भृकुटीमण्डपमा ५ दिने अटो मेला सुरू

अर्को वर्ष कर घट्छ : अर्थ मन्त्री

2070 भदौ 26 गते 10:02 मा प्रकाशित

२६ भदौ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा नाडा अटो सो सुरु भएको छ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन ९नाडा० को आयोजनामा यो मेला सञ्चालन भएको हो । मेलाको अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उद्घाटन गर्नुभयो ।

nada show 2013 1

अर्थमन्त्री कोइरालाले विश्व व्यापार संगठनको नियमअनुसार आगामी आर्थिक वर्षबाट सरकारले गाडीको भन्सार दर घटाउने बताउनुभयो । ‘गाडीको उच्च कर घटाउनुपर्छ भन्ने तपाईहरुको माग आगामी वर्षको बजेटले पूरा गर्नेछ’,उहाँको भनाइ थियो, ‘त्यसपछि गाडी बिक्री पनि बढ्ने छ ।’

साथै सरकारले चोभारमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण गर्न प्रक्रिया अघि बढाइरहेको जानकारी उहाँले दिनुभयो । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग छलफल भइरहेको मन्त्री कोइरालालले उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र नाडाका अध्यक्ष शेखर गोल्छाले आधुनिक व्यस्त युगमा गाडीलाई विलासी सामानको रुपमा चर्को कर नलगाउन सरकारसँग आग्रह गर्नु भएको थियो ।

मेलामा विश्वभर प्रसिद्धि कमाएका विभिन्न ८ देशका ४५ वटा कम्पनीको सहभागिता रहको आयोजक नाडाले जानकारी दिएको छ । मेलामा विभिन्न कम्पनीले नयाँ मोडलका गाडी सार्वजनिक गर्दैछन् । टाटा, हुण्डाई, होण्डा, फक्वागनलगायत कम्पनीले नयाँ गाडी सार्वजनिक गर्न लागेको बताएका छन् ।

भदौ ३० गतेसम्म चल्ने मेलामा सवारी(साधन खरिद गर्दा कम्पनीहरुले विशेष छुट उपलब्ध गराउने नाडाले जानकारी दिएको छ । मेलामा खासगरी नेपाल, भारत, चीन, कोरिया, जापान, अमेरिका, जर्मनी, चेक गणतन्त्र लगायतका मुलुकहरुको सहभागिता छ ।

चारपाङ्ग्रे, दुइ पाङ्ग्रे र व्यावसायिक सवारी साधनहरु मेलामा राखिने भएको छ । साथै, स्पेयर पार्टस्, लुब्रिकेन्टस, जेनेरेटर, ब्याट्री र अन्य एसेसरिजहरु समेत मेलामा प्रर्दशनी तथा बिक्रीमा राखिएको मेला संयोजक शम्भु दाहालले जानकारी दिनुभयो ।

५० हजार उपभोक्ताले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा चार पाङ्ग्रे, दुई पाङ्ग्रे र व्यावसायिक सवारीका अलग(अलग पेभिलियन छन् । जसले गर्दा अवलोकनकर्तालाई सहज हुने अपेक्षा आयोजकले लिएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुको समेत मेलामा स्टल रहेको छ । बैंकहरुले १० प्रतिशतसम्म ब्याजमा अटो लोनको स्किम ल्याएका छन् । मेलामा कम्पनी छानेर गाडी बुकिङ्गदेखि अटो लोन र गाडीको बीमा गर्न सक्ने सुविधा उपलब्ध छ ।

मेलामा ८ ब्रण्डका २ पाङ्ग्रे, १२ ब्रण्डका चार पाङ्ग्रे सवारी छन् । प्रदर्शनी स्थललाई व्यवस्थित गर्न आयोजकले व्यवस्थित पार्किङ, शौचालय, चौविसै घन्टा सुरक्षा गार्डका व्यवस्था गरिने जनाएको छ । यस पटक प्रदर्शनी स्थलको समेत विमा गरिएको बताइएको छ ।

 nada 2013 4 nada 2013 5 nada 2013 6nada 2013 3 nada 2013 7 nada 2013 8 nada 2013 9 nada 2013 10 nada 2013 11 nada 2013 12 nada 2013 13 nada 2013 14nada 2013 2

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...