इटालियन सामे ट्रयाक्टर मेची अञ्चलमा

2070 भदौ 26 गते 16:33 मा प्रकाशित

२६ भदौ, काठमाडौं । इटालियन ट्रयाक्टर उत्पादक कम्पनी सामे डच फारका विभिन्न मोडलका ट्रयाक्टरहरु मेची अञ्चलमा भित्रिएका छन् । सामे ट्रयाक्टरको नेपालका लागि आधिकारिक बिक्रेता आइएमइ अटोमोटिभ्सको मेची अञ्चल डिलर बि.आर.यन. ब्रदर्शले सामे ट्रयाक्टर मेची अञ्चलमा भित्राएको हो । आइएमइ अटोमोटिभ्स आइएमइ समुहको भगिनी संस्था हो ।

Shame-tractor-Machi-Zone

बि.आर.यन. ब्रदर्शले मेची अञ्चलमा सामेत ट्रयाक्टरको बिक्री वितरण तथा मर्मत संभारको जिम्मा पाएको छ । साना, ठूला र मध्यम खालका किसानहरुको आवश्यकतालाई सामे ट्रयाक्टरले परिपुर्ति गर्ने विश्वास कम्पनीले लिएको छ । दमकमा स्थापना गरिएको सामे ट्रयाक्टरको शोरुम आइएमइ समुहका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र सामे इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत भानु शर्माले समुद्घाटन गर्नुभयो ।

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...