सस्ता गाडीको भिडमा टोयोटाको प्रवेश

2070 भदौ 8 गते 4:05 मा प्रकाशित

विश्वविख्यात जापानीज कार टोयोटा चढ्ने रहर हुँदा-हुँदै पनि महंगो भएका कारण चढ्न नपाएका नेपालका कार पारखीहरुलाई खुसीको खबर छ । टोयोटाको अहिलेसम्मकै सस्तो कार ‘इटियोस’ नेपाली बजारमा भित्रिएको छ । इटियोस कारको नेपाली बजारमा ३४ लाख ४५ हजार रुपैयाँ पर्ने बताइएको छ ।

टोयोटाको नेपालका लागि आधिकारी बिक्रेता युनाइटेड ट्रडर्स सिन्डिकेट प्रालिले शुक्रबार साँझ राजधानीमा भव्य समारोहको आयोजना गरी इटियोस कार सार्वजनिक गर्‍यो । समारोहमा नेपालका चिरपरिचित उद्योगी-व्यवसायीहरुको ठूलो जमघट रहेको थियो । पछिल्लो समय नेपालमा टोयोटा कारको बिक्री घट्दै गइरहेको बेलामा सार्वजनीक गरिएको कम मूल्यको इटियोस कारले बजार पुनः तताउने अपेक्षा गरिएको छ ।

Toyota-etios

इटियोस सार्वजनिक समारोहमा बोल्दै युनाइटेड ट्रेडर्स सिन्डिकेटका अध्यक्ष सुरज वैद्यले सबैभन्दा राम्रो र नयाँ उत्पादन आफ्ना ग्राहकहरुमाझ ल्याउन पाएकोमा गर्व लागेको बताउनुभयो । इटियोसमा टोयोटाको नयाँ र उत्कृष्ट प्रविधी प्रयोग गरिएका कारण सबैले मन पराउने विश्वास उहाँको छ । टोयोटा मोटर कर्पोरेसनका मध्यपुर्व महाप्रबन्धक जीनागाताले टोयोटाले आफ्ना ग्राहकहरुले कस्तो किसिमको बाटोमा मोटर चलाउने गरेका छन भनेर अनुसन्धान गरी कार उत्पादन गर्ने गरेको बताउनुभयो । जुन कारण टोयोटाले कम मुल्यमा उच्च गुणस्तरको गाडि लिएर आउन सफल भएको उहाँको भनाई थियो ।

गुणस्तरमा सम्झौता गरिएको छैन

सेडान सेगमेन्टको इटियोस कार सस्तो भएपनि कम्पनीले ब्राण्ड र गुणस्तरमा कुनै सम्झौता नगरेको युनाइटेड सिन्डिकेट प्रालिका डेपुटी डाइरेक्टर कैलाश राजभण्डारीले दाबि गर्नुभयो । टोयोटा इटियोसले नेपालमा फोर्ड, हुन्डाई, भक्सवागन, किया, होण्डा, सुजुकी लगाएतका सस्ता कारहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । टोयोटा विश्वभर प्रख्यात र विश्वासिलो ब्राण्ड भएको कारण राम्रो ब्राण्ड खोज्ने गाडी पारखीहरुको मन इटियोसले सजिलै जित्नेमा कम्पनी विश्वस्त छ ।

पछिल्ला विकसित प्रविधिहरु सबै प्रयोग गरिएको इटियोसले प्रतिलिटर १७ किलोमिटरसम्म माइलेज दिने कम्पनीले दाबि गरेको छ । इटियोस कारमा १७४ मिलिमिटर ग्राउण्ड क्लियरेन्स भएका कारण नेपालका भत्केका बाटोमा समेत सहजै चलाउन सकिने छ । गाडीमा एन्टी ब्रेक सिष्टम, ५९५ लिटर क्षमताको डिक्की, १.५ लिटर डिओएचसी पेट्रोल इञ्जिन, टु डिन अडियो सिष्टम विथ ब्लुटुथ, युएसबी, इजी कन्ट्रोल हृविल ड्राइभिङका लागि स्टेरिङ स्वीच लगाएतका सुविधाहरु रहेका छन् ।

Toyot-etios

इटियोस टायोटाको सबैभन्दा बढी वातावरणमैत्री इन्धनमा चल्ने कार भएको कम्पनीको दाबि छ । यस कारमा स्माइल लाइनका साथ स्टाइलिस फ्रन्ट ग्रील पनि रहेको छ । कम्पनीका अनुसार १२ स्पोक एलोय हृवील र ५९५ लिटरका साथ यो वर्गमा सबैभन्दा बढी बुट स्पेस पनि छ । साथै, कारमा १३ लिटरको कुल्ड ग्लभ बक्स पनि रहेको छ ।

सुरक्षामा विशेष ध्यान

यस कारमा चालक र यात्रीहरुको सुरक्षालाई ध्यानमा राखेर ड्यूल फ्रन्ट एसआएस एयरब्याग्स, फ्रन्ट एण्ड रियर सिटवेल्ट राखिएको छ । भारतमा २०१२ मा सार्वजनिक भएको इटियोस कार अहिलेसम्म १ लाख थान बिक्री भइसकेका छन् । भारतमा राम्रो रेस्पोन्स पाएपछि इटियोस नेपाली बजारमा भित्राइएको डुपटी म्यानेजर राजभण्डारीले बताउनुभयो ।

बिक्री पछिको सेवालाई मध्यनजर गरेर इटियोसका सम्पूर्ण स्पेयर्स पाटर््सहरु नेपालमा ल्याइसकिएको कम्पनीले बताएको छ । एउटा मात्र भेरियन्टमा उपलब्ध यो कार ६ रङमा उपलब्ध हुनेछ । युनाइटेड सिन्डिकेटले काठमाडौंसहित पोखरा, बुटवल, नारायणगढ र विराटनगरबाट टोयोटाको थि्रएस सेवा उपलब्ध गराउँदै आएको छ ।

टोयोटा केही वर्ष अगाडीसम्म उच्च घरानीय परिवार, विदेशी निकाय, एनजीओ, आइएनजीओ लगाएतका क्षेत्रमा एकछत्र राज गरेको ब्राण्ड हो । पछिल्लो समय अन्य कम्पनीहरुले सस्ता कारहरु नेपाल भित्राएपछि नेपालीहरुको आर्थिक हौसियत भन्दा महंगो मानिने टोयोटा प्रतिस्पर्धाबाट पछि हट्दै गएको थियो ।

toyota-etios

Tyota-Etios

toyota-etios-

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...