OnlineKhabar.com

रुवी भ्यालीको रमाइलो संसार (फोटोफिचर)

2070 असार 1 गते 6:04 मा प्रकाशित

भरतबन्धु थापा

आखै अगाढी गणेश हिमाल । तामाङहरुको सस्कृती हेर्नका लागी प्रख्यात स्थल हो रुवी भ्याली । रुवी भ्याली पदयात्रामा गणेश हिमाल मात्र नभएर लाडटाङ, मनास्लु तथा लमजुङ हिमालको समेत मनोरम दृश्य देख्न सकिन्छ । पर्यटन क्षेत्रको नयाँ गन्तब्यका रुपमा आफ्नो स्थान बनाउँदै गएको भए पनि रुवी भ्याली पदयात्रा अझै चर्चामा आउन सकेको छैन् ।

तामाङहरुको बाहुल्यता भएपनी रुवी भ्यालीमा गुरुङ नेवार र दलीत समुदायको सँस्कृति पनि हेर्न पाइन्छ । रुवी भ्याली पदयात्राका लागि काठमाण्डौबाट ८ दिनको समय छुटाएमा राम्रो हुने बताउँछन् गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कुलबहादुर गुरुङ ।

गणेश हिमाल

गणेश हिमाल

रुवी भ्यालीमा अझै पर्यटकीय पूर्वाधार बनिसकेको छैन । बस्नका लागि स्थानीयवासीका घरमै भर पर्नुपर्छ । राम्रा होटलहरु तथा लजहरु संचालन हुन सकेका छैनन् । त्यसैले समितिले पछिल्लो समयमा स्थानीय वासिन्दालाई पाहुना सत्कारसम्बन्धी ७ दिने तालिम दिन थालेको छ ।

यो क्षेत्रमा रुवी अर्थात रातो ढुंगा प्रसस्त मात्रामा पाईने भएकाले यस्लाई रुवी भ्याली भनिएको स्थानीय वासिन्दाहरु बताउँछन । रुवी भ्यालीमा क्रिस्टल पनि उत्तिकै पाइन्छ ।

घाटु नाँच नाच्दै

घाटु नाँच नाच्दै

रुवी भ्याली पदयात्रामा गणेश हिमालको दृश्याअवलोकनका साथै धार्मिक हिसावले प्रख्यात कालो र सेतो दह, गणेश कुण्डमा समेत स्नान तथा जल ग्रहण गर्न सकिन्छ । यी दहमा जल ग्रहण तथा स्नान गरेपछि आफ्नो मनोकाक्षा पुरा हुने जनविशवास रहेका छ ।

यो क्षेत्रमा विशेष गरी धादिङ, गोरखा, रसुवा र नुवाकोटबाट दशर्नार्थीहरु आउने गर्दछन् । पदलयात्रको क्रममा सबै भन्दा ठुलो धारा सहितको तातोपानीमा नुहाउन पाउनुका साथै बहुमुल्य जडीबुडी पाच औले, जटामसी सिलाजी लगाएतका जडीबुटी समेत हेर्न पाईन्छ ।

3  GURUN LADY

गुरूङ महिलाहरू

6-ganesh-himal

गणेश हिमाल

7-ganesh-himal-2

गणेश हिमाल

11 kalo and seto daha height 4345 m

कालो र सेतो दह

12 height 4345 m height ma raheko dabra Dada photo kichaudai

दब्रा दह

13-view-from-pasang-dada

पासङ्ग डाँडा

ghatlang village on the way to ruby valley

घत्लाङ गाउँ

ghatu danco

घाटु नाँच

ghatu-dance-of-gurung-15

घाटु नाँच

ghatu-dance-of-gurung-16

घाटु नाँच

lama dance

लामा नाँच

Lama-dance-16

लामा नाँच

on-the-way-to-kalo-daha-15

कालो दह जाने बाटो

rubeey vally trek jadai

रूवी उपत्यका

tato-pani-14

तातोपानीमा नुहाउँदै

तस्विर सौजन्यः दिवस गुरुङ, गणेश हिमाल पर्यटन बिकाश समिति

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।