OnlineKhabar.com

बुद्धको जन्म-थलो

2070 भदौ 31 गते 12:56 मा प्रकाशित

रुद्र चूडाल

दस बाह्र बर्षअघि मैले एउटा नाम चलेकै नेपाली म्यागजिनमा एकजना राई थरका भारतीय गोर्खाको अन्तर्वार्ता पढेको थिएँ । उनी भारत पाकिस्तान बीच सन् १९९९ मा भएको कार्गिल युद्धद्दमा लडेका गोर्खाली रहेछन् । ठूला अक्षरमा अन्तर्वार्ताको हेडलाइनमा “मैले नेपालीको इज्जतका लागि ज्यानको बाजी थापेर लडेँ।” लेखिएको थियो ।

rudra-chudal

आफ्नो देशको इज्जतका लागि कोही लड्छ भने त्यस्ता व्यक्तित्वको अन्तर्वार्ता नपढ्ने कुरा भएन । मैले पूरा पढेँ । पढेपछि थाहा भयो । तिनी भारतीय गोर्खा रहेछन् । गोर्खा पल्टनमा जागिर खाएछन् र कार्गीलको लडाइमा खटिएछन् । तिनको बुझाइमा “गोर्खाली नै नेपाली र नेपाली नै गोर्खाली” भन्ने थियो । उनले त्यही बुझाइ अनुसार नेपालीको इज्जतकोलागि लडेको हुँ भनेर दाबी गरे । अन्तर्वार्ता लिने पत्रकारले पनि “तपाईं भारतीय गोर्खा, भारतका लागि ज्यानको बाजी थापेर लड्नुभयो । अनि कसरी नेपालीको इज्जतका लागि लडेँ भनेर दावी गर्नुहुन्छ ?” भनेर सोधेनन् । किनभने अन्तर्वार्ता लिनेको बुझाइ र दिनेको बुझाइ मिल्न गएको हुन सक्छ ।

अब त्यो बेलामा “भारतका लागि लडेर नेपालीको इज्जतका लागि लडें भन्न पाइन्न” भनेर विरोध गर्ने कोही सच्चा नेपालीहरु प्रदर्शनमा निस्केका भए, सम्भवत : ती राईले पनि आफ्नो भनाइसच्याउँदै भन्ने थिए होलान् “मैले गोर्खालीको इज्जतका लागि लडेको हुँ । भूलवश नेपालीको इज्जत हुन गएकोमा र नेपालीको भावनामा गम्भीर चोट पुगेकोप्रति क्षमाप्रार्थी छु ।” तर दुर्भाग्य उनको भनाइ सच्याउन कोही नेपालीले आवश्यक ठानेनन् । कसैको भावनामा गम्भीर चोटै पुगेन । वास्तवमा हामी नेपालीले आफ्नो पहिचान बनाउन नसकेर दुनियाँ हँसाइरहेका छौँ।

अहिले बुद्दको जन्मथलोका विषयमा व्यापक छलफल र बहस भएपछि मैले त्यो प्रसङ्ग र यो प्रङ्गलाई तुलना गरेर हेरें । कबिर बेदीले पनि यसैगरी अन्जानमै बुद्ध भारतमा जन्मेका हुन् भनेर बोलेको जस्तो देखिन्छ । किनभने उनी फिल्म सुटिंगमा लुम्बिनी आए होलान् । लुम्बिनी नेपालमा पनि, भारतमा पनि छ । सिद्धार्थनगर नेपालमा पनि छ,  भारतमा पनि छ । सम्भवतः उनी त्यहाँ लुम्बिनी एक्सप्रेस रेल चढेर यात्रा पनि गरे होलान् । हाम्रापट्टि त्यस्तो रेल पनि छैन । बुद्धको जन्मथलो आएका भए “यहाँ देखि चाहीं हामी नेपाल छिर्यौँ है” भनेर बेदीलाई कसैले सम्झाएनन् पनि होला । उनलाई त्यहाँ आउन भीसा चाहिएन । विदेश गएजस्तो कतै उनले झमेला बेहोर्न पनि परेन होला । अथवा उनी नेपाल पट्टिको लुम्बिनी नछिरेका पनि हुनसक्छन् । तर जे होस् यो भनाइ सच्याएर उनले माफी मागे । त्यो नै हामी सबै नेपालीकोलागी खुशीको कुरा हो ।

तर, यतिमै हामी खुशी भएर चुप लागेर बस्न भने हुँदैन । बुद्धका विषयमा हामीले भारतसँग सहकार्य गरेनौं भने भविष्यमा हाम्रो दाबीलाई कसैले नपत्याउने पनि हुन सक्छ । कुरा के भने भारत भ्रमणमा आएका पर्यटकहरुले लुम्बिनी भ्रमण गर्न चाहे भने टुरिष्ट गाइडले लुम्बिनी लान्छ । बुद्धले ज्ञान प्राप्त गरेको ठाउँ बिहारको बोधगया लैजाला । लुम्बिनी एक्सप्रेस रेल चढाएर घुमाउँछ । “बुद्धको जन्मथलो यही हो । यहि लुम्बिनीको अलिकति भाग नेपालतिर पनि छ” भनिदिन्छ । अब ती पर्यटकहरुले बुद्धकी आमा मायादेवीलाई खास बेथा लागेको कहाँनिर हो र बुद्धले धर्तीमा आँखा उघारेको कहाँनिर हो ? नेपालमा कि भारतमा ? भनेर सोधेमा त टुरिष्ट गाइडले त्यस्तो ठाउँ त नेपालतिर पर्छ भन्देला ।  अथवा त्यो त राम्रो अनुसन्धानले टुङ्गो नगरेसम्म म यसै भन्न सक्तिँन, २५०० बर्ष अगाडिको कुरो भनेर भन्ला । तर, ती पर्यटकहरुले मायादेवी गर्ववती भएका र अन्य कतिपय मूर्तिहरु भारतमै हेरिसकेका हुन्छन् । टुरिस्ट गाइडलाई धेरै किचकिच गरेर नसोध्न पनि सक्छन् । त्यस्ता पर्यटकहरु आफ्नो देश पुगे पछि भन्नेछन् “म बुद्धको जन्म थलो भारतको लुम्बिनी पुगेर आएँ । अर्को त्यस्तै नेपालको भिसा लिएर लुम्बिनी भ्रमण गरेको मान्छेले उसको कुरा सुन्यो भने । ठाडै प्रतिकार गर्दै भन्दो हो । “ह्या बुद्ध जन्मेको त नेपालमा पो त । म पुगेर आइसकें ।”  “ए हो र ?” उनीहरुका बीच बहस हुन्छ ।

त्यसकारण बुद्धका विषयमा हामीले मात्र दाबी गरेर कहिले पनि जित्न सक्दैनौं । सबैभन्दा सजिलो उपाय भारत भ्रमणको भीषा पाएको पर्यटकले नेपालको भीसा लिइरहनु  नपर्ने र नेपाल भ्रमणमा आएको पर्यटकले पनि भारतको भीसा लिइरहनु नपर्ने भयो भने हामीलाई धेरै फाइदा हुन्छ । हामीकहाँ आएका पनि उता सहजै जान सक्छन् । भारतमा आएका पर्यटकहरु पनि सहजै बुद्धको जन्मथलो आएर हेरेर फर्कन सक्छन । तर, जे भए पनि भारत ठूलो देश हाम्रा भन्दा धेरै पर्यटक आउँछन् र हामीले ठूलो फाइदा लिन सक्छौं । त्यसपछि लुम्बिनी भ्रमणकालागि भारत आउने संसारभरिका पर्यटकले बुद्धको जन्मथलो सहजै देख्न पाउँछन् र कसैलाई भ्रम पनि हुँदैन । विवाद सदाका लागि समाप्त भएर जान्छ ।

मसँग ३ वर्षदेखि भिएनामा नेपाली भाषा सिकिरहेकी अस्ट्रियन महिला सुशाने फुर्लिन्गेरलाई नेपाल खुबै मन पर्छ । उनी हरेक वर्ष नेपाल भ्रमण गर्छिन् । यसपालि नोवेम्बरमा बुद्धको जन्मथलो लुम्बिनी जाने उनको विचार छ । तर, भारतको भीसा लिन काठमाडौंबाट धेरै झन्झट बेहोर्नुपरेको उनको पूर्वअनुभव रहेछ । त्यसकारण उनले नेपालको लुम्बिनी मात्र जाने सोच बनाएकी रहिछन् । थप भीसा खर्च लाग्ने र अन्य कतिपय झन्झटले पर्यटकहरु सामान्यतया एकतिरको लुम्बिनी पुगेपछि अर्कोतिरको लुम्बिनी नजाने रहेछन् भन्ने यसबाट बुझिन्छ ।

यूरोपको एउटा देशको सेंगेन भिसा लिएर आएका धेरै नेपालीहरु छिमेकी देशहरु पनि घुमेर फर्कने गरेको पाइएको छ । घुमेको बेलामा अलिक धेरै देश घुमौँ भन्ने जसलाई पनि लाग्छ नै । त्यसकारण यो व्यवस्था गर्न सके हामीले भारत भ्रमणमा आउने धेरै पर्यटकलाई नेपाल तान्न सक्छौं । हामी नेपालीलाई भारत भ्रमण गर्न भीसा लाग्दैन । भारतीयलाई पनि नेपाल भ्रमण गर्न भीसा लाग्दैन । विदेशी पर्यटकलाई मात्र भिसाको झन्झटमा पारेर हामी किन ठगिनु ?

 अर्को रमाइलो प्रसंग, बुद्ध फिल्मका कलाकार बेदीको भनाइप्रति असहमति जनाउँदै भारतलाई नै चर्का-चर्का गाली गरेर पोष्ट गर्ने १० जना फेसबुक साथीहरुलाई मैले सोधें । “के तपाईं बुद्धको जन्मथलो लुम्बिनी पुग्नुभएको छ ?” दशै जना साथीहरु पुगेका रहेनछन् । कतिपयलाई लुम्बिनी भारतमा पनि छ भन्ने समेत थाहा रहेनछ । कपिलवस्तु, सिद्धार्थनगर पनि भारतमा छ र लुम्बिनी एक्सप्रेस नामक रेल पनि छ भनेपछि त झन् छक्कै परे । धेरैले त यो सबै भारतको षड्यन्त्र हो समेत भन्न भ्याए ।

फेसबुकका मधेशी साथीहरुको भनाइ त अझ मार्मिक र कडा  लाग्यो । उनीहरु सबैको भनाई एउटै थियो । “जब सम्म मधेशी मूलका राजनीतिज्ञले पहाडी भागमा चुनाव जित्ने वातावरण बनाइँदैन, जबसम्म सेना लगायत सरकारी निकायमा समावेशी प्रतिनिधित्व हुँदैन, जबसम्म हामी नेपाली हौँ भनेर मधेशीले गर्व गर्ने वातावरण बन्दैन, तबसम्म कसरी भन्ने बुद्ध नेपालमा जन्मेका हुन् भनेर ?बुद्ध कहाँ जन्मेका हुन्, अहिले हामीहरुलाई राम्रोसंग थाहा छ । हामी जहाँ जन्मियौं बुद्ध त्यहीं जन्मेका हुन् । बुद्ध हाम्रो अवधमा जन्मेका हुन् । हाम्रो मधेशमा ।”  उनीहरुको दृढता थियो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“बुद्धको जन्म-थलो” मा प्राप्त 17 प्रतिकृयाहरू
  • Bhim लेख्नुहुन्छ    |   2070 असोज 1 गते 9:01

    Yo lekh sanga ma sahamat chhaina Buddha sirph Nepal ko ho

    सुब्बा राव Reply:

    ओइए लेखक – का बात बताई – तोहार दिमाग फिर गवा का ? अवध अवध होइ – उ बिराटनगर – जनकपुरिया मदेशी नाही अवध ! यी जुर्र्रत कैसे हुइ तोहार कि अवध को मदेश बतिवावे ! एक बार ठिक से सुनो – अवध को मदेश बोलियों तो – तोहर लिए निक नहोई !

  • radhikasanj4el लेख्नुहुन्छ    |   2070 असोज 1 गते 9:29

    shreeman lekhak jyu ali bi-char puryara lekhne garnus budhhako janma nepalma bhayako ho ? tapai lai tyo indiyale kinyo jasto chha aaphno deshko pahichan bechna paidaina budhha, sita ,bhrikuti Nepali tara hun e taralai arkako bhanda hami nepali kina bhanhunchhan ? aba sabai nepalile bharatko saran liya hunchha yo budha nepal ma janmeko ho bhanne pusti gardainan bhane kasaile pani hami nepali hau nabhana . khabardar aba ati vo ?? jaga nepali haru aamako dudh khayako chhau bhane ra e aamaka kokh bata janma liyaka chhau bhane jaga khuda tarbar liyara hami sathma chhau . budha hamro deshko chinari hun shantika pratik hun.

  • Uddav Bhandari लेख्नुहुन्छ    |   2070 असोज 1 गते 9:53

    Nonesense writer , you can not compare South Asia with Europe , they have so many things common in EU as euro , and they all are developed country , Nepal is small countery we have to be visa system for all foreigner even India , , you look the population of Teri is increasing so fast , the reason of increasing the population is main the oppen border , If the the foreigner comes to Nepal and no need visa of India and if the foreigner comes to India and no need visa of Nepal , how do they know is different country ?

  • Himal Jung Rana लेख्नुहुन्छ    |   2070 असोज 1 गते 11:38

    Visa system must be implemented otherwise foreigners will think Nepal lies in India. Gautam Buddha was born in Nepal, no one can hide and steal the facts. This is Uiversal Truth. We will save our pride in any cost even if we need to sacrifice our life we are always ready. Our motherland our pride is our prestige. So proude to be born in this beautiful peace country Nepal.

  • Anon लेख्नुहुन्छ    |   2070 असोज 1 गते 12:33

    Moron writer you should know first that Lumbini, Kapilbastu, etc they fabricated similar as like Nepal and kept the same name a couple of years ago.

  • Dirgha Raj Prasai लेख्नुहुन्छ    |   2070 असोज 1 गते 12:47

    Bhai Rudra ! Thanks !
    Lord Buddha’s Birth Place is Nepal
    By Dirgha Raj Prasai

    The Indian Zee TV is going to exercise that releasing the fake news- Lord Buddha’s
    birth place was India. But, it is 100% fallacious and wrong. Nepal is the birth land of Lord Buddha. This fake propaganda of Zee TV will invites confrontation between Nepal and India. Gautam Buddha was born in Lumbini in the 6th century BC in mid Tarai, Nepal.. Lord Buddha is the asset of Nepal who was born in this pious land. A scholar Ram Kumar Shrestha writes- ‘Ashoka Pillar built in 300 BC by Indian Emperor Ashok during his pilgrimage to the birthplace of Buddha still stands Lumbini. A thorough excavation and investigation near the Ashok Pillar has found the Nativity Stone that was laid down to mark
    the Buddha’s birthplace.

    An international team of archaeologists has begun a three-year survey, coordinated by the UNESCO of the archaeological ruins of Lumbini, the birthplace of Buddha in Nepal. The team of archaeologists, including experts from Nepal’s Department of Archaeology and the Lumbini Development Trust, is directed by Robin Coningham, UNESCO Archaeological Expert and Professor of Archaeology, University of Durham. The UNESCO, after careful examination all facts and evidences, has already recognized Lumbini as the Buddha’s birthplace and a World Heritage Site’.

    The descriptions of famous ancient Chinese pilgrims, Huian Tsang (who traveled through India between AD 629 & 645) and Fa Hein (who traveled between AD 400 & AD 414) indicate to this area, saying, ‘Lumbini, where the Lord was born, is a piece of heaven on earth where one could see the snowy mountains amidst a splendid garden embedded with Stupas and monasteries.’

    Prof. Dr.Triratna Manandhar writes-‘ In fifth century A.D. Faxan, a Buddhist monk and scholar from China visited Kapilvastu and Lumbini. His visit was followed by the visit of Nepali Buddhist scholar Buddhabhadra, to China, Faxian and Buddhabhadra collaborated to translating some of the Buddhist Sanskrit texts into Chinese which staying at monastery in China. In the seventh century A.D. Xuan-Zang visited Lumbini, Kapilvastu and Kathmandu Vally, and left a short description of Nepal, which gives a short glimpse of Mahayana and Therabad Budhism in Nepal during ancient period. Sino-Nepali relations revived in the 13th Century when Kublai Khan invited a team of artists from Nepal to erect a golden Stupa.

    In 1895, a German Archaeologist Dr. A. Fuhrer, An Indian researcher Dr. P.C. Mukargee and Nepalese Khadga Shamshere discovered the missing pillar which was set up by the Maurya emperor of India, Ashoka where Gautam Buddha was born-the most visible landmark of the Sacred Garden.The historic importance of the pillar is evidenced by the inscription engraved in the pillar (in Brahmi script).From excavations it has been found that the Ashokan pillar stands on its original base of unborn brick platform which concludes that the Pillar is at its original location.

    In 1967, United Nations Secretary General, U Thant (himself a Burmese Buddhist), visited Lumbini and made an appeal in front of the international community for assistance to maintain and improve the pitiable plight of this world famous pilgrimage site. Suggestions of development of Lumbini as an international pilgrimage and tourist centre then came into light.

    Lumbinī-Nepal is a Buddhist pilgrimage site in the Rupandehi district of Nepal, near the Indian border. It is the place where Queen Mayadevi is said to have given birth to Siddhartha Gautam, who as the Buddha founded the Buddhist tradition. Records made by the Chinese pilgrim Fa Xian were also used in the process of identifying this religiously acclaimed site. The holy site of Lumbini has ruins of ancient monasteries, a sacred Bodhi tree, an ancient bathing pond, the Ashoka pillar and the Mayadevi temple. So, Zee news never don’t’ try to exercise in futility to propagate the fallacious news.
    ……………….
    Note: I had released this article in Face book and Zee TV Group also. I think- they realize the facts and Kabir Bedi has excused in face book. If you are interest to read open my Face book-
    Email:[email protected]

  • roshan yesmi लेख्नुहुन्छ    |   2070 असोज 1 गते 14:44

    YO LEKHAK TA HERDAI BHARAT DALLA JASTO CHHA SALE ALI B4 GARNU

  • yubaraj rai लेख्नुहुन्छ    |   2070 असोज 1 गते 21:34

    Dear India,
    This message to you,Don’t take any interfere regarding Our Nepal our Nation you are just our neighbor country. lord Buddaha was not Born in your India.your people are not under your control what about Mr. Kabir MOdi why he made the serial regarding Lord Budda was born in India.Pls arrest him and ask him why this is false you had done?? if you are interfering about Nepal in even small case is not fever for us.
    Thanks for your lot Help but next time we no need your help.because our boarder is always your BSF force are capturing every night and our Boarder pillar are missing every night why India??? it may we should report to UN and all over the world.we have same neighbor country North side China But we don’t have any problem with china.regarding Country Border line.you should do good behavior to Nepal and also Help to you. i want request you that can you remove the Gurkha Force from you country??? we need these all are in our Nepal.

    Bhakta Rai Reply:

    Good message to India.

  • khuldule लेख्नुहुन्छ    |   2070 असोज 2 गते 0:48

    Madarchutharulai nepali padera bujna pani
    sakinna ki kya HO? Haina bhane lekhak le
    Buddha India ma janmeko ho bhanera kaha
    Lekheko 6ra? Belabelama dabi gar6 bhanna
    Matra khojeka hun r dhosro kura touristsharu
    Ko visa free garda Nepal lai nai badi faida hun6
    Ani Nepal aayeka tourists sadai ka lagi yatai
    Shifts hun6n vannu malai lag6 tiniharuko
    Demagma gobbar vareyeko sanket gar6
    Tesaile chadai Dr lai dekhauda theek hun6!!

  • ram लेख्नुहुन्छ    |   2070 असोज 2 गते 3:36

    mitra ho yeta sabai milya chhan, Lumbini visit garn UN mahasachib Ban ki Moon auna lagda Sushil Koirala le hunna naau ahile bhaneko kura bujhnus mitra ho, dherai gahan kura chha yesma. sabai milyachhan. neta harule desh khane bhaye prabhu, kyaarum !!!

  • Budhdha Born in Nepal लेख्नुहुन्छ    |   2070 असोज 2 गते 13:49

    यो लेखकले पनि दही चिउरे कुरा गर्‍यो , लुम्बिनी नेपालमा पनि, भारतमा पनि छ । सिद्धार्थनगर नेपालमा पनि छ, भारतमा पनि छ ।
    तेसो भने नेपाल भारतमा छ त?????????????????

    madheshi Reply:

    नेपाल भारत मा पनि छ , र नेपाल हाम्रो देश मा पनि छ । भारत को नेपाली क्षेत्र भनेको सिक्किम, गोर्खालैण्ड, गर्ढवाल आदि हुन् …..र हाम्रो देश को नेपाल भनेको पहाडी भूभाग हरू हो ।

  • sujit लेख्नुहुन्छ    |   2070 असोज 3 गते 15:02

    Yo writer Bharatiya dalal jasto cha Nepal ko Yetihasik lumbini ko bharat le matra kehi sayami agadi banaye ko Dublicate Lumbini sanga garcha……. FaTaHa.

  • GUNJAN SUBEDI लेख्नुहुन्छ    |   2070 असोज 3 गते 18:14

    Dherai naya kura haru thaha paiyo, lekh sandarbhik nai lagyo tara euta kura sarai maan parena…..tourists haru ko lagi visa free garda nepal chuttai des ho bhanne bujhai nai narahala nepal ko duniyako samu. kehi barsa aagi bbc le liyeko sarwechad yaad aucha malai…. can nepal be put under indian umbrella type ko…. biswa ka kati lai aile pani nepal india kai pranta lagne rahecha , jhan free tourist visa bhayo bhane ta yo biswas duniya samu aajha daro garaucha….. nepal ra europe ma dherai bhaugolik ra bhawanatmak bhinnata haru chan, tara j hos bides ma rahera pani nepali bahas ma lekh lekhnu bhayeko ma lekhaklai dherai dhanyabad dina chahanchu.

  • Bhakta Rai लेख्नुहुन्छ    |   2070 असोज 8 गते 8:29

    Dear writer sir, one thing is you noticed the cast Rai of the Gorkha fighter but why didn’t you remember the name? Do you want to pour down your blame on race? Perhaps you see great difference between races.
    If you agree or not but all Nepali people agree that Gorkhali is Nepali. May all Nepali is not Gorkhali. One I found is you. But all the Nepali is known as brave Gorkha in the world’s history.
    Another context is, you expressed in your article as only the tourist is one factor from where all proves can be authorized. And one question for you, “Will your lady friend Sushane from Vietnam who has been learning Nepal with you for 3 years prove that Buddha was born in Nepal if she is allowed to visit India along with Buddha’s birthplace Lumbini? What is the problem sir? Has she no money to pay tax to visit India and you want to make India and Nepal common country in the context of tax?”
    What idea you have thought to make visaless situation between India and Nepal for the tourist of third country? How you said it will be beneficial because many tourist visits India rather than Nepal? You mean all the tourist who pays tax to India and come to Nepal with the same tax and it will be beneficial for Nepal?
    No sir. We have to arise our voice in the world and message should be operated from the buddhist preachers throughout the world. Your lady friend only or the touris who who visit India and Nepal are not enough to solve our problem.

  • Bhai Kaji Tamang लेख्नुहुन्छ    |   2070 असोज 14 गते 16:25

    “LITTLE KNOWLEDGE IS ALWAYS TOO DANGEROUS !”

  • SONA GURUNG लेख्नुहुन्छ    |   2070 असोज 16 गते 17:13

    Dear all, Ztv is liberally showing their prgm named BUDDHA. The patience for waiting the result shouln’t be liberall at same time.
    what is the motive behind this..?