OnlineKhabar.com

किन चाहियो महिला कर्मचारीलाई ४० वर्ष ?

2070 असोज 4 गते 19:17 मा प्रकाशित

ramesh ghimireरमेश घिमिरे

हाल महिलाका लागि निजामती सेवा प्रवेशमा कायम रहेको ४० वर्षको उमेर हद त्रुटीपूर्ण रहेको छ । विगतमा महिलालाई सहुलियत दिन पुरुषको तुलनामा ५ वर्ष थप समय दिइएको थियो । आरक्षणबाटै महिला सहभागिता सुनिश्चित भइसकेपछि थप सहुलियत दिनु उचित देखिँदैन ।

पुरुष कर्मचारीको उम्मेद्वारको उमेर हद पनि २८ वर्षमा सीमित गर्नु उचित हुन्छ । विगतमा शिक्षण संस्था र शिक्षामा पहुँच अभाव हुँदा औसत व्यक्तिले ढिलो शैक्षिक योग्यता हासिल गर्न सक्थे । त्यतिखेर कायम गरेको ३५ वर्षको उमेर हद अहिले पूर्णतः असान्दर्भिक भइसकेको छ । अहिले हरेक गाउँमा १२ कक्षाको शिक्षा उपलब्ध भएको हुनाले विद्यार्थीले २२ वर्षभित्र स्नातक गरिसक्छ । उमेरको हद २८ वर्ष राख्दा पनि एक व्यक्तिले ७ पटकसम्म अधिकृतको परीक्षा दिन सक्छ ।

अहिलेको कानुनी व्यवस्थाले पुरुषले १४ र महिलाले १९ वर्ष अधिकृतको परीक्षा दिन पाउँछ । यस्तो परीक्षाबाट अयोग्य व्यक्ति छनोट हुने सम्भावना रहन्छ । धेरै पटक एउटै तहको परीक्षा दिएपछि केही नबुझेको मानिस पनि कण्ठस्थ पारेको आधारमा परीक्षामा उत्कृष्ट ठहर्न सक्छ । त्यसैले यदि २८ वर्षपछि ३५ वर्षभित्र परीक्षा दिने भए कूल परीक्षाको संख्या तीनभन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्छ ।

अर्कोतर्फ, ३५/४० वर्षसम्म निर्बाध परीक्षा दिन पाउने व्यवस्थाले हजारौं नेपालीको सिर्जनशील उमेर अनुत्पादक भएर बितेको छ । यदि निश्चित प्रयासमा असफल भएपछि परीक्षा दिन नपाउने व्यवस्था गर्ने हो भने उसले अरु क्षेत्रमा आफ्नो वृत्ति विकास गर्न सक्छ । आखिर सबैले निजामतीमा प्रवेश पाउन सम्भव हुँदैन ।

सक्षम निजामती सेवा निर्माणका आधार

नेपाल राष्ट्र नागरिक सरकारले शासन गर्ने पूर्ण प्रजातान्त्रिक मुलुक भएको हुनाले यहाँको सार्वजनिक प्रशासनमा निजामती सेवा महत्वपूर्ण छ । जंगी कर्मचारीहरु सामान्यतयाः निजामती कर्मचारीको मातहतमा परिचालन हुन्छन् अर्थात नीतिगत र व्यावहारिक निर्णय लिने अधिकार निजामती प्रशासनमा रहेको छ ।

यसैगरी शिक्षकहरु निजामती प्रशासनबाटै त्यसको अनुगमन र नियन्त्रण हुने गर्छ । यसर्थ निजामती प्रशासनलाई बलियो पार्नु नै समग्र सार्वजनिक प्रशासनलाई बलियो बनाउनु हो ।

विडम्बना, सार्वजनिक प्रशासनको नेतृत्व गर्ने निजामती सेवामा थुप्रै समस्या रहेको पाइन्छ । जनतालाई छिटोछरितो र प्रभावकारी सेवा दिन नसक्ने, विदेशी मुलुक र संस्थासँग छलफल र वार्तामा बलिया तर्क राख्न नसक्ने, निश्चित परिस्थितिमा उचित निर्णय लिन नसक्नेजस्ता समस्या निजामतीमा देखिएका छन् । यी समस्या केही हदसम्म निजामती सेवा ऐनको संशोधनमार्फत न्यूनीकरण गर्न सकिने देखिन्छ ।

सम्बन्धित समुदायको दबाबपछि ४८ प्रतिशत निजामती कर्मचारी आरक्षणबाट पूर्ति गरिने व्यवस्था गरिएको छ । आरक्षणबाट प्रशासन कमजोर हुने भन्दै विरोध भइरहेको छ र यो व्यवस्थाले दक्ष जनशक्तिमा सरकारी सेवाप्रति वितृष्णा जगाई विदेश पलायन भएको, गैरसरकारी संस्था र निजी कम्पनीहरुमा आवद्ध भएको देखिन्छ ।

राज्यका हरेक अंग समावेशी गराउने सन्दर्भमा कर्मचारीतन्त्रमा पनि आरक्षण गर्नुपर्ने अवस्था आएको हो । आरक्षणबाट समावेशी विकासमा कुनै लाभ पुग्दैन, पद पाउनेको व्यक्तिगत विकासमा मात्र लाभ पुग्छ भन्ने तर्क गर्ने विज्ञ पनि प्रशस्तै छैन । यसका फाइदा र बेफाइदाबारे विश्वभरि नै विवाद कायम छ तथापि मुलुकको विशिष्ट राजनीतिक सामाजिक अवस्थालाई सन्तुलित तुल्याउन समावेशीकरण अनिवार्य हुन्छ ।

अब आरक्षणले प्रतिकूल असर गर्ने क्षेत्रमा कसरी असर कम गर्न सकिन्छ भन्नेबारे चिन्तन गर्नु उपयुक्त हुन्छ । आरक्षणले पछाडि परेको समुदाय, वर्ग वा क्षेत्रलाई अगाडि बढाउन सहयोग पुग्दैन र समग्रमा प्रशासन कमजोर भई आम जनताले तिरेको करको सदुपयोग हुन सक्दैन भन्ने तर्क गर्ने गरिएको छ । यसलाई सम्बोधन गर्न जसको नाममा आरक्षण पाएको हो, त्यसको सेवा अनिवार्य गर्नुपर्ने व्यवस्था गर्न सकिन्छ ।

दुर्गम क्षेत्रको नाममा आरक्षण पाउने कर्मचारीलाई काठमाण्डौको कार्यालयमा राख्ने हो भने त्यो आरक्षणको उद्देश्य पूरा हुँदैन । कम्तीमा ५ वर्ष त्यस्ता कर्मचारीले दुर्गममै सेवा गर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।

यसैगरी, दलित र जनजाति आरक्षणबाट जागिर पाउनेहरुलाई पनि कम्तीमा ५ वर्ष सोही समुदायको सीमान्तकृत जातिको बाहुल्यता रहेको क्षेत्र नजिकको कार्यालयमा काम गर्नैपर्ने व्यवस्था गर्नुपर्दछ ।

मेरिट सूचीमा अग्रस्थानमा छनोट भएर आउनेलाई दुर्गममा काम गर्नैपर्ने व्यवस्था गर्नु न्यायपूर्ण हुँदैन । प्रतिस्पर्धामा उत्कृष्ट हुने व्यक्तिको बौद्धिक क्षमता स्वतः उच्च हुने भएकाले उनीहरुले स्वयम् लिने निर्णय बढी औचित्यपूर्ण हुन्छ । साथै, कर्मचारी जति बढी दक्ष छ, उसलाई उति विकसित समाजमा सेवा गर्ने अवसर दिँदा उसको बौद्धिक क्षमताको उचित सदुपयोग हुन सक्छ र उसले आफूलाई निरन्तर अद्यावधिक गरेर क्षमता अभिवृद्धि गरी कार्य सम्पादनमा प्रभावकारिता ल्याउन सक्छ ।

मानौं, काठमाण्डौंका व्यापारीले राजस्व छली गरेको पत्ता लगाउन राजस्व कर्मचारीको जति दक्षता हुनुपर्छ, त्यति दक्षता कुनै दुर्गमको व्यापारीले कर छली गरेको पत्ता लगाउन आवश्यक पर्दैन । यसर्थ आफूले सेवा दिने, नियमन गर्ने वा नियन्त्रण गर्ने समाज वा क्षेत्रको अवस्था र कर्मचारीको दक्षताको अवस्थाको तालमेल मिल्नु उचित हुन्छ ।

विदेशीसँग तर्कपूर्ण वार्ता गरेर आफूले लाभ लिने निजामती समूहमा आरक्षणको व्यवस्था गर्नु हुँदैन । निजामती सेवामा रहेको परराष्ट्र समूहका कर्मचारीको छनोटमा आरक्षण हटाउनुपर्छ । त्यसो गर्न नसके सरकारको प्रतिनिधित्व गरी लेनदेनको अन्तर्राष्ट्रिय वार्तामा सहभागी हुने कर्मचारीको न्यूनतम मापदण्ड तय गर्नुपर्छ । दक्षता परीक्षण गर्ने विशेष परीक्षा उत्तीर्ण गरेका कर्मचारीले मात्र त्यस्तो वार्ता टोलीको नेतृत्व गर्न पाउने व्यवस्था गर्नु आवश्यक देखिन्छ ।

यसैगरी, निजामती सेवामा वाणिज्य समूह आवश्यक देखिएको छ । राज्यले उदारीकरणको नीतिअनुसार आर्थिक विकासमा निजी क्षेत्रको भूमिका बढाउने उदेश्य लिएको छ । तर, निजामती सेवामा वाणिज्य समूह नहुँदा सरकारको उक्त उदेश्य कार्यान्वयन गराउन दक्ष र विषयगत ज्ञान भएका कर्मचारीको अभाव छ । उद्योग, वाणिज्य मन्त्रालयअन्तर्गत र हरेक राजदूतावासमा वाणिज्य समूहका कर्मचारी रहने व्यवस्था गर्नुपर्छ ।

एउटै व्यक्तिलाई आरक्षणको सुविधामाथि सुविधा खप्टिने व्यवस्था हटाउनुपर्छ । एउटा तहमा आरक्षणबाट प्रवेश पाएको कर्मचारीलाई पुनः आरक्षण दिएर माथिल्लो पदको अवसर दिनु भनेको कर्मचारीलाई क्षमता विकासमा दुरुत्साहन गर्नु हो । आरक्षणबाट प्रवेश गरेको कर्मचारी फाइल बढुवाबाट माथिल्लो पदमा पुगे पनि उसलाई आरक्षणकै सूचीमा राखिनुपर्छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“किन चाहियो महिला कर्मचारीलाई ४० वर्ष ?” मा प्राप्त 34 प्रतिकृयाहरू
  • sizan shrestha लेख्नुहुन्छ    |   2070 असोज 4 गते 23:19

    hawa kura garchhas saale… age limit bhaneko raakhnai hudaina… jati umera bhaye ni kaam raamro garne bhai haalyo ni… jpt mulaaa

    Devendra Reply:

    (y)
    Yo lekhak le mauka na payeko le..

  • harikrishna लेख्नुहुन्छ    |   2070 असोज 5 गते 7:06

    kunai tuk ra research navhayako atmagat kura.

  • bhishma लेख्नुहुन्छ    |   2070 असोज 5 गते 10:39

    ramro lagyo, nijamati sewalai utkrista ra competitive banauna ullikhit provisionlai mulukle ablamban garna sakema public service delivery tranceprent, compitative , serviceoriented banauna sakinxa.

  • रुख मा मतदान,जय नेपाल लेख्नुहुन्छ    |   2070 असोज 5 गते 10:40

    je sukai gara hai dikka lagisakyo

    राम Reply:

    भए जतिका नेपालका रुख काटेर भारत छिराई सकिस् अनि के को रुखमा मतदान ? ठूटा वा मुढामा मतदान गरे मात्रै हो

  • Bikram लेख्नुहुन्छ    |   2070 असोज 5 गते 15:24

    सम्बन्धित समुदायको दबाबपछि ४८ प्रतिशत निजामती कर्मचारी आरक्षणबाट पूर्ति गरिने व्यवस्था गरिएको छ ?????????
    अलिकति जानकारी बटुलेर लेख लेखौँ न हो मिभ । कहाँ छ ४८ प्रतिशत ? ४५ प्रतिशत हो । तपाइँले भनेको कुरा पारित नभएको विषय तपाइँलाई थाहा छैन ?

  • balram लेख्नुहुन्छ    |   2070 असोज 5 गते 17:43

    लेखकले कर्मचारीको मापदण्ड त तोक्नु भो तर अहिले संबिधान बनाउनको लागी उमेरदारको मापदण्ड चाहिदैन राजनैतिक पार्टी ले कम्ति मा आ ई ए पास सम्म गरेको र ६५ वर्ष नकाटेको लाई टिकेट दिए उनीहरु ले चुनाब जितेर आए कर्मचारी तन्त्र आफै ठिक हुन्छ राजनीति भनेको देशको टाउको र मुटु हो भने कर्मचारी केवल नसा मात्र अनि जनता रगत हो तर ओरालो लागेको मिर्ग लाई बाच्छो ले पनि लखेट छ भने को ठिकै रहेछ एक थरि कर्मचरी भ्रस्ट भएर अक्तियार लाग्यो नया आउनेहरुलाई तपाईहरु जस्तो कोठेशिक्षित जमातले शिक्षा दिएर थाक्नु भएको छैन कामदार लाई कामगर्ने बाताबरण साहुले बनाइदिए अदक्ष कामदार पनि दक्ष बन्न सक्छ सिप जन्मदै कसैले ल्याउदै न बिस्तारै बनाउदै जाने हो कुनशिप कहाँ फिट हुन्छ त्यति मात्र छुट्टाए हुन्छ

  • rajendra लेख्नुहुन्छ    |   2070 असोज 5 गते 17:58

    age bar nai hatawunu pr6 always open hunu ramro

  • Dinesh lama लेख्नुहुन्छ    |   2070 असोज 5 गते 18:21

    In which era are you living dear Ramesh G ? There should be no age limit at all. We can understand that age limit is necessary in military services because they are required to do physical training and other physical activities. For the civilian service, as long as person doesn’t have serious mental medical problems, it should be good to go. The world has changed a lot. People in west [usa, uk, austrailiya etc] are working till 65 to 70 years of age these days. It is very common these days people of 50 years looking for new job in west. So, your understanding will literally kill them. We have to be wise on this age matter. If somebody passes the test after trying 20 times, he is not a stupid person. He is in fact a genious person who just didn’t have right situation to prepare in first 19 times. He infact has great faith on him. I don’t want to offend you but just because you don’t have good job, you should not let your hungry stomach to override your common sense. Sorry !

    sangita Reply:

    There should be no age limit at all.age limit is necessary in military services because they are required to do physical training and other. It s not bad thing –

    arjun Reply:

    japanma retirementko age hundaina, thaha hola ni, tagat, buddhi, bibek, capacity hunda samma jagir garna paunu parne ho, nepalko pahilo governer himalaya shumshele 2 barsha agadi samma himalaya bank ko ceo bhai jair khandaithe ta!

  • Gyan Bahadur Gurung लेख्नुहुन्छ    |   2070 असोज 5 गते 19:50

    I’m not agree in this reprot because it is very viseness to law.

  • राम लेख्नुहुन्छ    |   2070 असोज 5 गते 20:08

    यस्तै मान्छेका सोचाइ र विचारका कारण आज नेपालको निजामती सेवा कथित उच्च जातिका मानिसको रजाइ गर्ने थलो भएको छ । ४० होइन मित्रलाइ पनि थाहा रहनेछ । उपसचिव र सहसचिव वा सरहको खुल्ला परिक्षा दिने उमेर ४५ वर्ष हो भनेर विद्धान लेखक महोदय ।। अनि अर्को कुरा यी विद्धान लेखकले के भन्न खोजेको नेपाली सेना निजामती कर्मचारीले परिचालन गर्ने कि मुलुकको संविधान अनुसार परिचालन गरिने हो लोकसेवा दिदा धेरै घोकेछन् । अर्को कुरा पिछडिएको क्षेत्रको कोटामा पास हुनेलाइ ५ वर्ष कहाँ राख्ने रे मित्र ?? त्यो हो भने ता मित्र पिछडीएको क्षेत्रको परीक्षा राप्ती र जुम्लाबाट मात्र हुनु पर्यो नि संभव छ मित्र यस्तो हावा कुरा ?? धनकुटा बाट नायब सुब्बा वा खरिदार पास भएको उम्मेदवारलाइ कुन पिछडिएको जिल्लामा पठाउछौ मित्र

  • kishor chahar लेख्नुहुन्छ    |   2070 असोज 6 गते 8:12

    not bad

  • govinda लेख्नुहुन्छ    |   2070 असोज 6 गते 8:48

    अर्कोतर्फ, ३५/४० वर्षसम्म निर्बाध परीक्षा दिन पाउने व्यवस्थाले हजारौं नेपालीको सिर्जनशील उमेर अनुत्पादक भएर बितेको छ । यदि निश्चित प्रयासमा असफल भएपछि परीक्षा दिन नपाउने व्यवस्था गर्ने हो भने उसले अरु क्षेत्रमा आफ्नो वृत्ति विकास गर्न सक्छ । आखिर सबैले निजामतीमा प्रवेश पाउन सम्भव हुँदैन –

  • madhab लेख्नुहुन्छ    |   2070 असोज 6 गते 10:48

    महिलालाइ पुरुष भन्दा 5 वर्ष बढी दिनु न्यायोचित लाग्छ किनकी महिलाले कम्तीमा पनि 2 सन्तानलाइ जन्म दिइ हुर्काउँदाको समय त्यसै खेल गएको हुन्छ । त्यसैले 5 वर्ष क्षत्तिपूर्ति स्वरुप थप हुनु मुनाशिव नै हो । कि कसो मित्र ।

  • रिसाहा पाण्डे लेख्नुहुन्छ    |   2070 असोज 6 गते 11:59

    जसले जे भने पनी यो आरक्षण टिके प्रथा चाँहि हटाउने पर्छ है ,
    आरक्षण दिनु भन्दा त्यस लक्षित क्षेत्रमा शिक्षा मा लगानी गर्न प्रोत्साहन गरी सबै समुदाए क्यापेबल बनाए भै हाल्यो नी |
    २४ घ १ को बढुवा जस्तै हो यो आरक्षण प्रथा पनी | यस प्रथाले कर्मचारी बिच द्वन्द न निम्ताउँदैछ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ |

    risaha lai laat Reply:

    mula tike hunchh. ahile ko herna kati khula ma aaune le laat khaye. aarakshan ka pani agadi chhan. 24 gha 1 bata aaune saga tulana garnu ghoda ko naak ho.

  • prakash लेख्नुहुन्छ    |   2070 असोज 6 गते 12:50

    malai tapai ko kura chitta bujhyo. Tara hune bala kehi hoina …

  • Gayatri panthi लेख्नुहुन्छ    |   2070 असोज 6 गते 15:53

    Dislike

  • Ajaya लेख्नुहुन्छ    |   2070 असोज 6 गते 19:22

    A baseless article.Do some research, before you start writing.

  • Gopikrishna लेख्नुहुन्छ    |   2070 असोज 7 गते 14:57

    अब २२ वर्षमा स्नातक पास हुनलाई त नेपालमा टाईममा एक्जाम हुनपरो । टाईममा रीजल्ट आउन परो नि महोदय । २ वर्ष को +२ ३ वर्ष अनि ३ वर्षको स्नातक लगभग ५ वर्ष अनि कहाँबाट हुन्छ ???

  • kamal thapa लेख्नुहुन्छ    |   2070 असोज 7 गते 15:28

    yo chor pani dalal nai hunupar6

  • सुभाष कार्की लेख्नुहुन्छ    |   2070 असोज 7 गते 16:44

    bahunbaad bata prerit chha yo lekh……. aaraxan bata chhaniyeka karmachari chai ayogya hunchhan bhanne ghatiya manasikta rachha sathiko.

    gopal Reply:

    araksyan bata ayeka karmachari 90% ayogya hunchan mitra…yo 100% sure ho.

  • Ganesh Bhattarai लेख्नुहुन्छ    |   2070 असोज 7 गते 17:29

    hawa kura garera hudaina sir bichar puryaera kura garnu par6 kunai tuk nabhaeko lekh lekhera age limit ka kura garne tyasai ta sakti le sarapeko desh ma yasta bakrambhuse lekh lekhera nepali yuwalai bhramit garekoma ma thulo pratowad garda6u

  • Bhakta Bahadur Rai लेख्नुहुन्छ    |   2070 असोज 8 गते 7:25

    I fond it wonderful. I am totally shocked with this article? What do you think Mr. Ramesh? If the person with the age of 50 or over is allowed to be the candidate of PSC than Golchha Group, Chaudhary Group and such else will attend the exam? Are all the people in Nepal are interested in governmental job rather than any else? Haven’t you got any one resigning from their governmental job? I think in your point of view, perhaps governmental job is the most power holding sector in our country more than the authority of Barak Obama.
    Another fact your view upon inclusiveness is also very humorous dear friend. what do you want to say! The Kathmandu and other facial and municipal places is only for the personals who are conservative as you are? The person who is selected from remote area has no right to stay at city place? The person who has selected as an indigenous has no right to know about brahmins and other communities?
    What do you think Ramesh Ji? How can a garden be beautiful? If only some flower are beautiful and many are dying? how would be the garden and if all the flowers are blooming well and how would be the garden? Think onetime the whole country as a garden.
    It is your image of brahminism. All the brahmins and chhetries are are not as you friend who arise such senseless matter. I may be foolish to say you these words because you are from the culture where the food cooked by wife is not eaten by her husband and the children remain in lower class and parents in supreme class.
    Keep looking dear friend Ramesh the time will come in our county nation where the person with the the view like you will be totally unable for any post even to remain alive !!!!

  • Bhakta Bahadur Rai लेख्नुहुन्छ    |   2070 असोज 8 गते 7:32

    I found it wonderful. I am totally shocked with this article? What do you think Mr. Ramesh? If the person with the age of 50 or over is allowed to be the candidate of PSC than Golchha Group, Chaudhary Group and such else will attend the exam? Are all the people in Nepal are interested in governmental job rather than any else? Haven’t you got any one resigning from their governmental job? I think in your point of view, perhaps governmental job is the most power holding sector in our country more than the authority of Barak Obama.
    Another fact your view upon inclusiveness is also very humorous dear friend. what do you want to say! The Kathmandu and other facial and municipal places are only for the personals who are conservative as you are? The person who is selected from remote area has no right to stay at city place? The person who has selected as an indigenous has no right to know about brahmins and other communities?
    What do you think Ramesh Ji? How can a garden be beautiful? If only some flower are beautiful and many are dying? How would be the garden if all the flowers are blooming well? Think onetime the whole country as a garden.
    It is your image of brahminism. All the brahmins and chhetries are are not as you friend who arise such senseless matter. I may be foolish to say you these words because you are from the culture where the food cooked by wife is not eaten by her husband and the children remain in lower class and parents in supreme class.
    Keep looking dear friend Ramesh the time will come in our county nation where the person with the view like you will be totally unable for any post even to remain alive !!!!

  • Khim लेख्नुहुन्छ    |   2070 असोज 8 गते 10:19

    k vaneko ho Rames
    Kasai le dhilo padcha- kasai le chado
    Age bar kina rakhne??
    Mero bichar ma ta age limit sabai lai same rakhne
    Sabai khalka quota system hataune
    Fully competative banaune
    Garnu parchha

    But rames timile aafu lai ra aafno level lai
    center ma rakhera kura gareu tesaile
    Timro soch ghatiya lagyo malai

    Nepal ma kati sathi haru kam gardai padnu parne chhan
    Kati chain kam garear paisa jogad gare pachhi matra varna hune
    Haiseyet ka chhan, testa sathiharu le 30 barsha ma bachelor pass garna
    Pani garro huna sakchha.

    Mukh chha bhanera paccha nabol
    Mukh bhari ko buzo lai dimla lamo.

    रविन्द्र गौतम Reply:

    आरक्षित वर्गबाट सेवा प्रवेश गर्नेलाइ सिधै टिका लगाएर मनोनित गरेको जस्तो ठानी लेखेको लेखमा कुनै तुक छैन । समावेशीताले समाजको समाजिक वनौट अनुसार सार्वजनिक सेवामा समाजको प्रतिविम्बित गरेको छ । व्यक्तिको मात्र नभइ समूदायकै शिर उच्च वनाउन महत्वपूर्ण भुमिका खेलेको सकारात्मक विभेद माथिको अन्ध असहमतिले लेखक बौद्धिक क्षमता मै प्रश्न उठाएको भान भो ।

  • Bishnu Wagle लेख्नुहुन्छ    |   2070 असोज 8 गते 10:29

    I am not agreed with him at all. What a nonsense matter he has raised. All people are not same in economic standard in Nepal.They are feeling suppression from all side so that they are not achieving worthy progress though rich and middle class have access.
    Dude, you are against human welfare and kindness. Shut up your mouth in this manner. You can not give well service. Your matter has been full of selfishness and harshness. You should be in government post. Male and female should be equal so that they should apply for the government post at least 4o years for both.

  • Amir Maharjan लेख्नुहुन्छ    |   2070 असोज 8 गते 11:31

    २२ वर्षमा स्नातक पास गर्नेलाइ त २८ वर्ष हदम्याद सम्म कुर्नु नै पर्दैन । । जो अलि कमजोर छन् उनीहरू कसैले नि सरकारी जागिर खाएर आफ्नै देशमा जागिर सेवा गरून भन्ने चाहनु हुन्न जस्तो छ ।। के सबै विदेश पलायन होस् भन्ने चाहनु हुन्छ ।।

    PUNKY Reply:

    KAM 6AN KAYA HO JPT