष भैसक्दा पनि ३ सय भन्दा बढी विदेसी पर्यटकले पाइला टेकेका छैनन् । गंगा दशहरा मेलामा भने हजारौं नेपाली पुग्छन् ।

मेलामा सहभागी एक साधु

मेलामा सहभागी एक साधु

सुदूरपश्चिमकै प्रख्यात मेला दशेरा मेलालाई तथा खप्तड क्षेत्रकै पर्यटनको विकासका लागि भनेर रैका ट्राभल्स एण्ड टुरले प्याकेज ब्यबस्था गरेको छ । सो प्याकेज अन्तगर्त असार ४ गते लाग्ने दशेरा मेलालाई लक्षित गरेको छ । मेलामा धनगढीदेखि खप्तडको दशेरा मेलासहित खप्तडकको भम्रण गरी पुन धनगढी सम्मका लागि ६ दिनको समय छुटाएको छ । जसका लागि प्रतिब्यक्ति १५ हजार रुपैयाँ खर्च लाग्ने जनाएको छ । खप्तड प्याकेजमा डोटीको शैलेश्वरी मन्दिर, डडेलधुराको उग्रतारा र डोटीकै भागेशवर शालमुनी मन्दिरको दर्शन समेत समेटिएको छ । यदी शुक्लाफाट बन्यजन्तु आरक्षण को जगल सफारी गर्ने हो भने थप एक दिनका साथै खर्च समेत थपीने रैका टाभल्सका प्रबन्ध निर्देशक अमर शाही बताउछन् । उनी भनछ यदी दुई थप गरेमा बर्दियाको ठाकुरद्धार मन्दिर तथा बर्दिया राष्टिय निकुन्ज घुम्नुका साथै सिमसार क्षेत्रमा पर्ने प्रख्यात घोेडाघोडी तालको समेत घुम्न सकिने बताए ।

खप्तडफाँटमा चरन गर्दै गरेका घोडा

खप्तडफाँटमा चरनमा रहेका घोडा

खप्तड जाँदा डोटीमा पर्ने पहलमानसिंह स्वाँर मार्ग

खप्तड जाँदा डोटीमा पर्ने पहलमानसिंह स्वाँर मार्ग

त्रिवेणी मन्दिर

त्रिवेणी मन्दिर

खप्तड दह

खप्तड दह

खप्तडका फाँटहरू

खप्तडका फाँटहरू

मेलामा सहभागी हुन जाँदै

मेलामा सहभागी हुन जाँदै

खप्तडका फाँटहरूमा फुलेका फूलहरू

खप्तडका फाँटहरूमा फुलेका फूलहरू

खप्तडजाँदा बाटोमा पर्ने भाग्गेश्वर सालमुनी मन्दिरमा पुजा गर्दा बजाउने बाजा

खप्तडजाँदा बाटोमा पर्ने भाग्गेश्वर सालमुनी मन्दिरमा पुजा गर्दा बजाउने बाजा

मेला सकिएपछि फर्कदै

मेला सकिएपछि फर्कदै

खप्तड जाने बाटोको बीचपानीमा चरन चर्दै ङोडा

खप्तड जाने बाटोको बीचपानीमा चरन चर्दै ङोडा

डोटी जाँदै गरेको बस

डोटी जाँदै गरेको बस

बाटोमा जाँदा देखिएको दृश्य

बाटोमा जाँदा देखिएको दृश्य

नाग फूल

नाग फूल

स्थानीय महिला

स्थानीय महिला

खप्तड फाँट

खप्तड फाँट

डोको बुन्दै

डोको बुन्दै

 थप जानकारीका लागी सम्पर्क नम्बर

सुनिल चन्द ९८४१७३००३६, ०१ ४४२२९९४

रैका टाभल्स एण्ड टुर प्राली

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।