टिभिएसको ‘फोनिक्स’ बाइक नेपालमा बिक्री शुरू

2070 भदौ 7 गते 7:30 मा प्रकाशित

७ भदौ, काठमाडौं । भारतीय बाइक उत्पादक कम्पनी टिभिएस मोटरको नयाँ मोडल ‘फोनिक्स-१२५’ नेपाली बजारमा भित्रिएको छ । टिभिएस बाइकको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोक्रोपले नयाँ मोडल नेपाली बजारमा भित्राएको हो । सीजी मोटोक्रोप चौधरी ग्रुपको भगिनी संस्था हो ।

TVS

फोनिक्स बाइकको बिहीबार राजधानीमा एक कार्यक्रमबीच बिक्री सुभारम्भ गरियो । १२५ सीसी इञ्जिन क्षमताको उक्त बाइकको मूल्य नेपाली बजारमा १ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ । फोनिक्स नेपालमा उपलब्ध टिभिएस बाइकमध्येमा मध्यमस्तरको भएको कम्पनीले जनाएको छ । यस रेञ्जका बाइकहरुमा फोनिक्स नै पहिलो पि्रमियम बाइक भएको कम्पनीको दाबि छ ।

यो बाइकले प्रतिलिटर ६७ किलोमिटर माइलेज दिने बताइएको छ । कम्पनीले माइलेजका लागि ग्यारेन्टीसमेत दिने बताएको छ । ६ वटा रङमा उपलब्ध यो बाइक डिस्क ब्रेकमा उपलब्ध छ । बाइकमा कालो इञ्जिन रहेको छ । आकर्षक डिजाइन, नेपाली उपभोक्ता सुहाउँदो मूल्य, डिजिटल प्रविधि लगाएतका विशेषताले फोनिक्स नेपालीको रोजाइमा पर्न सफल हुने कम्पनीका संचालक अरुन चौधरीले बताउनुभयो ।

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...