OnlineKhabar.com

यसरी चुम्न सकिन्छ जुम्लाको सुन्दरता (फोटोफिचर)

2070 असार 15 गते 9:43 मा प्रकाशित

शब्द/तस्विर : भरतबन्धु थापा

वरिपरि हिमाल, वीचमा उपत्यकाजस्तो समथर जमीनमा गुजुमुजुक्क परेका घरको वीचमा चन्दनाथ मन्दिर । अनि मन्दिर नजिकै बगिरहेको तीला नदी । यही हो जुम्ला जिल्लाको भौगोलिक सुन्दरता । जुम्लालाई रारा ताल जाने प्रमुख मार्गसमेत मानिन्छ । जुम्लादेखि दुई दिनको पैदल यात्रा पश्चात पुग्न सकिन्छ रारा ताल ।

कर्णाली अन्चलको सदरमुकाम समेत मानिने यो जिल्ला कर्णाली अञ्चलनका पाँच जिल्लामध्ये सुगममा पर्ने बताइन्छ । नेपाल एकीकरणपूर्व बाईसे चौविसे खस राज्यको राजधानीका साथै नेपाली भाषाको उद्गमस्थलका रुपमा जुम्लालाई लिइन्थ्यो ।

जुम्लामा कान्जिरोवा हिमाल, पातारासी हिमाल, वाक्की हिमाल, पंन्च देवल, तातोपानी, पाण्डुपगुफा, बिराज दरबार, चन्दनाथ मन्दिर, भैरवनाथ मन्दिर र कनकासुन्दरी मन्दिरहरु हेर्न लायकका छन् । प्राकृतिक सौन्र्दयता, जडीबुटीका साथै कला र संस्कृतिले निकै धनी रहेको छ । पर्यटकीय सम्भावनाको प्रचुर मात्रामा सम्भवाना रहेता पनि त्यसको उचित सदुपयोग हुन सकेको छैन ।

1

जुम्ला जिल्लाको प्रमुख आम्दानीको स्रोत स्याउ हो । यहाँ आलुको उत्पादन पनि निकै राम्रो छ । यहाँको स्याउ काठमाण्डौ लगायत अन्यत्र जिल्ला पनि फाट्टफुट्ट पुग्न थाले पनि यसको उचित बजा व्यवस्थापान हुन सकेको छैन । व्यवसायिक तवरले स्याउबाट बन्ने विभिन्न परिकारहरुको उत्पादनका लागि उद्योगको आवश्यकता देखिन्छ ।

जुम्ला जानका लागि सुर्खेतबाट बस सञ्चालन भएको छ । बाटो कच्ची भएका कारण गाह्रो हुने गरेको छ । त्यस्तै हवाइजहाजबाट जुम्ला जानका लागि सुर्खेत तथा नेपालगन्जबाट सिधै जुम्ला जान सकिन्छ । अहिले डोल्पाको जुफाल एयरपोर्टको मर्मत कार्य भएका कारण डोल्पालीहरु जुम्लाकै एयरपोर्ट भएर आवत-जावत गर्ने गर्छन् । पर्यटकहरुले जुम्लादेखि रारा र फोकसुण्डो तालसम्मको पदयात्रा समेत गर्ने गरेका छन् ।

2.5

यसरी पुग्न सकिन्छ जुम्ला

हवाइमार्गका लागि काठमाण्डौदेखि नेपालगन्ज र नेपालगन्जदेखि जुम्ला । अथवा सुर्खेतदेखि जुम्ला । त्यस्तै सडक मार्गका लागि काठमाण्डौदेखि सुर्खेत र सुर्खेतबाट कालीकोट हुँदै जुम्ला । पैदल मार्गका लागि दैलेखदेखि जुम्ला तीन दिनमा पुगिन्छ ।

2

3

4

6

9

10

12

13

14

15

16

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“यसरी चुम्न सकिन्छ जुम्लाको सुन्दरता (फोटोफिचर)” मा प्राप्त 46 प्रतिकृयाहरू
  • luckman लेख्नुहुन्छ    |   2070 भदौ 26 गते 8:43

    A Jumla is a rich on nature & culture. The main problems of Jumla is the transportation so that government must give first priority to construct the road,

  • jiwan singh bista लेख्नुहुन्छ    |   2070 भदौ 26 गते 10:11

    prakriti ko dhani jumla salam timi lai

  • razoo raza लेख्नुहुन्छ    |   2070 भदौ 28 गते 14:00

    dherai ramro 6 yesarinai internal tourism ko promotion garnnu par6