२६ गतेदेखि राजधानीमा गाडीको कुम्भ मेला

मेलामा आठ देशका ४५ कम्पनीको सहभागिता रहने

2070 भदौ 17 गते 18:07 मा प्रकाशित

यहि भदौ २६ गतेदेखि ३० गतेसम्म राजधानीको भृकुटीमण्डपमा गाडीहरुको कुम्भ मेला लाग्ने भएको छ । मेला नेपाल अटोमोबाइल डिलर्स एसोसियसनले आयोजना गर्न लागेको हो । ‘नाडा अटो शो’ नामाकरण गरिएको उक्त मेलामा एक सयवटा स्टल रहनेछन् ।

अटो शोमा विभिन्न ८ देशका ४५ वटा कम्पनीको सहभागिता रहने मेलाका संयोजक एवं नाडाका उपाध्यक्ष शम्भुप्रसाद दाहालले बताउनुभयो । मेलाको बारेमा जानकारी दिन सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विभिन्न कम्पनीले बजारमा ल्याएका नयाँ सवारी साधनहरु प्रर्दशनीमा राखिने जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा सवारी साधन खरिद गर्दा कम्पनीहरुले विशेष छुट उपलब्ध गराउनेछन् ।

Nada Auto Show

मेलामा खासगरी नेपाल, भारत, चीन, कोरिया, जापान, अमेरिका, जर्मनी, चेक गणतन्त्र लगायतका मुलुकहरुको सहभागिता रहने बताइएको छ । चारपाङ्ग्रे, दुइ पाङ्ग्रे र व्यवसायिक सवारी साधनहरु मेलामा राखिने भएको छ । साथै, स्पेयर पार्टस्, लुब्रीकेन्ट्स, जेनेरेटर, ब्याट्रि र अन्य एसेसरिजहरु समेत मेलामा प्रर्दशनी तथा बिक्रीमा राखिने मेला संयोजक दाहालले जानकारी दिनुभयो ।

५० हजार उपभोक्ताले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र व्यवसायीक सवारीका अलग–अलग पेभिलियन रहनेछन् । जस्ले गर्दा अवलोकनकर्ताहरुलाई सहज हुने अपेक्षा आयोजकले लिएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुको समेत मेलामा स्टल रहनेछ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मेलामा ८ ब्रण्डका २ पाङ्ग्रे, १२ ब्रण्डका चार पाङ्ग्रे सवारी प्रदर्शन गरिनेछ । प्रदर्शनी स्थललाई व्यवस्थीत गर्न आयोजकले व्यवस्थित पार्किङ, शौचालय, चौविसै घन्टा सुरक्षा गार्डका व्यवस्था गरिने जनाएको छ । यस पटक प्रदर्शनी स्थलको समेत विमा गरिएको बताइएको छ ।

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...