विजय आवाज
२७ भदौ, काठमाडौं । यतिबेला दोहोरी गीतहरुले बजार बनाएजस्तै अघिल्लो दशक यस्तो थियो कि काठमाडौं र शहरी क्षेत्रका अधिकांश युवाहरुमा पप गीतप्रति अनौठो आकर्षण थियो । यही आकर्षणसँगै उदाएका हुन्, चर्चित पप गायक नवीन के भट्टराई ।तर, यतिबेला धेरैलाई लाग्न सक्छ पप गायक नवीन के भट्टराई कता गयो र के गर्दै होला ? किन हराएको होला ? गायक भट्टराई भन्छन्- ‘सबैलाई भन्न चाहन्छु म हराएको छैन । एल्बमको तयारी एवं विदेशमा आयोजना हुने कार्यक्रममा नै मेरो दैनिकी बितिरहेको छ ।’ आफू संगीत बजारबाट नहराएको भन्नका लागि गायक भट्टराईको अर्को तर्क छ, ‘यदि म हराएको भए मेरो गीत किन नम्बर १ मा हुन्थ्यो होला ?’
‘मैले एउटा एल्बम निकाल्न ६ बर्ष लगाएँ । यसैले पनि धेरैलाई नवीन के हराएको जस्तो भान भएको होला । तर, नेपालको राजनीतिक अवस्था, लोडसेडिङले गर्दा पनि नयाँ एल्बमका लागि ६ वर्ष लाग्न पुग्यो ।’ उनको स्पष्टीकरण छ । आफूमा यतिबेला धेरै परिवर्तन आएको उनी बताउछन् । ‘हिजो र आजको नवीन के भट्टराईमा धेरै परिवर्तन आएको छ । म आज झनै निखारिएको छु, मेरो म्यूजिक निखारिएको छ । म एउटा एल्बमको तयारी गर्दा एउटा मात्र गीत हिट होस् भन्ने चाहन्न । सबै गीत हिट बनाउने सोचाइले म अगाडि बढ्छु । यसैले केही समय लगाउँछु पनि ।’
आफूमा परिवर्तन आएको बताउने गायक भट्टराईले नेपालमा गीत संगीतको क्षेत्रमा खासै परिवर्तन नआएको बताए । ‘मलाई गीत संगीतमा खासै कुनै चमत्कार भएको छ जस्तो लाग्दैन । नयाँ जेनेरेशन त धेरै आएको छ, तर कसैले पनि केही नयाँ गर्न सकेका छैनन् । गीत संगीतमा केही कुरा नयाँ नआएसम्म बजार तात्दैन । आज म्यूजिकल बजार तल झर्नुको मुख्य कारण नै यही हो । हामी चाँडै गीत बजारमा ल्याएर दुईचार दिन मिडियामा चर्चा बटुलौं भन्नेतर्फ मात्र लागेका छौं ।’
अनलाइनखबरसँग कुरा गर्दै उनी भन्छन् – ‘स्रोताहरुले बजारमा आएका नयाँ गायक तथा गायिकालाई किन सेलिब्रेटीका रुपमा हेरेका छैनन्, मलाई थाहा छैन । तर मेरो काम भनेको साधना गर्ने हो । जबसम्म गीत संगीतलाई गम्भीर रुपमा हेरिँदैन, तबसम्म स्रोताको नजरमा परिन्छ जस्तो मलाई लाग्दैन ।’
हिजोआज कलाकारहरु विदेशका कार्यक्रममा जानका लागि हतार गर्छन् । मलाई लाग्दैन कि कलाकारलाई विदेशका कार्यक्रमले बचाएको छ । मुख्यतयाः कलाकारको काम भनेको गाउने हो, साधना गर्ने हो, यस्तो अवसर आइरहन्छ भन्ने मलाई लाग्छ । आफूले गीत संगीतमा लागेर केही नगुमाएको तर तीन पुस्तामा लोकपि्रयता कमाएको भट्टराई बताउछन् । ‘मैले गीत-संगीतमा लागेर कुनै कुरा गुमाएको छैन । म विशेषगरी आत्मशान्तिका लागि संगीत गर्छु । यो क्षेत्रमा नलागेको भए मलाई कमैले मात्र चिन्थे होला । म सीमित क्षेत्रमा खुम्चिन्थेँ होला । आजका युवाले पनि नविन केको गीत सुनेको छ र हिजोको पुस्ताले पनि सुनेको थियो । यसैले ३ पुस्ताका लागि गीत गाउन पाउँदा म खुशी छु ।’
युवा माझ लोकपि्रय गायक भट्टराई आफूलाई मिडियामा आउन रुची नभएको र एक्लै बस्न मन लाग्ने गरेको बताए । मिडियामा कमैमात्र देखिन थालेका भट्टराईले अनलाइनखबरसँग अन्तरंग कुराकानी गर्दै भने, म मिडियामा निक्कै कम आउँछु । कपडा लगाएको, कतै गएको, केही खाएको जस्ता कुराले मेरो समाचार बनोस् भन्ने चाहना छैन । समाचार भनेको कामले बन्ने हो, हल्ला गरेर समाचारको पछि दौडनु गलत हो जस्तो लाग्छ । कम ब्याक हुनुको मज्जा नै बेग्लै छ । नविनले केही नयाँ गरेछ है भनेर स्रोताले चिन्नु पर्दछ, न कि नवीन समाचारमा आउन विभिन्न हथकण्डा अपनाउँछ भनेर चिनुन् ।
कुनै पनि नयाँ सोच नआइकन म एल्बमको तयारीमा लाग्दिँन । इन्टरनेटमा बसेर नयाँ-नयाँ कुरा खोज्न मन पराउँछु । गीत भनेको आफू मरे पनि बाँच्ने चीज हो, यसैले यसमा हेलचक्राइँ गर्नु हँुदैन भन्ने सोच मेरो हो । म प्रायः एक्लै बस्न रुचाउने मानिस हँु । गीत गाउनुभन्दा अन्य समय मानिसको भीडमा खै किन किन म बस्नै सक्दिँन । यसैले पनि म मिडियामा, विभिन्न कार्यक्रममा कम देखिन्छु । एल्बममा राम्रो गरौं, अरु बेला एक्लै बसौं भन्ने सोच छ मेरो । सायद यो कमजोरी पनि हुनसक्छ ।म यतिबेला मेरो ११ औ एल्बम काठमाण्डौको प्रमोशनमा व्यस्त छु । दशैंमा काठमाण्डौ र क्यानडामा कार्यक्रम छ । यसपश्चात नयाँ एल्बमको तयारीमा लाग्नेछु । मलाई लाग्दैन कि हिजो गीत निकाल्न र प्रमोशन गर्न सजिलो र आज गाह्रो छ । किनकि हिजो पनि प्रतिस्पर्धा नै थियो र आज पनि छ । आज फरक यति मात्र छ कि, लोडसेडिङ छ । भनेको समयमा काम गर्न पाइँदैन ।
मैले सुनेको छु, आज पैसामा गीत बिक्छ रे । पैसा हुनेहरुका कारणले राम्रा सर्जक पनि पछि परेका छन् । तर, अरुलाई दोष दिनु हँुदैन भन्ने मलाई लाग्छ । मानिसमा साधना भयो भने कहिले असफल हुँदैन । राम्रा गीत बजारमा आए भने सधैं नै हिट हुन्छन् । पैसामा बजेका गीत ८ पटक बज्नुभन्दा १ पटक मात्र बज्ने राम्रा गीत नै स्रोताको नजरमा पर्छन् । म सधैं नै सकारात्मक सोच राख्छु । मेरा नयाँ गीतहरु पनि दर्शकले याद गरेका छन् भन्ने लाग्छ ।
मलाई लाग्दैन कि म्यूजिक समय अनुसार फेरिन्छ । यसको स्वरुप फेरिन्छ । तर, नोट र सुर उही नै हो । म आत्माबाट जे आउँछ, त्यही नै गर्छु । यसैले स्रोता तथा दर्शकले मलाई मन पराइदिनुभएको छ । मलाई स्रोताहरुले २० बर्षदेखि माया गर्दै आउनुभएको छ । म सबै स्रोताहरुलाई धन्यवाद दिँदै म हराएको छैन भन्न चाहन्छु । मैले कहिले पनि आफू आज कुन स्थानमा छु भनेर मूल्यांकन गरेको छैन । गीत र संगीतमा भने म हिजो भन्दा आज तिखारिएको छु, निखारिएको छु ।
-कुराकानीमा आधारित)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
‘हिजो र आजको नवीन के भट्टराईमा धेरै परिवर्तन आएको छ ।
तपाईको संगीतयात्रा निरन्तर रहोस्, सदाझै लोकप्रियता रहिरहोस भन्ने कामना गर्दछु। कर्णप्रिय संगीत सुन्न पाइरहु भन्ने अपेक्षा राख्दछु। शुभकामना तपाईलाई र तपाईको साङ्गितिक प्रयासलाई।
Tai ta tui ko vocal, chulthe mundre haruko lagi bhane thikai hola NKB ko swar, malai chahi man pardaina, yo meri byaktigat dharana ho.
saroj Reply:
September 20th, 2013 at 11:37 pm
tapai teso vaye ahile ko rawbarz ko rap battle vanne chij lai sangeet mannu hun6 jasto cha …
Limbu Dai, Reply:
October 12th, 2013 at 11:34 am
Nabin K Bhattarai is my best singer ever!
Yo mitralai pop geetko barema kehi pani thah rahena cha.
binod Reply:
October 20th, 2013 at 2:17 am
AJ YO BHAI LE BHANEKO KURA SUNDA MALAI YAUTA KURA KO YAD AAYO ,,BRIAN ADAMS NPL AAUDA RANGASALA MA YAUTA LE BHANEKO THIYO YESTO PANI SONG HO SAB WAIYAT BHANERA ,JUN KURA KO BARE MA THAHAI 6INA BHANE TYO KURA NA RAMRO LAGNU SWABHABIK HO BUT TESKO KHANDAN PANI GARNU BHAYEN ANI TA MITRA HARU ANYZ NABIN K BHATTRAI ALWAYS BEST SINGER HO NPL KO LAGI
Nice! all the best for upcoming albume
नबिन के. भट्टराई एक यस्ता गायक हुन् जो निरन्तर संगीत साधनामा लागेका छन् तथापी लोकप्रियता को लागि कहिल्यै संगीत को दुरुपयोग गरेनन . मा नबिन को सफलताको कामना गर्छु साथै उनि बाट अझै उत्कृष्ट गीतहरुको आशा गर्दछु.
e nabine feri aune vo. tyo na aula ra euta album nikalaula vaneko bekar vo….
तपाईको संगीतयात्रा निरन्तर रहोस्, सदाझै लोकप्रियता रहिरहोस भन्ने कामना गर्दछु। –
u r the best
ma nepali song sunna thalekai nabin k ko songharubat ho. ramro xa uhaka songharu
Ramro cha keep it up , I like his voice.
nabin ma new nabinta aako xa bhanera sunna pauda khusi lagyo. unko sngit malai ekdamai maan parxa. ani unko music prati ko soch pani. uni nepalko ek matra king of the pop star hun. THANKS GREAT MAN….
यो गायक जाँड खाएर डिल्लीबजारमा हिडिरहेको हुन्छ । यो हराओस् कि भेटियोस्, हामीलाई बाल
JRDJJJJJJJJJJJJJJJJJJJJJJJJJU