OnlineKhabar.com

दिल्लीमा यसरी भेटिए नेपाली चेली

2070 असोज 3 गते 13:48 मा प्रकाशित

राजेन्द्र कुँवर

rajendra-kuwarकमजोर अनि पुराना खाट, त्यसमाथि फोहर र थोत्रो तन्ना…..छरपस्टरुपमा फालिएका अस्थाई साधन (कन्डम) का खोलहरु । भित्तामा लामखुट्टे र उडुस मारेरबनाइएको रातो कालो टाटेपाटे धर्का । कोठाहरु पनि खाटकै आकारका एकदमै साघुँरा । तर,निस्सासिएका ती अध्यारा अनि डरलाग्दा कोठाहरुमा दुनियाँभरिमा पाइने मोजमस्तीका साथै बिलासिका चिज़बस्तुहरु चाहिएको समयमै आइपुग्छन् । तर, हावा भने कहिले पुग्दैन। यी अँध्यारा मैला कोठाहरुले थुप्रै यौनपिपाशुहरुको मनलाई तृप्त गर्ने गर्दछन् ।

भारतको राजधानी नयाँ दिल्लीस्थित पहाडगंजको कोठी नं ६४, जहाँ सैयौंको संख्यामा कलिला नेपाली चेलीहरुलाई बन्दी बनाएर नर्कको जीवन बाँच्न बाध्य पारिएको छ। दैनिकरुपमा एक जनाले ५० देखि ६० यौनपिपासुहरुको मन शान्त पार्नु उनीहरूको दैनिकी बनेको छ ।ती कोठरीहरुमा यौनचाहना मेटाउन चाहनेहरुमा भारतीय, बिदेशी गोरा लगायत नेपालीहरु पनि पर्दछन् । साँझ परेपछि पहाडगंजको सडकमा यसैका लागि भनेर ठुलो भिड देख्न सकिन्छ ।बिशेष गरी बेलुका ५ बजेदेखि राति १२ बजेसम्म हजारौ संख्यामा यौन पिपासुहरुको आवत जावत हुने यस सडकलाइ जीपी रोडका नामले सजिलैसँग चिन्न सकिन्छ। केही दिन अगाडि मलगायत दुइजना नेपालीहरू वास्तविकता के रहेछ भनेर जीपी रोडतर्फ लाग्यौं ।

mumbai-kothi

समय साँझ ७ बजेको थियो । हामी खोज्दा खोज्दै जीपी रोडमा रिक्साबाट झर्नेवितिकै एउटा भर्खरको उमेरले लगभग १७ बर्षको युवा हुनुपर्छ, ले सोध्यो ६४ कहाँ पडता है ? हामीलाई पनि थाहा थिएन । त्यो यूवा हतार हतारमा अगाडि बढ्यो । लाग्यो, यसका पछि पछि जाऔं भनेर हामीले पनि उसलाई पिछा गर्न थाल्यौं ।मन थामी नसक्नू भयो । खुट्टा काँपिरहेका थिए। यो जीपी रोडको माहौल देखेर मनमा धेरै तर्कनाहरु उछाल खेल्न थाले । फेरि एउटा बंगालीले पनि सोध्यो, भाइ ६४ कहां है ? हामी पनि त त्यही ६४ खोज्दै हिडेका थियौं । अगाडिको केटा त्यो भिडबाट हराइसक्यो । अब यही सरदारलाई पिछा गर्ने भनेर उसको पछिपछि लाग्यौं ।दिल्लीको त्यो चरम गर्मी उसै पनि खप्न गाह्रो । पसीनाले भिजेर निथु्रक्क हामी जीपी रोडमा अगाडि हिँड्दै गर्दा त कहाँ ६४ ? त्यहाँ त ठुलो बजार नै रहेछ । मलाई त्यतिबेला ठमेल र रत्नपार्क अनि दरबार मार्गको सम्झना आयो । काठमाण्डौको रात्री जीवन र यौन व्यवसायीहरु कोही बाटोमै त कोही होटेल, रेष्टुराँ अनि कोही ठूल्ठूला स्टार होटेलमा पनि हुने गरेका परिदृश्य दिमागमा फल्यासआउट भए ।

जीपी रोडको बाटोमा पिछा गर्दै जाँदा २० मीटरजति पछि त्यो पञ्जाबी र उसका साथीहरु एउटा सानो गल्लीमा पसेको देखें, उनीहरुभित्र गइसकेपछि हामी त्यहाँ अडियौं । त्यहीँ अगाडि खुद्रके सामान बेच्ने साहुलाई सोध्यौँ  । भाइ साहेब ६४ कहाँ है ? अबे सामने नही देखरा है ? कान्छी है कान्छी । तुम्हारे गाउँके है, सब, अच्छी अच्छी माल मिलती है । जाओ उधर । त्यो साहुको कुरा सुनेर म त पागल झै भएँ । दिमाग चक्कराउन थाल्यो, खुट्टा काँप्न थाले । धर्ति चिरिएर भासिएको जस्तो लाग्यो । पुरै आकाशमै माथि आएर थिचे झै भयो । मनमा आगो बल्यो । हामीलाई यति साह्रो हेपेर बोल्यो कि मैले उसको कुरा सुन्नै सकेको थिएन । तेरे गाऊँ के लड्किया भन्दै छ, म बर्बराउन थालंेछु । मलाई साथीले आवेशमा नआउन अनुरोध गरेपछि सम्हालिएँ…….। लामो सुस्केरा हाल्दै, पछी पो थाहा भयो म एउटा नेपालीले महान भारतको राजधानी दिल्लीमा, त्यो पनि जीपी रोडमा छु भनेर । पछि आफूलाई सम्हाल्दै त्यही पसलमा १ बोटल पानी किनेर खाएँ । साथीले ल ल फर्किउ भन्दै थिए तर पछि मैले उल्टै सम्झाएँ । हामी यहाँ आउनुको मुख्य कारण बताएर सम्झाएँ ।

तीनैजना बिस्तारै भर्याङ. चढ्दै थियौं । खुट्टाको मासु नै पल्टिएला झै लाग्दैछ । मुटुको ढुकढुकी एक मिनेटमै १७१ पुगिसक्यो । डर, भय, त्रास सबै कुरालाई मनमै थाती राखेर एक सुरमा भित्र पस्यांै । एक तलामाथि के पुगेका थियौं त्यहाँ त २ जना दिल्ली पुलिसका जवान डिउटी मै खटिएका रहेछन् । मैले साथीहरुलाई भनें भाग, भाग । अब हामीलाई पनि थुन्ने भयो, तीनैजना कुदेर १ कि मी टाढा पुग्यौ  । धन्य हो, भगवान पशुपति बचाइस् भन्दै पहाडगञ्ज डेरासम्म आइपुग्यौं ।

दोस्रो साताको प्रयास

फेरि अर्को साता मलगायत साथीहरु त्यही ठाउँमा गयौं । वास्तविकता देखेर मात्र हुँदैन, बुझ्नुपर्छ भन्दै रु १२ सय भारु तिरेर ४ सयका दरले तीनजनाले त्यहीँ बस्ने पूर्व तयारीका साथ रातभर त्यहीँ बस्ने भनेर गयौं ।त्यहाँ जसले जुन केटी रोजे पनि हुँदो रहेछ । तर सबै जना पाचांैतलाको माथिल्लो छतमा सँगै सगोलमा बस्नु पर्ने । करीब २ सयजना ग्राहकसँगै थिए । २० जना जति नेपाली युवाहरु पनि त्यहीँ देखिन्थे । रक्सीको गन्ध, चूरोटको धूवाँ बस्न लायक नै छैन । उकुस मुकुस, दिल्लीको गर्मी । एउटी १३ बर्ष जतिकी बहिनीसँग बसेर सयौं जनाको बीचमा कुरा गर्न पनि कस्तो गाह्रो ।

नुवाकोट घर बताउने ती बहिनी नाम परिवर्तीत (सविना…) चुरोट किन्न पैसा छ दाइ भन्दै म र साथी संग ३०/३० मिनेटको हाराहारीमा २० मागिन् । सविनालाई सोध्यौं बहिनीको नाम के हो? घर कता हो? कसरी आइपुग्यौ? यस अँध्यारो कोठीमा कसले पुर्यायो ? आदि इत्यादि । चुरोट तान्दै नसुकेका ती ओठमा लिपीस्टिक, गाजल लगाएर चूल्ठो बाटेर चिटिक्क सविनालाई न घरको चिन्ता छ, न समाजको । केवल चिन्ता छ त पैसा कमाउने । रात छिप्पिँदै जाँदैछ, करीब मध्यरात भएको छेउ मै रहेको रेलवे स्टेशनको रेलको आवाजले संकेत गर्दैर्छ । त्यहाँ कसैलाई कसैको डर छैन । निर्धक्क छन् सबै ।

एकै छिनमा पानी पर्‍यो । छतको माथि टहराझै त्रिपालले छाएको छ । पानी तर्तर् गर्दैछ । हाम्रो कुराले गतिलिन छोडिसक्यो । त्यतिकै बसेँ । एकछिनमै जुन लाग्यो । म त अब रिसाउँछु बोल्दै बोल्दिँन, रुने मान्छेसंग दिल खोल्दैन..पानी परेपछिको आकाश खुले झै…. यो गीत मेरो मुखबाट अनायासै आयो, सविना हेरेकी हेर्यै भई र बोल्न थाली-

‘दाइहरु रिसाउनु भएको हैन ? किन र ? जवाफ फर्काउँछिन् । दाइले गाएको गीत र मौसम ठ्याक्कै मेल खायो । ‘दाइ मलाई त कलिलै उमेरमा यहाँ ल्याइपुर्‍यायो। ल्याउने मान्छे पनि चिन्दैन । मेरो घरको मान्छेलाई पनि थाहा छैन । म पनि बिर्सिसकें, कस्तो छ मेरो गाउँ ?……तर दाइ हामो्र गाउँमा पनि यस्तै पानी पर्छ । हाम्रो गाउँमा पनि यस्तै जून लाग्छ । हामी घाँस काट्न मेला जाने गथ्र्यौ, अरु मलाई केही थाहा छैन । …..लामो सास फेर्दै भन्छिन् गाउँ जाने मन त थियो, जाने कसरी ? यो ठाउँबाट बाहिर निस्कनै दिँदैनन् ।’

दुःख कतिको हुन्छ त…..? प्रश्न गर्न नपाउँदै, ‘तपाई त मेरै दाइजस्तै लाग्यो, बाच्न दिनु न, हामी नेपाल फर्किन्छौं भन्न थालिन् । माइती नेपालको नाम पनि थाहा रहेछ सविनालाई । भन्दै थिइन्- नेपाल गयो भने त घर जान नपाए पनि त्यही संस्थामा बस्ने थियौं ।

विहानको ४ बज्न थाल्यो । सविना भन्दै थिइन्-दाइ सहयोग गरिदिनूहोस् है । हामी पनि हुन्छ भन्दै बाहिर निस्क्यांै । तर, के नै गर्न सक्थ्यौं र हामीले…. ।

देशमा यतिका महिलाहरुको हकहितका लागि लड्ने भन्दै अधिकार खोज्ने ३३ प्रतिशत महिला सभासददेखि महिला अधिकारवादी संस्थाहरुले सविनाजस्ता हजारौं नेपाली चेलीहरुको रोदन कहिले सुन्न सक्लान् ? दिनानुदिन चेलीहरुलाई भारतका मुख्य शहरहरुमा वेश्यावृति गर्न वाध्य पार्ने ती दलालहरुलाई न प्रहरीले केही गर्न सकेका छन् न सामाजिक सञ्जालहरुले नै । महिला मन्त्रालयको काम यसभित्र पर्छ कि पर्दैन ? नेपाली राजदुतावास भारतमा के गर्दैछ ? भन्ने प्रश्नको जवाफमा त्यहाँ बस्ने नेपालीहरुले ट्रेनको टिकेट काट्ने काम बाहेक एउटा झिँगा मार्न नसकेको गुनासो गर्छन् ।

जय हो । नेपालको कानुन दैवले जानुन्……।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“दिल्लीमा यसरी भेटिए नेपाली चेली” मा प्राप्त 53 प्रतिकृयाहरू
  • Gaule लेख्नुहुन्छ    |   2070 असोज 3 गते 14:05

    dherai marmik article, thanx Rajendra ji

  • raju magar लेख्नुहुन्छ    |   2070 असोज 3 गते 14:08

    जुन जोगी आए पनि कानै चिरिएका छन् हाम्रा नेपालका नेता मन्त्री भनाउँदाहरू, यसतर्फ थाहा पाएर पनि नकाए जसरी गरिदिन्छन्, त्यस्ता दलालहरू तथा बलात्कार गर्नेहरूलाई त मृत्युदण्ड दिने कानून बनाए केही हदसम्म नियन्त्रण हु्न्थ्यो कि ?

    birkumar rai Reply:

    deshka neta vanauda haroo nai dalaliko chakar ma bacheko xa
    ani nepali mahilaharoo 30% adhikar khojdai afai kalko vumarima pashna khojxa aba bhanau kas lai dosh dine

  • san लेख्नुहुन्छ    |   2070 असोज 3 गते 14:12

    completely agree with the article. The government of Nepal and embassy of Nepal in delhi is silence about that matter…. they know everyth and every channel form where the girl are supplied to India. But the money matter to them …

  • म नेपाली .. लेख्नुहुन्छ    |   2070 असोज 3 गते 14:49

    देशमा यतिका महिलाहरुको हकहितका लागि लड्ने भन्दै अधिकार खोज्ने ३३ प्रतिशत महिला सभासददेखि महिला अधिकारवादी संस्थाहरुले dollar kamauna baseka hun, aru kei hoena..

  • raj malla लेख्नुहुन्छ    |   2070 असोज 3 गते 15:12

    K garnu hamro Nepalma yasto kam garnelai sajaya hoina hausala din6n apradhilai mantra 1 choti mirtue danda dine ho vane yo kam aafai kam vayara Jane thiyo.

  • khadga dahal लेख्नुहुन्छ    |   2070 असोज 3 गते 15:26

    ke garne nepali ko niyati nai yasto rahecha neta haru chor ra lutera bhaye paci kaslai ke bhanne ….bidesh ma dherai nepali haru le dukha ra pida payeka chana tar apsoc hami partikriya dina siwawa kehi chaina ….mero anurod …yasta kura haru neta haru lai bela bela ma email gare kaso hola ..
    katai tini haru ko man ma daya palaucha ki ..

  • amir narayan yadav लेख्नुहुन्छ    |   2070 असोज 3 गते 15:31

    त्यस्ता दलालहरू तथा बलात्कार गर्नेहरूलाई त मृत्युदण्ड दिने कानून बनाए केही हदसम्म नियन्त्रण हु्न्थ्यो कि थाहा पाएर पनि नuए जसरी गरिदिन्छन् नेपालका नेता मन्त्री-

  • lois thapa लेख्नुहुन्छ    |   2070 असोज 3 गते 15:31

    really heart touching story…………

    no words to say anything.

  • jayasm लेख्नुहुन्छ    |   2070 असोज 3 गते 15:47

    yo kura indiako PM and Parliament and court ma chhitai khabar garna payro

  • jayaram लेख्नुहुन्छ    |   2070 असोज 3 गते 15:49

    Yo kura BBC & CNN lai khabar garna paryo

  • Dipa Bohara लेख्नुहुन्छ    |   2070 असोज 3 गते 16:46

    Ho yes ko pura response gov ko ho n anya nikaya haru ko bt tapai le ni aru le jhai problem matra share garnu vo solution k hun sak6 n tapai ko responsibility problem share garne matra nabhai solution pani khojna support n mahol create garnu par6 hola na ki problem share garer matrai k hi hune wala 6aina yesto kam rokna ta sabai samudaya lagnu par6 hola

  • netra gharti magar लेख्नुहुन्छ    |   2070 असोज 3 गते 16:49

    cheli beti bechne dalal lai nepalma mrityu ko ya aajiban kaid sajaya ko bebastha hunu parxa.tara nepalka junsukai neta ani samajik snjal aayepani yeslai niyentran garna saki rakhekaa xainan.mero bicharma nepalka cheli yesari kalo kothima kochina pugnu ra nepali nagaraik le yesari rukho boli byabahar sunnu ra sahana parnu maa nepali rajniti ra nepalka neta harukai dosh thulo kamjori ho.

  • DEK BDR ARMAJA लेख्नुहुन्छ    |   2070 असोज 3 गते 16:54

    oh so sad …!fasine ko pahilo galti fasaune ko dosro galti ani hamro des hakne thula bhanauda le khayal nagarne tesro galti,khai kolai ke bhanne ,jasto chahana ustai parinam,JANE PNI USTAI LANE PANI USTAI” sabai bhagawan janun SABAI MILERA NEPAL AAGADI KASARI LANE BHANNE THAHA XAINA 1 PAISAKO LAGI CHELE BECH BIKHAN GARne ”ORIGATHE” NEPALI CHELILAI BECHENE NEPALI CHELINAI HUNU PARXA 1, NUMBER MA THEN +FATAHA+DHOT

  • praveen jha लेख्नुहुन्छ    |   2070 असोज 3 गते 18:17

    gov. Lai thaha hunda hundain tyasto pidit lai sarkar le chhudauna na saknu ra dalal lai samatna ra karbaai garna nasknu nepal sarkar ra dootabaas ko nirihpana nai ho.

  • Bharat B. G. लेख्नुहुन्छ    |   2070 असोज 3 गते 19:41

    afnee nepal ma ta sabaiko samo nago banaucha janta haru khi karbahi hudeena eklo female lai mauka pari male fahida utauna kujchan female no bhanera police lai ujir garu bhane tehi famalelai sabai mili kalo masodali jutakomala lagahi din cahn bhane pachita india kodhiliko ta kurahi chudau Mahilale ta mahila ko sat dinnana hamro nepal ma

  • Rameshor kc लेख्नुहुन्छ    |   2070 असोज 3 गते 20:20

    Dherai marmik6

  • ramesh लेख्नुहुन्छ    |   2070 असोज 3 गते 21:22

    ooooooooooo nepal banda garne manis haru ho nepali nari ko bare ma nepal banda gara garne bhaye ,

  • विवश कोइराला लेख्नुहुन्छ    |   2070 असोज 3 गते 21:42

    हाम्रो देशका नेताले नै चेलीबेटी बेचबिखन गरेर यो उचाई हासिल गरेका हुन् नि त्यै भएर ता कसैलाई कसैको डर त्रास छैन अनि अपराधी लाई संरक्षण गर्ने हाम्रा देशका नेताज्यू हरु लाई बधाई नदिएर के गर्नु? अनि हामी जनता नि ति नै नेताले जे भन्यो त्यै मान्ने हरे हाम्रो देशको अवस्था! सतिले सरापेको हाम्रो देश कैले यस्तो कुरा बाट टाढा रहला धन्य हामी नेपाली …….????????????

  • SHER Bdr KC लेख्नुहुन्छ    |   2070 असोज 3 गते 21:49

    ti chelilai nepal pharkaunuparyo.

  • purna bahadur gharti लेख्नुहुन्छ    |   2070 असोज 3 गते 22:37

    yo samsya rokna sip aarjan education dinu paryo ani na loviyon tiniharu paisa dekhi

  • Narayan majhi लेख्नुहुन्छ    |   2070 असोज 3 गते 23:57

    के अब हामीहरूले यस्ता कुराहरू मात्र सुन्नु पर्ने होकी उद्दार गरेका समाचार पनि सुन्न पाईने हो? विभिन्न सँघ सस्थाहरू देशको ढुकुटी रित्याउने मात्रै हो त?किन यस्ता घटना रेडियोमा बज्दैन?बरू ति नेताका फोकट्टी का भाषण पनि नबजाए हुन्छ…………॥

  • Luv Nepal लेख्नुहुन्छ    |   2070 असोज 4 गते 0:33

    यहाँको लेख पढें, तर कताकता नुन बिनाको चट्नी खाए जस्तो मलाई भान भयो। यस प्रकारको गहन बिषय माथि यहाँले लेख्नु थियो त मुख्य बिषय बस्तुमा केन्द्रित हुँदै अलिकति गहिरिएर बिस्तृतमा उदाहरण सहित प्रस्तुत गर्नु जरुरि थियो, तर यहाँले त्यसो गरे जस्तो लागेन। यस किसिमको अधुरो लेखाईले जनमानसपटलमा थप अस्पस्टता र व्याकुलता मात्र पैदा गर्ने हुन्छ।

  • Balkrish लेख्नुहुन्छ    |   2070 असोज 4 गते 1:33

    Lekh ali apuro lagyo.

  • मिलन लेख्नुहुन्छ    |   2070 असोज 4 गते 10:03

    डलर खान पल्केका यी सभासद् देखि बिभिन्न महिला संघ सस्थाहरुले बेचिएका नेपाली चेलीलार्इ किन उद्दार गर्छन । यस्ता स‌ंघ संस्थाहरुलार्इ खारेज गरेर जोसिला युवा महिलाहरुलार्इ संचालन गर्न दिनु पर्दछ । तथा ३३ प्रतिसतको अधिकार खोज्ने महिला अधिकारकर्मीलार्इ यस्ता कामहरुमा सहयोगकोलार्इ अनुरोध गर्नु पर्दछ ।

  • Khagendra Tamang लेख्नुहुन्छ    |   2070 असोज 4 गते 11:14

    Really heart touching

  • sijan लेख्नुहुन्छ    |   2070 असोज 4 गते 22:12

    यस्ता स्थितिबाट उद्धार गरिएका भन्दा पनि यस्ता कार्यमा फसाईएका समाचार सुनिन्छन् । खै के भन्ने अब राज्यलाई पनि । साँच्चै मलाई त भारतको लागी नेपाली राजदुतावास पनि छन् कि छैन भन्ने कुरा पो दोधारमा पय्रो । छ भन्ने कि छैन ।

    अनि यो नेपालको नेताहरू भारत जान्छन् आखिर के उपलब्धि हाँसिल गरे त खै ! ब्यथा उस्तै छ ।

  • Utam लेख्नुहुन्छ    |   2070 असोज 5 गते 5:24

    Sayad yo nepalma asal rastra badi neta haru vaheko vahe singai desko valo hune thiyo ta yaha sabahlai aafnai matra chintaxa . kaslaipani des patri maya xaina . Herdai jau paxi samma nepal k hunxa .?

  • dilip rai लेख्नुहुन्छ    |   2070 असोज 5 गते 9:08

    Mahila haru pani sachet hunu parxa ra de ko kanun pani kada hunu jaruri xa.

  • dilip rai लेख्नुहुन्छ    |   2070 असोज 5 गते 9:09

    Mahila haru pani sachet hunu parxa ra des ko kanun pani kada hunu jaruri xa
    .

  • YADU लेख्नुहुन्छ    |   2070 असोज 5 गते 14:47

    NEPAL Bata india janalaai bises card banaya ma sajilo hun6a ,,
    GAu Bikash samiti bata paper liyara matra ladies india jane system vo vane kaam hun6a natra …………. uuuhi ho jati sastha aayapani …. DOLLAR($) choooom parne kaam matra hooooooooooooooooooooooooooooooooooooooooooooooo

    neta haru budi uhi ho ke garnu ,,,,,,,,,,,,,,,,,,,,
    yati vane ta eji garoo hun6a nee

  • mahesh MAdheshi लेख्नुहुन्छ    |   2070 असोज 5 गते 19:22

    Dear writer jiu..
    tapae ko lekh ati nai ramro cha, mero mutu Chhoyo..hamro nepali cheli haru ko dekhera .. sanchai nai vane ho vanne yo sabai nepali haru le thah paunu parchha ra hami sachet hunuparchha yasari chhori manchhe haru lie desh bahira pathauna….
    aeuta arko kura highlight garna chahnchhu yaha lie…hope you will also highkight it….
    as the indian told tero gau ko …vanda dukhko bayan jasari garnu va sanchi yastai hudo rai chha TI NEPALI MADHESI HARU LIE jaba aafanai desh ma indian vanera HEPNE GARCHHAN ti PAHADI HARULE…. SO I HOPE, U WILL WRITE SOMETHING TO UNITE NEPALESE AS NEPALESE NOT MADHESHI , PAHADI AND ETC… if we can unite , we can fight even with any powerful country not only indians…

  • laxmi tharu लेख्नुहुन्छ    |   2070 असोज 6 गते 0:42

    human trafficking ka lagi rastriya anatrastriya star bat karodauko dollar kharcha garera project chaliraxa ngo ingo le gareko prayas kina tyas thauma pugna sakdaina jun thauma jiudai hajarau cheliharu mariraheka xan Nepal sarkharko aankha kan sab banda xan.

  • pratik gurung लेख्नुहुन्छ    |   2070 असोज 6 गते 8:13

    yassto kam garne dalallai ta mrityudanda nai dinuparchha. Deska netaju harule pani mahila didi bahiniharuko pir marka lai bujhnu parchha. k garda uniharulai desma nai rojgar dina sakinchha. desma chhito santi bahal hos ra sambhidhan banos ra yata prakitika kam rokna sakos.

  • Iishor लेख्नुहुन्छ    |   2070 असोज 6 गते 10:41

    Aaphu ta India gayeko chaina Tara Indian shathiharu dherai cha Tara yesto kura uniharu bata sunneko pani chaina Tara hamra Nepali bandhuharu bata suneko chu indiako kolkattama pani tannai cha are delhima ta sab bhanda bhadhi cha are ke garne des garib bhayekole nai yesto bhayeko ho kaam chaina kasari haath mukh jorne yo sabai hamro desko sarkarlai responsibility jancha uff hamro des kahilye bikash hune hola dhukha laagcha .

  • NABIN G.C. लेख्नुहुन्छ    |   2070 असोज 6 गते 11:17

    DHERAI MARMIK RA SANDARVIK BISAYBASTU HO YO…YO BISAYAMA HAMRO DESH KO SARKAR LE NAI BISHES KADAM CALNUPARCHA…RA ARU SAMAJIK SANTHA LE HATEMALO GARNUPARCHA..

  • horizon लेख्नुहुन्छ    |   2070 असोज 6 गते 11:25

    natra bhaye asto maiti nepal ra aaru helping hands haru pane project lunch garne ani beshari bedeshi dollor pachau nu bahak ke pane hudaina so janta nai aafai aware hunu parcha tesalai sabai ma education ko khacho cha Nepali Janta aba aatakai basnu hudaina
    -Jay Desh Jay Janta

  • pramod jung basnet लेख्नुहुन्छ    |   2070 असोज 6 गते 11:27

    सुन्दा पनि कहालीलाग्दो समाचार । तपाइलाई धेरै धेरै धन्यवाद राजेन्द्रजी । कमसेकम यो समाचार पढेर भएपनि यथार्थ थाहा पाइयो । अब हेरौ‌ के हुन्छ ? माइती नेपालले केही गर्छ कि त ? राजनितिक दल वा भनौ लुटेरा समुहको त कुनै आश नै गर्नु बेकार हो ‍‍‍‌‌‌‌‌‌। हे भनेपाली बेचिएर की चेली हो धैर्य गर एक दिन त कसो घाम नलाग्ला र ?

  • sab लेख्नुहुन्छ    |   2070 असोज 6 गते 11:42

    साले नेताहरु के हेरेर बसेका छन् त? सिमा मिच्ने,चेलि बिक्रि,नेपालिलाई हेपाई,नेपालमा धोतिलाई सम्मान र माढे संगको साठ-गाठ त यि नेता भनाउदालाइ मन पर्छ । हे हाम्रा नेपालिहरु नेताहरुलाई के यि सबै थाहा छैन होला ? यि चोरहरु लुकि छिपि त्यसकै शरणमा गएर कुरा र मदत्त माग्न जान्छन ,यस्ता मन्त्राल्य र नेताले के गर्लान ? भगवानमाथि छोडी दिऔ र हामि आफै सजग होऔ ।।।।।

  • manoj लेख्नुहुन्छ    |   2070 असोज 6 गते 15:08

    Aru lai gaali garnu bhanda pani afnai cheli lai sambhaler rakhnu par6 sathi ho .. ki kaso.?

  • dinesh लेख्नुहुन्छ    |   2070 असोज 6 गते 15:11

    jabasamma nepal ko kuna kuna ma education pugdaina tabasamma manxea haru unlitrature hunxan ra sajilai arkako kurama fasxan ra arko kuro testa dalal haru ma sabaivanda badi kt haru nai hunxan kina yesto ?yeuta ladies vayera arko ladies ko dukh kina bujdaina yini haru??

  • gorkhali. लेख्नुहुन्छ    |   2070 असोज 6 गते 15:31

    touch my heart.

  • ratna lama लेख्नुहुन्छ    |   2070 असोज 6 गते 16:14

    thula thula mn6an6e nai dalal 6an ani k kanun banaunu kahilekahi dhapakad gar6an tyo ta hatiko dekhaune dant matrai ho khoi ti dalalharulai thulo karbahi garya.

  • Bishwaraj लेख्नुहुन्छ    |   2070 असोज 6 गते 18:28

    यी सबै गरीबी/ बेरोजगारी / भोको पेट भर्न / नाङ्गो ज्यान ढाक्नको लागी / रहरले हैन- यी काट्टो खाने जातले देश र जनताको यो हालत बनाएका कारण यो भएका हो-

  • Milan aryal लेख्नुहुन्छ    |   2070 असोज 6 गते 19:37

    I read this news after i am so sad

  • kumar karki लेख्नुहुन्छ    |   2070 असोज 6 गते 21:37

    hamilai samparka gareko bhaya upaya lagaune thiu ni 64 ma ta shyangja ko nepali nai 6 tesko sahu ra56/ 57 pani nepali ko ho 59 /68/70 ya ha sabai sanchalak nepali hun hami patta gardai chhau tara hamilai yasari nikalna sayog garana bhanera kasaile bhaneka chhainan

  • lama bijaya लेख्नुहुन्छ    |   2070 असोज 7 गते 11:53

    k garne yastai6 kasle kasko chaso garxar yo duniyama….

  • Aroon लेख्नुहुन्छ    |   2070 असोज 7 गते 13:03

    Hamro desh ma thula thula haru le milera hamro Nepal amaa lai ta bechna thalisake bichara hamro didi bahini haru lai kilo ko hisab ma beche pani herdine aankha ra sundine kaan kasko chha ra…….Lakhau cheli haru ko aanshu ko shrap lagos sala bhatuwa haru lai……

  • ABIN GURUNG लेख्नुहुन्छ    |   2070 असोज 8 गते 15:26

    KHAI TA HAMRO DESH KO POLICY MAKER HARU LAI E YESTO DARDANAK MANAVYA GHATANAKO UJAGHAR GARNA SAKYAKO ??????????????

  • santosh लेख्नुहुन्छ    |   2070 असोज 8 गते 15:26

    tapain le pani ta kamse kam sabai ko udar garna nsake pani 1 ta lie udar garne kosis garnu vako hunthiyo ni….. dekheko kura lekhera matrai kasaile kasaiko udar gareko hun6 jasto malie lagdaina…sabai kura ko lagi rajya sanga matarai var parera pani hudaina…tapain haru tya 15-20 jane nepali daju vai janu vako rahe6 ta feri kina tya bata aafno dd baini jasta cheli harko lagi udar garna saknu vayena?k tapain sacha nepali hoina ra?k tapain ko ragat bir gorkhali ko hoina ra?

  • anjali लेख्नुहुन्छ    |   2070 असोज 8 गते 15:48

    विचरा नेपाली चेलीहरुको दर्दानक अवस्था ।आखिर कहिले सम्म यस्तो सहने नेपाली चेलीहरुले ।नेपालमा जन्मेर गर्भ गर्नुको साटो दुख मान्न बाध्य बनाएका छन् नेपालको उच्च स्तरका व्यक्ति भनाउंदाहरुले ।उनीहरुलाई आफ्नो दुनो सोझ्याउंदानै फुर्सद छैन कसले बुझ्दिने यस्तो दर्दनाक अवस्था ।दुझ्दिनपर्नेहरु अवसर पाईयो भनेर आफ्नो पुक्ताहरुलाई सम्पति जोड्नमा नै व्यस्त छन् ।

  • Moti Ghimire लेख्नुहुन्छ    |   2070 असोज 8 गते 16:41

    Hamra sabai neta haruko xora xori lai tei narkama pathyapachi tiniharulai tha hunx

  • Ashutosh Mishra लेख्नुहुन्छ    |   2070 असोज 10 गते 11:10

    Desh ko sima michda ta nepal ko sarkar maun cha aba cheli lada ta balai matlab>>>>