गाडी व्यापार गर्ने फरक काइदा

2070 भदौ 6 गते 13:42 मा प्रकाशित

६ साउन, काठमाडौं । भारतीय गाडी उत्पादक कम्पनी टाटाले नेपालमा कारको व्यापार बढाउन ललितपुरको सात दोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजना गरेको मेलामा वालवालिकाले मनोरञ्जन गरेका छन् ।

मेलामा ग्राहक तान्नका लागि कम्पनीले खानाका परिकार, बच्चाहरुका लागि खेल्ने व्यवस्था, डान्स पर्फमेन्स लगायतको व्यवस्था गरेको छ । महिलाहरुका लागि मेहन्दी र नङपालिस लगाइदिएर आकषिर्त गर्ने शैली अपनाइएको छ ।

Tata-Mela

ग्राहकका सिंगै परिवारलाई आकषिर्त गर्ने गरी आयोजना गरिएको मेला अवलोकनमा आउने पनि अधिकांश परिवारसँगै देखिन्थे । मेलामा केटाकेटीहरु खेलिरहेको, पुरुषहरुले टेष्ट ड्राइभ गरेको र महिलाहरुले नेल पलिस र मेहन्दी लगाइरहेको देख्न सकिन्थ्यो । शनिबारसम्म चल्ने मेलामा सबै सुविधा निःशुल्क उपलब्ध गराइएको थियो ।

मेला आयोजनाको दोस्रो दिन बिहीबार मेला ६ सय २ जनाले अवलोकन गरेको कम्पनीले जानकारी दिएको छ । यस दिन १८ वटा विभिन्न मोडलका गाडीहरु बुकिङ भएका छन् भने १ सय १७ जनाले टेष्ट ड्राइभ गरेका छन् । कम्पनीका अनुसार बुधबार १३ वटा कार बुकिङ भएका थिए ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मेलामा अवलोकनकर्ताको आगमन सोचेजस्तै रहेको बतायो ।

विदाको दिन पारी मेला आयोजना गरेर परिवारका सबै सदस्यहरुले हेरेर रोजी-रोजी कार किन्ने व्यवस्था मिलाई दिएको पावनजंग शिवाकोटीको भनाइ छ । उहाँका अनुसार मेलामा गाडीको पाटपुर्जा, मोडेल, इञ्जिनलगाएत सम्पूर्ण प्राविधिक पक्षको बारेमा जानकारी समेत दिइन्छ ।

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...