OnlineKhabar.com

खिलराज रेग्मीका तीन ऐतिहासिक भूल

2070 असोज 3 गते 11:38 मा प्रकाशित

अरुण बराल

 संविधानसका अन्तरवस्तुमा सहमति हुनै लागेका बेला शक्ति पृथक्कीकरणलाई तिलाञ्जली दिँदै व्यवस्थापिका माथि न्यायिक हस्तक्षेप गर्दै संविधानसभा विघटन कसले गर्‍यो ? तत्कालीन प्रधानन्यायधीश खिलराज रेग्मीले ।

स्वतन्त्र न्यायालयको प्रधानन्यायधीशजस्तो गरिमामय पद र अन्तरिम संविधानलाई समेत भाँडमा हालेर लिजमा मन्त्रिपरिषद अध्यक्ष बन्ने चार दलका नेताको लाचार प्रस्तावलाई कसले रातारात स्वीकार गर्‍यो ? खिलराज रेग्मीले ।

khil-raj-regmiअहिले प्रधानन्यायधीश पदबाट राजीनामा दिएको भए राष्ट्रिय सहमतिका साथ शान्तिपूर्ण निर्वाचनमा जान सकिने सम्भावनालाई कसले चुनौती दिएर मुलुकलाई अशान्तितिर धकेल्यो ? उनै खिलराज रेग्मीले ।

पछिल्ला घटनाक्रमले स्पष्ट देखाइसकेका छन् कि खिलराज रेग्मीले आफ्नो नाम जानेर होस् या अञ्जानमा, संविधानसभाको मलामी, स्वतन्त्र न्यायालयका धुन्धुकारी एवं द्वन्द्वको जन्तीका रुपमा इतिहासमा लेखाउँदै हुनुहुन्छ । अहिले उहाँ असोज १० गते चुनावी कार्यक्रम सार्न लगाएर भए पनि  सिंगै देशले नजाऊ भन्दाभन्दै श्रीमतीसहित अमेरिका जाँदै हुनुहुन्छ, छोराछोरीलाई भेट्न र राष्ट्रसघीय महासभामा लिखित निवन्ध वाचन गर्न ।

रेग्मीको पहिलो भूल

न्यायापालिकाले जनप्रतिनिधिमूलक संविधानसभालाई ठाडो हस्तक्षेप गरेर विघटन नगराएको भए, यतिबेला नेपालले संविधान पाइसक्ने थियो । तर, शक्ति पृथक्कीरकरणलाई कुल्चँदै जनप्रतिनिधिमूलक संविधानसभा तुहाउने महत्वपूर्ण जिम्मेवारी निभाएर मुलुकलाई संवैधानिक संकटको भुँवरीमा हाल्ने अभिनेता अरु कोही नभएर रेग्मी आफैं हुनुहुन्थ्यो । अहिले उहाँ त्यसैको डाँड तिरिरहनुभएको छ ।

संसदीय लोकतन्त्रको मूल्यअनुसार महिलालाई पुरुष बनाउनबाहेक सबैथोक गर्न सक्ने सर्वोच्च अधिकारसम्पन्न व्यवस्थापिका संसदलाई अदालतको इजलासबाट चुनौती दिएका रेग्मीले पछि कुन बैधानिकताका आधारमा चार दलमार्फत अन्तरिम संविधान संशोधनलाई लाहाछाप लगाउनुभयो । चार दलले संविधान संशोधन गर्दा आवश्यकताको सिद्धान्त प्रभावित हुन्थ्यो भने ३ महिना समय थप्न किन दिएन रेग्मीको विधिशास्त्रले ? रेग्मीसँग न यसको जवाफ छ, न त उहाँले गरेको गलत अदालती निर्णयको दुश्प्रभावलाई रोक्ने सामथ्र्य नै ।

दोस्रो भूल

खिलराज रेग्मीको दोस्रो भूल भनेको प्रधानन्यायधीश र सरकार प्रमुख एउटै हुनेगरी सरकार प्रमुख बन्नु र लोकतान्त्रिक प्रक्रिया एवं अन्तरिम संविधानलाई फरिया लगाउनु हो । ‘आवश्यकताको सिद्धान्त’ भन्दै रेग्मीले दिएको यस्तो स्वीकारोक्ति कुनै पनि हिसाबले लोकतान्त्रिक प्रक्रिया थिएन । इजिप्टमा सेनाले यसैगरी प्रधानन्यायधीशलाई सरकार प्रमुख बनाउँदा त्यहाँ लोकतन्त्र सकिएको छ, नेपालमा चार दलको निर्णयका आधारमा लोकतन्त्रका मूल्य समाप्त पारिएको छ । र, यसमा रेग्मी आफैंले लोकतन्त्रको सद्गति गर्नुभएको छ । एकातिर जनताको प्रतिनिधिमूलक संस्था विघटन गराएर उहाँले लोकतन्त्रको मूल्यमाथि आत्रक्रमण गर्नुभयो, अर्कातिर आफैंले विघटन गराएको संविधानसभाको चुनाव गराउँछु भन्दै संविधानलाई समेत चार दलमार्फत कुल्चाएर उहाँ कार्यपालिकामा जानुभयो । यो उहाँको जीवनले गरेको ठूलो ऐतिहासिक भूल हो । उहाँका छोराछोरी त अमेरिकावासी भएकै छन्, तर, रेग्मीले गरेको यो भूलको मूल्य मुलुकको न्यायापालिका, राष्ट्रिय स्वाभिमान र सिंगो लोकतन्त्रले चुकाउनुपरेको छ ।

तेस्रो भूल

खिलराज रेग्मीले सरकार सम्हालेपछि कमसेकम प्रधान न्यायधीशबाट राजीनामा गरिदिए हुन्थ्यो भन्ने धेरैले माग गरे । कांग्रेसका सुशील कोइराला, एमालेका झलनाथ खनाल र नेपाल बार एसोसिएसनले पनि यही चाहेको थियो । यति गरिदिएको भए कमसेकम अदालतमा रेग्मीस्को छायाँ पर्ने थिएन । सरकारमा गएर लसपस गरेको व्यक्ति फेरि अदालतमा आउने थिएन । तर, रेग्मीले यसलाई मानेनन् । जनप्रतिनिधिसभा त आफैं सिध्याउृने रेग्मीले जनताको आवाज, लोकतन्त्रको स्पन्दनमा बाल मतलव गरेनन् ।

पछिल्लो चरणमा चुनावमा आउन खोजिरहेको नेकपा माओवादीले प्रधानन्यायधीबाट रेग्मीले राजीनामा दिए उनकै नेतृत्वमा चुनावमा जान्छु, रेग्मीले त्यति गरिदिउन् भन्ने आग्रह गर्दा उनले प्रचण्डलाई झपारेर पठाइ दिए । रेग्मीको यो तेस्रो भूलले उनी जनताको आवाज सुन्न तयार छैनन् र देशमा नायँ द्वन्द्वको जन्ती बन्न तयार छन् भन्ने स्पष्ट देखिएको छ । जसले संविधानसभा भंग गरेर तीन महिनामा बन्नै लागेको संविधानलाई असफल पार्‍यो, जसले न्यायपालिकाको गरिमालाई धूलोमा मिलायो, यसैले आज राष्ट्रिय सहमतिका आधारमा चुनाव हुन नदिएर देशलाई गृहयुद्ध र हिंसातिर धकेल्ने केन्द्रको काम गरिरहेको छ ।

रेग्मीले भारत र सेनाको आडमा चुनाव गराउँछु भन्ने सोचेको भए पनि सहमतिमा हुन लागेको चुनावलाई आफ्नो प्रधानन्यायाधीशको पदसँग सौदाबाजी गरेका छन् । जनता नमररुन्, सबैले चुनावमा सहभागी हुन पाउन् र शान्ति कायम होस् भन्नका लागि प्रधानन्यायाधीश पद छाड्न किन चाहेनन् रेग्मीले ? के उनलाई अझै सर्वोच्च अदालतमा फर्केर न्याय निसाफ गर्छु भन्ने लागेको छ ? कस्तो न्याय देलान् रेग्मीले अब ?

प्रधानन्यायधीशबाट राजीनामा दिन संविधानले दिँदैन भन्ने रेग्मी र चार दलका नेताको तर्क कुतर्क मात्रै हो । उनीहरुले चाहेका बेला जे गर्न पनि संविधानले छेक्दैन, यति गर्नमात्रै प्राविधिक कुराले कसरी छेक्छ ?

भनिन्छ, एउटा गल्ती ढाकछोप गर्न मान्छेले हजार गल्ती गर्नुपर्ने हुन्छ । अब नैतिकता र जनपक्षधरता छ भने रेग्मीले प्रधान न्यायाधीश पदमा फिर्ता नहुने घोषणा गरुन्, जनताका लागि, लोकतन्त्रका लागि, शान्तिका लागि र राष्ट्रिय सहमतिका लागि । आखिर वैद्य माओवादीले भनेकै छ, हजुरकै नेतृत्वको सरकारमा पनि हामी चुनावमा आउन तयारै छौं ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“खिलराज रेग्मीका तीन ऐतिहासिक भूल” मा प्राप्त 63 प्रतिकृयाहरू
  • a sharma लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:09

    sab hawadari kura

    kumar Reply:

    khilaraj ba timra santan ta amerika ma chan ba nepal dhosta gara la .nepal ma dadelo lagau ra nepal giriya yuddaha ma phasayera lakhau nepali mara mare huncha congresh amale ani maobadi ani paras lai nai raja banauna parcha jaya nepal

    Nimesh Gautam Reply:

    यी अरुण बराल भन्ने कथित कलमवाज अत्यन्त हावादारी र पूर्वाग्रही विश्लेषण गर्न खप्पिस छन् जस्तो छ. यिनको लेखबाटै यिनको स्तर र हैसियत देखिन्छ. छुद्र र निम्न कोटिका शब्द थुपार्दैमा लेखक बनिने होइन. खिलराज रेग्मीलाई व्यक्तिगत रुपमा लान्छना लगाउनु अघि कुन परिस्थितिमा अनिच्छा पुर्वक मन्त्रिपरिषद अध्यक्षको जिम्मेवारी उनले स्वीकारेका थिए भन्ने कुरा यी लेखक (?)ले भुली सके जस्तो देखियो. व्यक्ति खिलराजलाइ भन्दा पनि अधिकांशको सहमतिमा प्रधान न्यायाधिसलाइ चुनावी सरकारको जिम्मा दियिएको हो जुन अभ्यास संसारका धरै मुलुकमा हुने गर्दछ. अनि जुन हैसियतका कारण मन्त्रि परिषद अध्यक्ष भइएको हो त्यसबाटै राजिनामा दिए पछि त्यसको स्वीकार्यता कसरि रहन सक्छ? माओवादीको सानो अंशलाइ खुशी पार्नका लागि ठुलो मासलाइ दुखि तुल्याउन मिल्छ? अनि मोहन वैद्य जस्तो सठीयाई सकेको कसैको कुरा नसुन्ने उग्र र अहंकारी मान्छेले खिल राज रेग्मीले राजिनामा दिदैमा खुरुक्क चुनावमा आइहाल्छन भन्ने ग्यारेन्टी दिने हैसियत लेखकले कसरि पाए? के यी लेखक मोहन वैद्यका निजि सहायक हुन्? मोहन वैद्य खाली खोंचे थाप्ने र निहुँ खोज्ने बाहेक केहि जान्दैनन् भन्ने त अब बच्चा बच्चालाइ थाहा भै सक्यो. बुझ पचाउनु अर्कै कुरा हो.

    अनि अन लाइन खबरलाई मेरो विनम्र अनुरोध- धेरै अथक परिश्रम ले आज तपाइहरुले नेपाली मेडिया जगतमा सर्व श्रेष्ठ स्थान हासिल गर्नु भएको छ त्यसैले हामी सबैको प्यारो बन्न पुग्नु भएको छ. हाम्रा विचार ब्लग का रुपमा राखिदिने गर्नु भएकोमा हामी हृदय देखिनै सदा आभारी पनि छौं. अनलाइन खबर सधै सर्व श्रेष्ठ बनि रहोस भन्ने कुरामा ध्यान दिनु हाम्रो पनि कर्तव्य हो. यस प्रसंगमा यो भन्न चाहन्छु कि लेख रचना छनोट गर्दा स्तरीयतालाइ पनि अलि ख्याल गरिदिनुहोस किनकि कुनै बकम्फुसे लेख रचनालाई स्थान दिएर ठाउँ भर्नु पर्ने जरुरत आज तपाइहरुलाइ पक्कै छैन.

    अन्तमा, अनलाइन खबर सदा उँचाइमा रहोस, मेरो यहि शुभकामना!

    prakash Reply:

    Ani khilraj regmi lai maya garera ani bidhya lai chai gali garera desh agadi badchha.Jasle jati bujhchha teti nai garchha .tyo chahe Arun baral hos chahe tapai chahe ma. Tapai le chai व्यक्तिगत रुपमा लान्छना Lagaunu vako chaina ra Badhya lai… kura garnuhunchha afunai janne jasto.

    deshbhakta Reply:

    euta desh ma anikal pareko thiyo kunai din, sara nimukha janata le thulo yagya gare, tin jana pandit bahun lai rakhera. laddu nai laddu ti pandit haru ko agadi thupare, anikal janchha ki bhanera. yagya sakiyo, ti pandit haru laddu khana lage. laddu khada khada ek jana maryo, tespachhi arko maryo, antim ma ghaite pandit dhuru dhuru runa lagyo. bhoka nanga janata le sodhe, “kina royeu baje?” lobhi panditle bhanyo, “ma mare pachhi yo laddu kasle khala?”

  • Thulung Sharan लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:12

    tippani ta ramrai lekhnu vayachha tara khilaraj regmile sarbochchabata sambidhan savako myad thapi rakhne ani netaharu sattako tanatan gari rakhne kasari lekhinthyo 4 barsama nalekhiyako sambidhan 2 mahinama ? malai yasto lagyo tapai pani kunai partyma ramrai sanga lagnu vayako rahechha ra yasto tippani tipera kehi hun chhaina

  • Puru लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:23

    Totally wrong and narrow minded perception..I am against of this news.

  • Shanti लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:25

    Hami lai bal matlab . Neta ko hat ma des xa e na ra duka dinxa neta ko hat ma des bha kobha k hun tiyo aja samma. Neta bahira nai thick.

  • navaraj dahal लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:27

    yek dam thik ho.

  • bhupen लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:28

    kura sahi ho .

  • bikash लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:28

    yo kura akdam ramro ho

  • KRISHNA लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:30

    राम्रो टिप्पणी अरुण बराल जी, यदि रेग्मीले अलिकता लचक भैदिए चुनावमा सबै पार्टी सामेल हुन्थे। समानुपातिक चुनाव भन्ने र पार्टीहरूलाई पाखा लागाएर गरिएको चुनावले शान्ति र संबिधान दिन सक्दैन। कतिपय कुराहरुमा जनमत संग्रह गरेर सहमती कायम गर्न सकिन्छ जस्तो की गणतन्त्र की संबैधानिक राजतन्त्र या एकल जातिय पहिचान की भौगोलिक आधारमा पहिचान या संघियता की बिकेन्द्रिकरण? भनेर जनतामा जान सकिन्छ। के यो देश कथित ४ दलको बिहेमा ल्याएको दाईजो हो? या वैध्य समूहको रणभुमी? रेग्मी लचक हुनु पर्छ, वैध्य समूहले अरुको कुरा नी सुन्नु पर्छ, ४ दलले अहिले अरु पार्टीलाई पाखा लागाए भबिश्यमा आफ्नै गलत निर्णयले गर्दा रुनु पर्छ।

    prakash Reply:

    krishna ji tapai le vaneko chai 100% sahi ho..i agree with your openion

  • SP लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:30

    Satya Bachan.

  • megharajpaudyal लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:30

    हो खिलाराज का गल्ति 3 मात्र होईन ,
    खोज्दै जादा अरुपनी होलान ! तर
    खिलाराज लाई सकृय पार्ने पात्रको
    जरोको खोजि नगरी बोक्रोमा मात्र
    टिप्पणी गरियो भने वजिलो हुदैन
    भन्य मेरो बुझायी हो |
    1) संबिधान सभा राजनितिक निरोपण
    कारी संस्था भयको जान्दा जान्दै न्या
    यिक निरोपण माग्न जानु हुदैन थ्यो ,
    माग्न गयपछी केही दिएर नपठाएको
    खिलाराज लाइ तपाई के भन्नु हुन्थ्यो?
    2) मलाई सरकार प्रमुख बनाई देउ भ
    नेर खिलाराजले भनेका होईनन ,दल
    हरु सरकार बनाउन असक्षम भय
    पछि उनिहरुकै आग्रहमा सरकार प्र
    मुख बनेकाहुन , प्रघान न्यायाधिश लि
    यन राखेर किन प्र मं को सफत लिन
    लगाईयो ?
    3) सरकार प्रमुख भयको अबस्थाभा
    सबैले बिदेश भ्रमणमा गयर बिदेशी
    मित्रहरुका साथ हातमिलाएर फोटो
    खिचाउने उनी र उनका परिबार को
    चाहना पुरागर्न खिलाराज ले किन
    नपाउने ??

  • madhab लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:33

    बास्तवमा यिनको नाम खिलराज ठीकै लाग्यो । खिलको मतलव काँडा यानेकी खिलाराज काँडा हुन चाहि रहेका छन् । कमसेकम प्रन्याबाट राजिनामा दिएका भए चुवाउ त मजाले हुन्थ्यो । रेग्मी बाजे ।

  • ram prasad paudel लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:37

    BIG MAN NARROW MIND IS KHIL RAJ REGMI.

  • hari लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:37

    उसले त म्याद धेरै बधायौ अब नबढाउ बाँकी भएको समयमा संबिधान बनाऊ भनेको हो। राजनीतिक पार्टीहरूको असक्षमताको र अकर्मन्यताको दोष खिलराज रेग्मीलाई दिनु मिल्दैन।

  • voter लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:38

    आखिर वैद्य माओवादीले भनेकै छ, हजुरकै नेतृत्वको सरकारमा पनि हामी चुनावमा आउन तयारै छौं । yo baidya maobadi le bhaneko chhaina. bhane pani aaudaina. chunab para sarne ra grihayuda machaune khel ho baidya maobadi ko.

  • pariyar लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:39

    regmi lai Nepali janta ko k matlav, afna chora chori Nepal ma basni vayapo chinta huntheo….janta ra janta ko chora chori marun ki bachun k matlav regmi lai.

  • mahendra raj लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:43

    न्यायापालिकाले जनप्रतिनिधिमूलक संविधानसभालाई ठाडो हस्तक्षेप गरेर विघटन नगराएको भए, यतिबेला नेपालले संविधान पाइसक्ने थियो । yo tapaile k adharma bhandai hunuhunchha? Nepalma kunai euta partyko dui tihai bahumat ayena bhane dosro sambidhan sabhalepani sambidhan banauna sakdena…

  • nepal लेख्नुहुन्छ    |   2070 असोज 3 गते 11:53

    very tru anlysis.. Mr. regmi must resign from the post of chief justice.

  • Bhojraj Bhattarai लेख्नुहुन्छ    |   2070 असोज 3 गते 12:00

    i can not accept your argument because political parties has
    created this environment.

  • जया साउद(Baitadi) लेख्नुहुन्छ    |   2070 असोज 3 गते 12:01

    nepal sarbochha court nai yasto 6 sabai mathi hasta6ep garne ,netaharule nagarne ta kurai vaena

  • रबिन (मार्माली) लेख्नुहुन्छ    |   2070 असोज 3 गते 12:03

    मलाई त आब तरेग्मी एकदमै निरङ्कुश शासक जस्तो लाग्न थाल्यो ,जता पनि पद ओगटेर बस्नु भनेको नैतिकताले पनि नदिने कुरो हो ,न्यायधिश जस्तो मान्छे पटक पटक विवाद मा आउनु भयो ,वास्तब मा रेग्मीलाई ४दल ले सरकार को नेतृत्व गर्न सिफारिश गर्नु र रेग्मीले उक्त प्रस्ताव स्वीकार गर्नु नै उहाको ठुलो भुल हो ,तर पनि भुल सच्याउने पटक पटक मौका पाउदा पनि उहाले टेर पुच्छर नालाको देख्दा इतिहास कै खलपात्र हुने देखिन्छ र पद्लोपुता पनि अलि ज्यादै देखिन्छ ,मन्त्रि परिषद अधक्ष हुने बित्तिकै नैतिकता को आधारमा प्रधान न्यायधिश बाट राजिनामा दिनु पर्ने हो र अहिले को इस्थिती मा पनि कुनै मध्ये एउटा पद बाट राजिनामा दिएर देश लाई निकाश दिनु भएमा देश र नेपाली जनता को लागि राम्रो हो / येदि उहा अब न्यायपालिकामा गए भने स्वतन्त्र नयपलिका माथि संख गर्ने ठाउँ हुने छ ,उहा कति सम्म व्यक्ति बादी हो भन्ने कुरा त राष्ट्रिय बजेट बाट आफ्नो खेत वारी परि चक्रपथ बनाउन जबस्जस्ती बजेट पारित गरे बताई प्रस्ट हुन्छ ,त्यसैले अब अलिकति नैतिकता भए कुनै एक पद बाट राजिनामा दिएर देश लाई निकाश दिनु राम्रो हो ,कुनै एक व्यक्ति को लाभ जिद्धि को लागि देश अनिर्णय को बन्दि हुनु हुदैन /माओबादी हरु को बच्चे ढिपी लाई पनि मध्ये नजर गरेर रेग्मी ले अब को नेपाल को बाटो तय गर्नु होला भन्ने झिनो आशा गर्न सकिन्छ तर यस तफ भन्दा पनि उहा व्यक्तिगत कम मा बढी लग्नु भाको छ ,अब नेपाल को भबिस्य रेग्मी को हात मा छ ,नेपाल लाई द्वन्द मा धकेल्ने कि निकाश दिने ,यो समय मा रेग्मी को उच्छ मुल्यांकन को समय हो ,येदि अझै पनि यहाँ नेर भुल भयो भने रेग्मी लाई इतिहाश ले क्षमा दिने छैन /

  • SHISHIR PARIYAR लेख्नुहुन्छ    |   2070 असोज 3 गते 12:14

    सहि कुरो !!!

  • स्वतन्त्रत देश को स्वतन्त्रत नागरिक लेख्नुहुन्छ    |   2070 असोज 3 गते 12:15

    यो देश को चेतनशील ,देशभक्त र सधै देश को भबिष को चिन्ता मा छटपटाइ रहने नागरिक को हैसियत ले म पनि चाहन्छु रेग्मी ले प्रधानन्यायधिस को पद बाट राजिनामा देउन र देश लाई अगाडी बढने ढोका खोली देउन ! यदि छाती को कुनै कुन्ना मा आफनो जन्मभुमी को माँया बाँकी छ भने ! अन्यथा ज्यानमारा आतंकवादी देश भडुवा हरु ले यो देश लाई अगाडी बढ्न दिदैन्न !

  • F*** the politicain लेख्नुहुन्छ    |   2070 असोज 3 गते 12:29

    jey jati gare pani nepal lai bharat le chusi chusi saknexa… ani nepal kai astitwo, rastriyata sabai ek din haraune xa… k neta k khilraj…sabai aa-aafnai swartha ma hidiraheka xan..kaslai janta ko matlab xaina.. ek din uni haru ko pani sabai astitwo lop hunexa… ek patak sabai plan-maker haru le janta ko lagi sochera rajnaitik swarth ma tadha vai herne ho vane..desh le pragati ko bato linthyo ki.. sayad nepal lai aarko BP chahiyeko xa tara kina koi neta nepal ma BP, Marichman jastai nasocheko hola… kasari sochun pani ramro garne lai varat le nepal kai manxe layera marne garxan…..Aba nepali haru le ki desh nai chodi palayan hunu parxa ki aawaj uthayera 63 saal ko jastai andolan garnu parxa… navaye tamasa heri rakhu..jay nepal!!!

  • mohimura लेख्नुहुन्छ    |   2070 असोज 3 गते 12:36

    चि चि को पनि लोभ पापाको नि लोभ

  • Khadga लेख्नुहुन्छ    |   2070 असोज 3 गते 12:40

    aru pati le 6odnu bhanu paryo ni ajha bhanne ho bhane parcandle justice pad 6odnu bhannu paryo ni ani pani khil raj regmi le 6odenan bhane usko galti hun6

  • KRISHNA R, लेख्नुहुन्छ    |   2070 असोज 3 गते 12:44

    DEAR ADMIN….IF YOU ARE READING THE COMMENTS AND POSTING…..I WANT TO ASK YOU….WHY ARE YOU NOT POSTING MY COMMNETS ON THIS ISSUE? PLEASE REPLY TO ME IF YOU CAN.ONLINEKHABAR IS HURTING ME….

  • akash लेख्नुहुन्छ    |   2070 असोज 3 गते 13:06

    प्रश्न :- प्रधानन्यायाधीश पद छाड्न किन चाहेनन् रेग्मीले ?
    उत्तर :- नेपाली भाषामा होईन “टेलिफुनवाट ‘विषेश किसिमको विदेशी भाषामा’ भन्नु पर्च अनि मात्र छोडचन् ।

  • Sattya लेख्नुहुन्छ    |   2070 असोज 3 गते 13:14

    अहिले प्रधानन्यायधीश पदबाट राजीनामा दिएको भए राष्ट्रिय सहमतिका साथ शान्तिपूर्ण निर्वाचनमा जान सकिने सम्भावनालाई कसले चुनौती दिएर मुलुकलाई अशान्तितिर धकेल्यो ? उनै खिलराज रेग्मीले । It’s absolutely wrong, who will take responsibility if they didn’t came in Election, after his resign?

    Vhoj Reply:

    ho tei khile le ho

  • gorkhas लेख्नुहुन्छ    |   2070 असोज 3 गते 13:16

    sab bakbash matra….? pradhan nyayadhish vayara ta pradhan mantri banayako natra ta ma pani thiya arun bro…..?

  • jiban karki लेख्नुहुन्छ    |   2070 असोज 3 गते 13:17

    I am totally disagree with above statement about khil raj regmi, the situation wes created due to inability of all poltical parties so he needs to act as prime minister cum chef judge. I am proud with his confident to organised the election in actual announce date at any cost. If previous prime minister were that much dedicated towards them responsibility no way todays situation has come

  • birkay लेख्नुहुन्छ    |   2070 असोज 3 गते 13:22

    Khil Raj Regmi nai hun Nepal lo ahileka No.1 Khalnayak jo Nepal ko bhubahg lai nikat bhabishya ma India ma milauna shadyantrakari dhangale shuru dekhi nai chaliraheka chhan natra auta Pradhannyadhish ko pad chhdda Desh ma shantimaya chunab hunema yinle aba hinsatmak tarika le jung bahadur style le chunabi kotparba macchauna lageka chhan! Sabai biswasghati neta haru ra Aam Nepali janata le yinlai ahilyai sabak sikhuna atyabashyak bhaiskyo! Gaun gaun bata uthnus, Shahar shahar bata uthnus!Yo dhundhukari ko pol kholna lai uthaun!

  • jagannath लेख्नुहुन्छ    |   2070 असोज 3 गते 13:57

    aafno ghar kurna nasakera arkali chabi sumpida yastai ta hun6. tara dukhako kura khil raj pani kunai rajnitik kheladi vanda kam dekhiyanan.

  • ramjanam लेख्नुहुन्छ    |   2070 असोज 3 गते 14:03

  • Tirtha Grg uk लेख्नुहुन्छ    |   2070 असोज 3 गते 14:51

    Timi haru Sambidhan nabanai aajiban bhatta nakhau sambidhan samaya Ma banau bhanera sakaratmak dhangale sima tokdeko samaye huda resort charera sahamati gardai milena bhandai hidni,,, ani chunab nispakchhe garna Lai purba hudaina bahal walale matra garna sakcha bhanera satta sumpini,,, ahile rajinam dini parni bhaye tyetro purba nyayadhis thiye usailai lyaye pani bho ni Kasari badha adkau fukayeko cha Tyo pani dhyan dinu paryo ni??? Sathi hachuwako bhar news chhapni,, yo prastab lyayera satta sumpini samaye sambidhan nabanauni neta ko dosh ki nirbachan sochchha dhangale garera satta chhadera hidchu bhanni ko dosh ?????

  • Pradip Ghimire लेख्नुहुन्छ    |   2070 असोज 3 गते 14:55

    sahi ho

  • Gyanu waji लेख्नुहुन्छ    |   2070 असोज 3 गते 15:00

    Haw patrakar mitra………..Khihlraj Lai kina dosh lagaunu hunchha hao Malai thaa bhaye anusar nineteen wenty one maa haami japanko sainik sanga larda…..prachanda bhanne pani tehi ladaima japanes senaama dusman bhayera raiphal baata goli bhatangtang chalako thiyo hao………..kina po patrakaar mitra haru maanchheko nakh thulo banaune kaam naaganung na hao…katai khilraj regmile yeso diyo ki k ho………….

  • roshan yesmi लेख्नुहुन्छ    |   2070 असोज 3 गते 15:19

    यो खिले त हेर्दै ढिकुरे मुसा जस्तो छ यस्ले के चुनाव गरौला र

  • कमल लेख्नुहुन्छ    |   2070 असोज 3 गते 15:27

    कस्तो हावादारी कुरा गरेको अरुणजि ले……खिलराजको अनुहार हेरेर प्रधानमन्त्री पद दिएको त होइन नि…त्यो त प्रधानन्यायाधिष लाई पो प्रधानमन्त्री पद दिएको हो….जब उनले प्रधानन्यायाधिषबाट राजिनामा देखिने बित्तिकै उनको प्र.म. पद पनि जान्छ र देशमा राष्ट्रपतिको हातमा जान्छ…राष्ट्रपति भनेको सेनाको परमाधिपति हुन जुन एक प्रकारले सैनिक सासन नै हो…हो बैद्य यहि चाहन्छन जुन कुरालाई केहि मानिसहरु बुझेर समर्थन गर्दैछन भने धेरै खिलराजले प्रधानन्यायाधिष बाट राजिनामा दिएमा बैद्य पनि चुनाबमा आउछन भने भने राजिनामा दिन किन अटेर गरेको भनेर कुर्लिरहेका छन….

  • pushpaaraj giri लेख्नुहुन्छ    |   2070 असोज 3 गते 16:07

    यो खिलराज रेग्मीको भूल होइन, उनी प्रायोजित व्यक्ति ठहरिए । किनकी उनलाई काजमा ल्यउन उनले भन्दा पनि राजनैतिक संयन्त्रको चलखेल भएको हो । संविधानसभा विघटन गराएर आफ्ना महाभूल सुधार्न अर्को एक भूल निर्दलीयतालाई प्रश्रय दिन दलका नेताहरु हुन् । अझ छायाँ सरकारको रुपमा उच्चस्तरीय राजनैतिक संयन्त्र नाममात्रको दबाबसंस्था बनाएर कस्ता भूलहरु र के का लागि गरियो भन्ने तर्फ जानु उपयुक्त हुन्छ । उनलाई काजमा ल्याइएको हो त्यसैले प्रधानन्यायाधीशबाट राजीनामा दिनु उनको भूल हुनेछ । किनकी उनी न्यायालयका प्रमुख भएकै कारण मन्त्रिपरिषदका अध्यक्ष भएका हुन् राजिनामा दिनेवित्तिकै उनको हैसियत के नै रहन्छ र, सर्वसाधारण प्रम हुने व्यवस्था नेपालमा छैन । उनी कानून बमोजिम विशेष जिम्मेवारी तोकिदिएर ल्याइएका एक कारिन्दा बाहेक कोही होइनन भनेर बुझ्नु उपयुक्त हुन्छ । उनको विरोध निरर्थक हो बरु उनको विकल्पमा बृहत राजनीतिक सहमतिबाट राजनैतिक व्यक्तिको नेतृत्व चयन उपयुक्त हुनसक्छ । दलीय सहमति नगर्ने, दलको छायाँ को निर्देशन वा एक पक्ष दलले विरोध र अर्कोले समर्थन गरेको अवस्था निर्दलीयतालाई कायम राख्ने प्रपञ्च बाहेक अरु बुझाई गलत हो ।

  • Nepali लेख्नुहुन्छ    |   2070 असोज 3 गते 16:08

    १. दलहरुले संविधानसभाको म्याद थप्दै चार वर्ष पु¥याएका थिए । संविधान बन्ने कुनै लक्षण देखिएको थिएन । यस अवस्थामा ‘जनताको म्यान्डेट लेऊ’ भन्नु लोकतान्त्रिक कदम हो कि संविधानसभाको म्याद थप्दै असीमित समय सत्ताको भोग गर्नु लोकतान्त्रिक ?
    २. शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्राविधिक रुपमा प्रधान न्यायाधीश कार्यपालिका प्रमुख नहुनुपर्ने हो । तर दलहरुले नै एकअर्काको अस्तित्व स्वीकार नगरेकाले यो अवस्था आएको हो । यो एउटा भुल नभएर ऐतिहासिक मौका हो खिलराज रेग्मीका लागि ।
    ३. सहमती नारा फलाकेर नथाक्ने दलहरुले लामो समय प्रधानमन्त्री दिन सकेनन् । खिलराज रेग्मी व्यक्तिको ‘अनुहार’ दलहरुलाई मन परेर कार्यपालिकाको प्रमुख बनाएका होइनन् । प्रधानन्यायाधीश खिलराज रेग्मी संक्रमणकालीन नेपालको विशिष्ट समयका लागि कार्यपालिका प्रमुख भएका हुन् ।
    लोकतन्त्र संस्थागत हुन सकेको छैन । खिलराजलाई बाधक होइन साधक बनाऔँ । सकारात्मक सोच राखौँ । नेकपा–माओवादीले पनि चुनावमा गएर जनअनुमोदित हुने साहस गर्दा हुन्थ्यो कि ?

  • shreepramod लेख्नुहुन्छ    |   2070 असोज 3 गते 16:25

    pradhan mantri bhanne pad nalieko karan le regmi le kunai galat kam gare ko chhaina u aadesh matabik aadesh pura garna pathieko ho, usle yo kam garnu sakena aba puranai pradhan mantri baburam bhattrai lai jimma lagaera aphna kursi ma pharkanna parne chha pheri tyaha naya sarkhar ko astitwa khojina parne chha. sajilai chunab ma bhag liene chhaina.

  • Ramesh dhakal लेख्नुहुन्छ    |   2070 असोज 3 गते 16:40

    khil raj ji ko bibasta ho tyo kasae le rokera rokene wala thiyan uha le pm hun chahanu bha hoena unae parbhu ko kirpa ho hajur yaha prachanda , madab nepal jhalnath baburam ani khilraj ji aafae chara matra hoena teso bha ta yeni haru kina satta chadthe

  • mitra लेख्नुहुन्छ    |   2070 असोज 3 गते 16:48

    खिलराज रेग्मी को सरकार बन्नुभन्दा अगाडी तिनै प्रचण्ड हुन् खिलराज जी हामीले सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन हुदैन , झन् बाबुराम जी को त के कुरा ? कुर्सिको लागि कसकसलाई के भनेनन्, त्यो छिछिरम को रहस्य भबिस्यमा स्पस्ट हुदै जाला/ बिजय गच्छेदार , झलनाथ खनाल ,माधव नेपाल केपी वली लागयतका नेताहरुले तपाई यो देशको नेतृत्व गरिदिनुस हामीले सकेनौ भनेर हात जोड्न गएकै हुन्/ हैन?? यो छापामा जस्तो कुरा पनि लेख्न सकिन्छा भनेर हो कि ,विद्वान मित्रहरुले सामाजिक संजाल भनेको जे पनि लेख्न पाइछ भनेर हो एस्तो टिप्पणी समाचार लेख्न उद्धत हुन्छन ? आज खिलराज जी लाई के को दोस उनीलाई त चुनाब गराउने जिम्मा, बिन्ति गरेर दिएको कुराप्रति इमान्दार छन् / फेरि प्रचण्ड जी लाई गिरजा प्रसाद लाई रास्ट्रपति नाबनुउदा मुलुकले संबिधान पाउन सकेन भन्ने जति पछुतो भयो सुशील कोइराला लाई प्रधानमन्त्री नाबनुउदा देशले कति मूल्य चुकाउनु पर्छ?हेर्दै जाउ, त्यो मूल्य राजा त्रिभुवन ले लैनचौर मा शरण लिएको कारणले भन्दा हज्जार गुना बढी घातक हुन्छ / बाबुराम जी तेतिबेला हरुवा हरुले भन्दै बस्नुहोला ,रोम जलिरहनेछ …….तेस बखत गोहीको आसु को केहि आर्थ रहदैन ,,ठुलो भुल भैसक्यो राजनीति ,राजनेता ज्यु को हातबाट धेरै पर गैसक्यो ,,सासन बास्तव मा राजनेताहरुले चलाउने कुरा हो /पाकिस्तानमा आज पार्टी कै हातमा सासन छ / त्यहा के हुने गरेको थियो ?हाम्रा नेता बाबुराम जी लाई राम्ररी थाहा छ / कम्तिमा भुल को प्रयास्चित को सुरुवात गर्नुहोस ……जनता सधै निर्णयक हुन्छन …..

  • chandra लेख्नुहुन्छ    |   2070 असोज 3 गते 18:00

    Regmi euta Nirankush Khandani ko Tapare Braman ho jaslai Desh ko Maya 6ina,Yadi yaha Adibasi vaeko vae Desh ko lagi Rajinama ta ke Gardhan Dine thie Gardhan

  • raj लेख्नुहुन्छ    |   2070 असोज 3 गते 18:32

    यो देशमा “भुल”हरुको कुनै कमि छैन ।

  • Dr. KC लेख्नुहुन्छ    |   2070 असोज 3 गते 18:51

    होईन हो अरुण जी, माओवदिको जुठो ख्एइयोहो कि कसो ? हाम्रा रेग्मी बा पनि त माओवदी नै हुन नि ।

  • aakrosh bhandari लेख्नुहुन्छ    |   2070 असोज 3 गते 18:56

    baidhye chunabma jane bhaye po jane haina bekarma kina time barbad garnu .

  • tulasi bindu लेख्नुहुन्छ    |   2070 असोज 3 गते 19:05

    maukaa maa chauka hanna sabaile chhod dainan

  • Narayan Kusum लेख्नुहुन्छ    |   2070 असोज 3 गते 19:36

    I donot think he has done wrong.

  • rabindra shrestha लेख्नुहुन्छ    |   2070 असोज 3 गते 21:14

    This is a very interesting article. I agree with the writer’s view.

  • jibanta लेख्नुहुन्छ    |   2070 असोज 3 गते 21:15

    he is timid facist

  • Mohan Sitaula लेख्नुहुन्छ    |   2070 असोज 3 गते 22:25

    waiyat kura.

  • rina लेख्नुहुन्छ    |   2070 असोज 3 गते 22:46

    this person is always negative minded………. it would have been better if first point was not mentioned. eka tira sakti prithakikaran ko kura garne arko tira hastachhep garyo bhanne he is not clear……….. First point is only raised by maobadi who dont beleive in rule of law………. second and third points are relevant

  • malla bharat लेख्नुहुन्छ    |   2070 असोज 3 गते 23:56

    tyo khilaraj li USA bata farkana dinu hunna?

  • Cp Sharma लेख्नुहुन्छ    |   2070 असोज 4 गते 0:48

    यो लेखमा कुनै तूक छैन । समय बिताउने बाटो मात्र ।