OnlineKhabar.com

यस्तो छ दार्जीलिङको राम कहानी

2070 भदौ 24 गते 15:55 मा प्रकाशित

jiwan sharma– जीवन शर्मा

यतिबेला दार्जीलिङ, डुवर्स र सिलिगुडीको केही भागलाई मिलाएर छुट्टै राज्यको माग गर्दै आन्दोलन चर्किइरहेको छ । नेपाली मूल भएका भारतीय नेपालीभाषीहरूले आफ्नो पहिचानसहितको छुट्टै राज्यको माग गरेर पटक-पटक आन्दोलन गर्दै आइरहेका छन् । इतिहासमा छुट्टै राज्यको अस्तित्वमा रहेको दार्जीलिङ अहिले पश्चिम बंगाल राज्यमा अखण्ड रहेको छ । तर त्यहाँका जनताले गोर्खाल्याण्ड छुट्टै राज्य हुने पर्ने माग गरिरहेका छन् जुन माग माग्ने अधिकार भारतीय संविधानमा सुरक्षित रहेको छ । त्यस क्षेत्रमा धेरै मात्रामा नेपालीभाषीहरू बसोबास गर्छन् जसलाई उनीहरु छुट्टै पहिचानका लागि गोर्खा भन्ने गर्छन् ।

गोर्खाल्याण्ड छुट्टै राज्यको मागसहित चर्किएको आन्दोलनको पूरै असर परिरहेको छ । त्यहाँ रहेका सबै शैक्षिक संस्थाहरू बन्द भएका छन् । व्यापारिक तथा पर्यटकीय क्षेत्रमा ठूलो असर परेको देखिन्छ । त्यहाँ रहेका चिया कारखानाहरू पनि बन्द रहेका छन् । ज्यालादारी देखि व्यापारीसम्म विद्यार्थीदेखि कर्मचारीसम्म तथा मजदुरदेखि किसानसम्म सबैलाई आन्दोलनको असर परिरहेको छ । त्यहाँका व्यापारिक क्षेत्रहरू घरासायी बन्न थालेका छन् । लगातारको बन्दको मारमा त्यहाँका जनताहरू परिरहेका छन् । तर त्यत्ति धेरै असर पर्दा पनि त्यहाँको आन्दोलनमा कुनै कमि आएको छैन ।

यस्तो छ दार्जीलिङको इतिहास

इतिहासमा दार्जीलिङ छुट्टै राज्यको अस्तित्वमा रहेको देखिन्छ । वर्तमान नेपालको पूर्वीभेगमा किरात राज्य रहँदा त्यहाँ आफ्नै अस्तित्वमा रहेको लेप्चा राज्य थियो । जसको सिमाना हालको नेपालमा रहेको इलाम जिल्लाका धेरै भूभागहरू त्यही लेप्चा राज्यमा थिए । देउमाई पूर्वको भूभाग दार्जीलिङ राज्यमा नै थियो ।

भारतमा बि्रटिशको अधीन हुनुभन्दा अघि किरातहरूले त्यस क्षेत्रमा हमला गरी पूर्व दार्जीलिङ र यसको चारैतर्फको क्षेत्र किरात राज्यको अधीनमा ल्याए । त्यत्तिबेलाको शक्ति सम्पन्न किरात राज्यलाई विजयपुर भनिन्थ्यो । तर, दार्जीलिङ सधैं विजयपुर राज्यको अधीनस्त भएर रहन सकेन । विजयपुर राज्यबाट पछि दार्जीलिङलाई कहिले सिक्किमले आफ्नो कब्जामा लियो भने कहिले भुटानले । जसका कारण छुट्टै राज्यको इतिहास भएको दार्जीलिङ र त्यहाँका जनताले विभिन्न राज्यको अधीनलाई स्वीकार्दै आउनुपर्‍यो ।

बि्रटिस कालीन समयमा दार्जीलिङ

दार्जीलिङ भारत बि्रटिसहरूको अधीनस्त रहँदा नेपालमा एकीकरण अभियान चलेको थियो । गोर्खाका राजा पृथ्वीनारायण शाहको कदमलाई उनकै कान्छा छोरा बहादुर शाहले सघाउदै लगे । अन्ततः तत्कालिन नेपाली सेनाले दार्जीलिङलाई आˆनो अधीनमा ल्यायो । नेपाल एकीकरणको अभियानमा दार्जीलिङ नेपालको अस्तित्वमा आयो । त्यति बेला नेपालको सिमाना टिस्टासम्म पुगेको थियो भने उता डुबर्सका धेरै भागहरू नेपालमै थिए । तर, सन् १८१४-१८१५ को नेपाल-अंग्रेज युद्धपछि नेपाल सरकार र इष्ट इण्डिया कम्पनीबीचमा भएको सुगौली सन्धीमा बि्रटिश सरकारले नेपालबाट दार्जीलिङलाई उसको अधीनमा राख्यो । उता सन्धिमा हस्ताक्षर गरेर बि्रटिश सरकारले सिक्किमलाई चाँही फर्कादियो । जसका कारण सिक्किम छुट्टै राज्य भएर निकै लामो समयसम्म अस्तित्वमा रहन सफल भयो । दार्जीलिङको अहिलेको भूगोलसहितको नक्सा चाँही बि्रटिश-भूटान युद्ध (एंलो-भुटनिज वार) सन् १८६४ पछि आयो । भुटान-अंग्रेज युद्ध पछि नै कालिम्पोङ र डुवर्सको परिचय अस्तित्वमा आएको मानिन्छ । पछि तिनै कालिम्पोङ र डुबर्ससहित मिलेर बनेको एउटा सक्लो नक्सा परिचय बोकेर आयो । जसलाई आज गोर्खाल्याण्ड भनिन्छ ।

छुट्टै राज्यको माग

वास्तवमा गोर्खाल्याण्ड छुट्टै राज्यको माग आजभन्दा १०६ बर्ष अगाडि अर्थात सन् १९०७ देखि नै उठ्न थालेको हो । सन् १९०७ मा नै दार्जीलिङबासीहरूले तत्कालिन बि्रटिश सरकारसँग गोर्खाल्याण्डलाई छुट्टै राज्य बनाउनु पर्छ भन्ने माग राखेका थिए । र, आन्दोलनको शुरुवात गरेका थिए । तर बिटिश सरकारले नेपाली भाषी दार्जीलिङबासीको मागलाई वास्तै गरेनन् । ५० को दशकमा भारत स्वतन्त्र भएपछि भारतले आˆनो भूगोललाई बचाएर राख्न सकेन । पाकिस्तान अतित्वमा आयो । तर पाकिस्तानले पनि आˆनो भूगोलको रक्षा गर्न सकेन । त्यत्तिबेला पूर्व पाकिस्तान, हालको बंगलादेशमा स्वतन्त्रताको आन्दोलन शुरु भएको थियो ।

सन् १९६५ देखि प्रायोजित रुपमा बंगलादेशी शरणार्थीहरू हालको पश्चिम बंगालमा भित्रिन थाले । त्यति बेलासम्म बंगलादेश पाकिस्तानको अखण्ड राज्यमा नै थियो । सन् १९७१ मा बांगलादेश पाकिस्तानबाट छुट्टएिर स्वतन्त्र राज्य स्थापित भएपछि त्यहाँबाट शरणार्थी भएर आउने बंगालीहरूको संख्या त रोकियो तर बर्षौ पूरानो इतिहास बोकेर बसोबास गर्दै आइरहेका दार्जीलिङबासी नेपालीभाषी (नेपाली, लेप्चा र भुटिया) कम्तापुरी तथा राजबंशीहरू सिमान्तकृत हुन पुगे ।

पश्चिम बंगाल सरकारले नेपालीभाषी (नेपाली, लेप्चा र भुटिया) कम्तापुरी तथा राजबंशीहरूलाई सामाजिक, राजनैतिक तथा आर्थिक अधिकारबाट सधै उपेक्षा गरेको उनीहरूको गुनासो रहिरहृयो । फलस्वरुप उनीहरू छुट्टै राज्यको माग गर्दै आन्दोलनमा उत्रन थालेका छन् ।

सन् १९०७ मै उठेको छुट्टै राज्यको माग झण्डै ८० वर्षसम्म त्यत्ति कै सेलायो । सन् १९८६ अप्रिल ५ मा मात्र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आन्दोलन शुरु गर्‍यो । जसको नेतृत्व गरेका थिए सुभाष घिसिङले । त्यस आन्दोलनमा १२०० जना नेपालीभाषी गोर्खाहरूको मृत्यू भएको थियो । त्यस पछि क्रमशः आन्दोलनका क्रमहरू जारी रहेका छन् । पछिल्लो पटक ७ अक्टोबर २००७ मा विमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन शुरु गर्‍यो । अहिले आएर भारतीय केन्द्र सरकारले आन्द्र प्रदेशबाट छुटाएर तेलेंगनालाई छुट्टै राज्यको लागि स्विकृत गर्न लागेको थाहा पाएपछि आफूहरूलाई अन्याय परेको महशुस गर्दै दार्जीलिङबासीहरुले आन्दोलनलाई निरन्तरता दिदै आएका छन् । यति बेला दार्जीलिङमा क्रियाशिल रहेका सबै राजनैतिक पार्टीहरू एकबद्ध भएर गोर्खाल्याण्डको छुट्टै राज्यको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

घटनाक्रम

सन् १९०७ दार्जीलिङबासीद्वारा बि्रटिश सरकारसँग छुट्टै राज्यको माग ।

· ५ अपि्रल १९८६ गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको आव्हानमा गोर्खाल्याण्ड आन्दोलन शुरु १२०० जनताको मृत्यू ।

· २२ अगष्ट १९८८ गोर्खाल्याण्ड आन्दोलन १९ विभागको स्वायत्ततासहित दार्जीलिङ पार्वत्य परिषद -दागोपाप) मा सहमति सुवास घिसिङको नेतृत्वमा परिषद गठन ।

· ७ अक्टोबर २००७ गोर्खा जनमुक्ति मोर्चाद्वारा गोर्खाल्याण्डको माग गर्दै आन्दोलन शुरु विमल गुरुङको नेतृत्व ।

· १० मार्च २००८ सुवास घिसिङ दार्जीलिङ पार्वत्य परिषद -दागोपाप) बाट पदच्युत ।

· २७ डिसेम्बर २००८ पहिलो त्रिपक्षिय वार्ता विमल गुरुङको नेतृत्वमा वार्ताटोली ।

· ११ अगष्ट २००९ तेस्रो त्रिपक्षिय वार्तामा छैटौं अनुसूचिमा गाभ्ने सम्बन्धी विधेयक र दार्जीलिङ पार्वत्य परिषद -दागोपाप) खारेज गर्ने सहमति ।

· २१ डिसेम्बर २००९ दार्जीलिङमा चौथो त्रिपक्षिय वार्ता । वार्तामा पहिलोपटक गोर्खाल्याण्ड राज्य स्थापना प्रक्रिया बारे छलफल ।

· १८ मार्च २०१० नयाँ दिल्लीमा त्रिपक्षिय राजनैतिकस्तरको वार्ता । सन् २०११ डिसेम्बर ३१ सम्मका लागि अन्तरिम व्यवस्था गर्ने प्रक्रिया अघि बढाउने सहमति ।

· २१ मे २०१० अखिल भारतीय गोर्खा लिग (अभागोलि) मदन तामाङको हत्या । हत्याको आरोप गोर्खा जनमुक्ति मोर्चालाई लगाइयो ।

· ३० मे २०१० मोर्चाद्वारा गोर्खाल्याण्डको सट्टा गोर्खा आदिवासी प्रदेशको प्रस्ताव र अन्तरिम व्यवस्थाका लागि वार्ता नगर्ने निर्णय ।

· १७ अगष्ट २०१० सातौं चरणको त्रिपक्षिय वार्ता । गोर्खाल्याण्ड स्वायत्त प्राधिकरणलाई १४ विभागको स्वायत्तत्रता दिने सहमति । अखिल भारतीय गोर्खा लिग, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा -सी), गोर्खा राष्ट्रिय कांग्रेस, क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टी लगायतका पार्टीहरूको अन्तरिम व्यवस्थाप्रति असहमति ।

· १२ जनवरी २०११ छुट्टै राज्यका लागि तेलेंगनासरह गेर्खाल्याण्डलाई पनि संबोधन गर्न माग गर्दै २७ दिने आम हडताल शुरु ।

· २५ जनवरी २०११ त्रिपक्षिय वार्तामा अन्तरिम व्यवस्था मै जान मोर्चा सहमत ।

· ४ फेब्रुअरी २०११ जलपाईगुडी जिल्लाको सिब्चुको सिब्चु प्रहरीको गोली लागेर विमला राई र विक्की लामाको मृत्यू । दार्जीलिङका विभिन्न ठाउँमा गाडी तथा सरकारी कार्यालय तोडफोड । आन्दोलनका चरणबद्ध कार्यक्रम ।

· ५ फेब्रुअरी २०११ सिब्चुको घटनाको विरोधमा अनिश्चितकालिन आम हड्ताल । सिविआई जाँचको माग ।

· २९ जुलाई २०१३ विमल गुरुङको नेतृत्वमा गोर्खाल्याण्ड छुट्टै राज्यको माग गर्दै पुन आन्दोलन शुरु । ३ दिने आम हड्ताल ।

· २२ अगष्ट २०१३ गोर्खाल्याण्ड टेरोष्टेरियल एड्मिनिस्ट्रेशन -जिटिएल) का सभासद तथा गोर्खा जन मुक्ति मोर्चाका सहसचिव विनय तामाङलाई सिक्किमको सिमाना रम्बीबाट पक्राउ । ४० भन्दा बढी मोर्चाका कार्यकर्ता पक्राउ । पक्राउको विरोदमा आम हड्ताल ।

सम्झौतामा हस्ताक्षर

पछिल्लो पटक ३ वर्षसम्म आन्दोलन चले पनि गोर्खाल्याण्ड छुट्टै राज्य बन्न सकेन । अन्ततः गोर्खाल्याण्ड टेरोष्टेरियल एड्मिनिस्ट्रेशन (जिटिएल) मा नै सम्झौता भयो । गोर्खा जनमुक्ति मोर्चा, पश्चिम बंगाल सरकार र भारतको केन्द्रीय सरकारका बीचमा १८ जुलाई २०११ मा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन (गोर्खाल्याण्ड टेरोष्टेरियल एड्मिनिस्ट्रेशन जिटिएल) बनाउने सहमति भयो ।

उक्त सम्झौतामा पश्चिम बंगालको सिलिगुडी केन्द्र सरकारका गृहसचिव केके पाठक, राज्यका गृहसचिव ज्ञानदत्त गौतम र मोर्चाका महासचिव रोशन गिरीले सम्झौतामा हस्ताक्षर गरेका थिए । तर ममता बेनर्जीले पञ्चिम बंगालको मुख्यमन्त्री भए पछि गोर्खाल्याण्डका माग र सहमति भएका विषयहरूलाई समेत वेवास्ता गरेको भन्ने नेपालीभाषी गोर्खाहरूको गुनासो छ ।

फेरि केन्द्र सरकारले आन्द्र प्रदेशबाट स्वतन्त्र हुन चाहेको तेलंगनालाई छुट्टै राज्यको मान्यता दिने अन्तिम तयारी गरिरहेको अवस्थामा नेपालीभाषीले पनि आˆनो मागलाई अघि ल्याएका छन् । उनीहरू भारतीय संविधानमा भएको व्यवस्था अनुसार गोर्खाल्याण्ड छुट्टै राज्यका लागि चाहिने सबै आधारहरू तयार भएको बताउँछन् । तर, पश्चिम बंगाल सरकारले गोर्खाल्याण्डको छुट्टै राज्यको मागलाई अस्विकार गर्दै आइरहेको छ ।

पश्चिम बंगाललाई घाटा

पश्चिम बंगाल सरकार भारतीय राज्यहरूमध्ये कै सबै भन्दा बढी ऋण लिने राज्य हो । यदि दार्जीलिङलाई पनि छुट्टै राज्य दिने हो भने पश्चिम बंगालको आम्दानीमा ४० देखि ४५ प्रतिशत कमि हुन जान्छ अर्थात राज्यको आम्दानीमा ४० देखि ४५ प्रतिशत गिरावट आउँछ । अहिलेसम्म पर्यटन तथा जलविद्युत, जडिबुटी जस्ता क्षेत्रबाट पश्चिम बंगाल सरकारले ४० प्रतिशत भन्दा बढी आम्दानी लिँदै आएको छ । यदि अर्कै राज्य भएमा उक्त आम्दानीको स्रोत स्वत घट्ने र भारतका सबै प्रदेशको तुलनामा बंगाल सरकार दयनीय अवस्थामा पुग्ने राज्य सरकारको अनुमान छ र सो अनुमान सही पनि देखिन्छ ।

यद्यपि गोर्खाल्याण्ड छुट्टै राज्य बन्दा केन्द्र सरकारलाई कुनै असर पर्ने देखिँदैन । त्यो भारतसँग अखण्ड नै रहन्छ । भारतीय संविधान र भारतीय भूगोलमा रहेर बनेका अन्य धेरैवटा प्रान्तिय राज्यहरू भारतमा छन् । नेपालीभाषीहरूको छुट्टै राज्य बन्दा भारतलाई कुनै असर पर्दैन । किनभने उसले सिक्किमबाट धेरै सिकिसकेको छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“यस्तो छ दार्जीलिङको राम कहानी” मा प्राप्त 14 प्रतिकृयाहरू
  • pppokharel लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 16:24

    sambidhanma xuttine prabadhan xa. aru xuttida hunxa vane Gorkhalanda le pani xuttin paunu paeda xa. sambidhan ma sabai barabari hun6.auta desh ma duita sambidhan hudain.G/L ko manga pura garnai parxa.

  • Lokendra लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 16:58

    Madhesh muddalai pani Nepali media le yatikai prathimkta ka satha kinna lekhdaina? Madhesh lai pani chhautai rajya banauna lai kinna iniharule garkhaland jastai bibhina ghatna ra hatya lai lekhdaina??

  • Narayan लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 17:09

    Chhutai Gorkhaland banauna parchha wa darjiling nepal lai firta garnu parchha.

  • Ganesh लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 18:25

    Gorkhaland ko maag thik chha….history ko pani review vai sakeko chha.kina kendriya sarkar le tyaslai banauna chahadaina..tyo bhujna tyatro sochnu pardaina.

  • Rasmina Sherpa लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 19:56

    Artical le ramro kura uthan gare ko chha. yas bare ma ajhai khojmulak samagriharu ko apexcha chha.

  • BEGHA लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 20:51

    ए साथी हो हाम्रो लिम्बुवानले पनी त यस्तै सँघियताको माग गरेको हो नी तर जातीय पहिचान एकल पहिचान अनेक खालका भाँजो हालिन्छ media repotersले पनी कुनै ग्रायता दिदैनन् दार्जिलीङको बारेमा किन टाउको दुख्नु परेको यसरी खुलस्त पारेर हाम्रै समस्याहरु उजागर गरेर समाधानको बाटो खोजे हुन्न? किन बार हातको टाँगोले नछुने ठाँउको फुर्ती लाउनु परेको।

    pravin Reply:

    Hoina mula BEGHA yo akhanda nepal lai feri pahile ko jastai limbuyan khumbuyan baiesi, chaubisi banaune ho bhane Pritivi narayan Shahale akikaran gareko k kam vayo ra feri desh lai tukra tukra parne bichar 6 ghas khale mula haru ho

    nschalsth Reply:

    yaar jun thau ma timi haru baschau matra limbu ko baso bash ta chaina hola i think so hai teha bahun chettri ra aru cast ka ni basda holan ho tesaile jatiya rajya ko maag garnu afai ma galat ho baru…………………………. five development region ko adhar ma rajya banau nu yogya ho la
    ……………………………..

  • Dhir Lepcha लेख्नुहुन्छ    |   2070 भदौ 24 गते 22:40

    tra Bahun teti Belaa Nepal aako theena. Bahun Hudaiiii Haina.

  • kusal subba लेख्नुहुन्छ    |   2070 भदौ 25 गते 8:23

    जीवन शर्मा जीले दार्जिलिङको प्रसंगलाई राम्ररी उठाउनु भएछ । मोफसलदेखि नै खारिएका पत्रकार तथा लेखक शर्मा जी धेरै राम्रा लेख लेख्नु हुन्छ । विगतमा पनि हामीले उहाँका राम्रा लेखहरु बढ्दै आएका छौं । आउदा दिनहरुमा पनि उहाँबाट धेरै राम्रा खोजमूलक लेखको अपेक्षा गर्छौं । यस विषयमा तपाईले जे उठाउनु भयो सहि उठाउनु भयो । जहाँका नेपालीभाषीहरुले संघर्ष गरिरहेका छन् ती विषयलाई उठाउनु राम्रो कुरा हो । हुन त तपाईले नेपालका धेरै विषयहरु पर्यटन, संघियता, लिम्बूवान राज्य, किराँत राज्य, लेप्चा राज्य कृषि, कृषि पर्यटन, चिया पर्यटन लगायतका विषयमा लेख्नु भएको छ । अझै हामी तपाईका यस्ता सशक्त लेखहरुको आशा गर्छौं । कुनै पनि विषय उठाएर लेख्न सक्नु तपाईको सक्षमता हो । बा¥हहाते टाँगोले छुने नछुने भन्ने कुरा गौण होइनन् । हामी तपाई पूर्व कै लेखक भएको हुनाले पूर्वका धेरै विषयहरुलाई उठाइ दिएर लेखिदिन आग्रह गर्छौं । तपाईको लेखले हाम्रा विषयलाई प्रष्ट उजागार गरोस् यहि आशासहित शुभकामना ।

  • ram लेख्नुहुन्छ    |   2070 भदौ 25 गते 8:30

    k ko gorkhaland??? Gorkha lies in NEPAL.. do u understand so called Indians

  • Ram is a good boy लेख्नुहुन्छ    |   2070 भदौ 25 गते 19:47

    Lekhak le Itihas padhna pugena.

  • sampu sanu kanchha लेख्नुहुन्छ    |   2070 भदौ 27 गते 6:08

    to get own identity it is must be, and must do struggle,who am i?we should understand and demand. i solute to writer.

  • prem लेख्नुहुन्छ    |   2070 भदौ 27 गते 11:00

    Reporter sab aru ko desh ko kura uthaer hamro tauko n dukhaunu hos…smaran hos uta gorkharajya hunu bitikai hamro desh ma pani chhutai rajya ko mag suru hun sak6 or bhai pani raheko 6….tyasaile leave this matter …..lets unite we all.