बजाजले भित्रायो ‘डिस्कभर १२५ टी’

2070 असोज 2 गते 12:05 मा प्रकाशित

२ असोज, काठमाडौं । भारतीय मोटरसाइकल ब्राण्ड बजाजले नयाँ मोटरसाइकल ‘डिस्कभर १२५ टी’ नेपाली बजारमा बिक्री शुरु भएको छ । बजाजको नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेशन अन्तर्गतको एचएच बजाजले मंगलबारदेखि उक्त मोटरसाइकल बिक्री शुरु गरेको हो । मोटरसाइकलको नेपालमा १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Bajaj-Discover-125

मोटरसाइकलमा ४ भल्भ डीटीएसआई, १२ दशमलव ५ पीएस पावर, प्रतिघण्टा १०५ किलोमिटर गति, उत्कृष्ट माइलेज र ४ स्पिड गियर बक्सलगायतका विशेषताहरु रहेका छन् । यो मोटरसाइकलले बजारमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास रहेको छ ।

मोटरसाइकलमा सुरक्षित र आरामदायी यात्राका लागि सेमी डबल क्रेडल चेसिस र कम स्पिडमा पनि पूरा प्रकाश दिने डिसी हेडल्याम्प लगाएतका सुविधाहरु पनि रहेका छन् । यो मोटरसाइकल अधिकतम पावर, उत्कृष्ट माइलेज र आकर्षक डिजाइनका लागि अनुपम मिश्रण भएको एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले बताउनुभयो ।

“बजाजले भित्रायो ‘डिस्कभर १२५ टी’” मा प्राप्त 1 प्रतिकृया
  • narahari लेख्नुहुन्छ    |   2070 असोज 6 गते 23:13

    नारायणी अन्चल को यामाहा लिबेरो ना४प मोटर साइकल काठमान्डौमा डिस्कभर १२५ टी’सँग एक्स्चेन्ज गर्न मिल्छ कि मिल्दैन ? मिल्ने भए ९८४११८८३७४ मा कल गर्गु होला

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...