४ असोज, काठमाडौं । वैदेशिक रोजगार ठगीमा अदालतबाट सजाय फैसला भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे फलाटे ७ का २८ वर्षीय पेमा लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
लामालाई वैदेशिक रोजगार न्यायाधिकरणले २०६८ असोज २ गते ६ लाख ७५ हजार रुपैयाँ असुल गरी डेढ वर्ष कैद गर्ने फैसला गरेको थियो । हाल जिल्ला काठमाण्डौ ७, बौद्ध, नयाँवस्ती बस्ने लामालाई अनुसन्धान ब्यूरोको टोलीले आज शुक्रबार जोरपाटीबाट पक्राउ गरेको हो । निजलाई काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।
लामाले आकर्षक रोजगारका लागि हङ्गकङ्ग पठाईदिने प्रलोभन देखाई तिर्थ घिसिङ्गबाट तीन लाख ५० हजार लिएका थिए । उनले वैदेशिक रोजगार व्यवसाय संचालनका लागि आवश्यक इजाजत-पत्रबिना नै निज तिर्थ घिसिङ्गलाई भारतसम्म पुर्याई अलपत्र पारेका थिए ।
वैदेसिक रोजगार न्यायाधिकरणले लामाबाट पीडितले बुझाएको तीन लाख ५० हजार र हर्जाना एक लाख ७५ हजार पीडितलाई भराईदिनुपर्ने फैसला गरेको थियो । त्यस्तै, जरिवाना एक लाख ५० हजार गरी जम्मा ६ लाख ७५ हजार असुल्ने फैसलामा उल्लेख छ ।
चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...