आमिर भन्छन्, ‘चेन्नई एक्सप्रेसको रेकर्ड ब्रेक गर्नु छैन’

2070 असोज 4 गते 11:18 मा प्रकाशित

बलिउडमा नायक आमिर खानका सिनेमाले सफलताको नयाँ रेकर्ड बनाउछन् । उनले नै अभिनय गरेको सिनेमाले पहिलो पटक १ सय र २ सय करोडको व्यापार गरेका थिए । तर आमिरको चलचित्र ‘थ्री इडियट्स’ले बनाएको २०२ करोडको रेकर्डलाई साहरुख खान अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले तोडेको छ । यो चलचित्रले आफ्नो लाइफटाइम व्यापार २२७ करोड पुर्‍याएको छ ।aamir-khanयसैले यतिबेला बलिउडमा यो रेकर्डलाई कसले तोड्छ या तोड्न सक्छन् सक्दैनन् भन्ने अड्कल सुरु भैसकेको छ । यो भिडमा आमिर खान अभिनित चलचित्र ‘धुम ३’ अग्रपंक्तीमा छ ।

तर बलिउड नायक आमिर खानले भने चेन्नइको रेकर्ड तोड्ने कुनै सोच नभएको बताएका छन् । उनले भनेका छन्, ‘बक्स अफिसको रकेर्डमा मलाई कुनै ईच्छा छैन, म चाहन्छु मेरो चलचित्रले दर्शकलाई खुशी बनाओस् र उनीहरु सन्तुष्ट होउन ।’

‘म दर्शकको माया पाउन चाहन्छु र सधै यही कुरामा म तिर्खाएको हुन्छु, यसैले पनि हरेक सिनेमामा म नयाँ प्रयोग गर्न चाहन्छु र उनीहरुलाई सरप्राइज दिन चाहन्छु’, आमिरले भनेका छन् ।

“आमिर भन्छन्, ‘चेन्नई एक्सप्रेसको रेकर्ड ब्रेक गर्नु छैन’” मा प्राप्त 3 प्रतिकृयाहरू
  • bikram लेख्नुहुन्छ    |   2070 असोज 6 गते 9:31

    j bhane ni top aaunu nai thulo kura ho congrat. sharukh khan

  • sabin shrestha लेख्नुहुन्छ    |   2070 असोज 6 गते 9:43

    saknu paryo ne

  • som thapa लेख्नुहुन्छ    |   2070 असोज 7 गते 7:41

    250 cross garne6 dhoom 3 le