वरिपरि दुबोले घेरिएको चौरीको वीचमा नीलो ताल । त्यही पनि एउटा मात्रै होईन, पाँचवटा । एउटा ताल निकै ठुलो र अन्य अलि साना तालहरु । सिन्धुपाल्चेाक जिल्लामा अवस्थित भोटाड गाविस १ मा समुद्री सतहबाट करीव ४ हजार ६० मिटरमा उचाइमा अवस्थित पाँचपोखरी ताल हिन्दुहरुको तीर्थस्थलका रुपमा पनि परिचित रहेको छ ।
काठमाण्डौका लागि खानेपानी उपलब्ध गराउने मेलम्ची योजनाका रुपले प्रख्यात रहेको मेलम्ची बजारदेखि तीन दिनको पैदल यात्रा पश्चात पुग्न सकिन्छ पाँचपोखरी । काठमाण्डौदेखि मेलम्चीसमम्मको बसयात्रा पश्चात सुरु हुन्छ पैदल यात्रा । मेलम्चीदेखि पहिलो दिनको बास बस्नका लागि भोटाड पुगिन्छ । भोटाडसम्मको यात्राका लागि बाटोको अवस्था र बाटाको खानपिनका समेत राम्रो व्यवयस्था रहेको छ । तर, दोस्रो दिन भोटाडदेखि जंगलै जंगलको बाटो हुँदै बास बस्नका लागि राम्रो व्यवस्था रहेको छैन । वीचवीचमा गोठ तथा छाप्राहरु भेटिन्छन् ।
तर, समुद्र सतहबाट ३२ सय मिटरमा अवस्थित टपखर्कमा बास बस्ने सामान्य व्यवस्था रहेको छ । यात्राको तेस्रो दिन पाँचपोखरी पुग्न सकिन्छ । पाँचपोखरीमा बास बस्नका लागि सामान्य होटल पाइन्छ ।पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइ-धुवाइ गरेर पाँचवटा पोखरी परिक्रमा गरेमा पापमोचन हुनुका साथै मनले चिताएकेा पुरा हुने जनविश्वास रहेको छ ।
पाँचपोखरी रहेको स्थलबाट करिव एकघण्टाको टाडो उकालो पश्चात त्यो क्षेत्रको अग्लो डाँडामा पुगिन्छ । सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
उचित प्रचार-प्रसार नभएका कारण यो क्षेत्रमा पर्यटकीय गन्तब्यस्थल बन्न नसक्नुका साथै भौतिक पूर्वाधारको विकास समेत हुन सकेको छैन । विशेष गरी पाँचपोखरीमा जनै पूणिर्माको अघिल्लो दिन र मंसिर महिनाको पूणिर्माका दिन विशेष मेला लाग्ने गर्छ । यो मेला भर्नका लागि भक्तपुर र काभ्रेबाट उल्लेखनीयरुपमा सहभागी हुने गर्दछन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
Awesome
इस्तम्भकार ले अति नै सुन्दर ठाउको विवरण दिनु भएको मा येहालाई मुरी मुरी धन्यवाद |झन् एस माथि यो ठाउको बारेमा यात्रा सम्बन्धि सल्लाह सुझाब तथा बाटो खर्च लगाएत अन्य सहयोगी जानकारी हरु पनि दिने गरेमा यहि तस्बिर हेरेर जान मन गरेका हामी जस्ता लाइ अझै हौशला मिल्थ्यो कि |
सारैसुन्दर छ हाम्रो देश नेपाल
hamilai nepal ko barema kamai matra thaha huncha.nachahine lokeshan sabai thaha chha.aba hami sabaile bhanideu pani dekhadeu pani sorga bhaneko pachpokhari ho.
good job. ajha dherai thaun ko barema yestai khabar huna sakos bhabisyama, nepal kai lagi…
सारैसुन्दर छ हाम्रो देश नेपाल
it’s really beautiful. It looks like a heaven.
ma nepal bada dashai ma ghar ma ayayera jarur yehi katik ma janchu 100 parcent ramro paidal yatra
we also devlop the intranal turisim.
सारैसुन्दर छ हाम्रो देश नेपाल तर यो राजनीति गर्न्नेगोरु हरुल्ले खत्तमैबनायो अबके हुन्छ भनेकुरा कोस्लाई थाहाछैन…..
How beautiful our country!
We should promote these places for the tourism business!
thaun sworgai ho ma ak patak jane programme banaunchu
हाम्रो देश राम्रो देश जय नेपाल।।।।।।।।।।।।।।।।।।।।
Really Amazing
hamro nepal hamro des parn vanda payaro 6, kasle bujeko 6ra yo kura khali bedes bedes mattra van6an, garna khoje hamrai des nepal ma k 6ainara,
Rider Reply:
September 29th, 2013 at 9:59 pm
Sabai chha , sabai bhayera pani kehi chaina yo desh ma ..!!!
Yes pali ma pani gayara aaya pachpokhari sarai ramro ra amazain thau thiyo ani ramailo vaya…ani
pachpokhari samma jana melamchi bata tipeni samma jana ko lage bus pani paincha yadi tapai haru jana channu hu6 vana 5 thousand dekhe 7 ko samma vaya pugcha…if u want more information than call me
huxzjdjasdhaudjdb
nice n so beautiful
nice so beautifull
Proud to be a Nepali……Thanks onlinekhabar for the beautiful pictures. We should remain as Nepalese until we die…….But let’s work together to develop our country.
tal ko sundarta sarai ramro rahe6 suneko thiye tal dharma ko aastha sanga related 6re tesaile ma pray gar6u
hamro desh ko rajnitik arajakta lai yo tal ko sundarta le metai deous.
its really dream place of Nepal
जिन्न्दगीमा एकचोटी पुग्नै पर्ने ठाउ हो ।।जिउदै पुग्न सकिने स्वर्ग हो । अली हिंड्न चै गाह्रो हुन्छ । तर हरेक उकाली ओरालिमा बेग्लै आनन्द छ। मेरो जिन्दगीको अहिले सम्मको रोचक र रमाइलो यात्रा हो…तर यदि कोहि जान चाहनु हुन्छ भने धेरै कुराहरू बुझेर मात्रै जानु होला नत्र धेरै दु:ख पाईन्छ
धन्यवाद! यस्तो भूमिलाई स्वर्ग बनाउने बहादुर नेता दिनु पर्यो! नेपाल आमा:
अहिलेको जस्तो चोर, फटहा र स्वर्ग जस्तो भूमिलाई नर्क बनाउने होइन ।