५ असोज, काठमाडौं । २०६९ सालको मदन पुरस्कार राजन मुकारुङको उपन्यास ‘दमिनी भीर’लाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शनिबार सम्पन्न साधारण सभाले २०६९ सालको मदन पुरस्कार ‘दमिनी भीर’लाई प्रदान गर्ने निर्णय गरेको हो ।
सिमान्तीकृत नेपाली जनजीवनको जीवन्त चित्रण गरी आख्यान साहित्यमा विशिष्ट योगदान पुर्याए वापत दमिनी भीर’ शीर्षकको उपन्याका लागि राजन मुकारुङलाई प्रदान गर्ने निर्णय गरियो’ गूठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दमिनी भीरमा मुकारुङले संक्रमणकालीन नेपाली समाजको बस्तुगत अवस्था, मनोबिज्ञान र व्यवहारलाई नौलो शैलीमा प्रस्तुत गर्नु भएको छ । पुरस्कारको घोषणापछि अनलाइनखबरसँग कुरा गर्दै मुकारुङले आफ्नो कृति पुरस्कृत भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले मदन पुरस्कार आफूले भन्दा पनि दमिनी भीरमा उठाएको मुद्दाले पाएको बताउनु भयो ।
यसअघि उहाँले ‘हेत्छाकुप्पा’ उपन्यास निकै चर्चित भएको थियो । ‘हेत्छाकुप्पा’मा जातीय मुक्ति र नश्ल चेतनाको मुद्दालाई सशक्त रुपमा प्रस्तुत गर्नु भएको थियो । यसअघि २०६८ सालको मदन पुरस्कार अमर न्यौपानेको सेतो धर्ती नामक ग्रन्थलाई प्रदान गरिएको थियो ।
जगदम्बा श्री गीतकार एवं कवि रत्नशम्शेर थापालाई प्रदान गर्ने निर्णय भएको छ । पाँच दशकदेखि नेपाली गीत र कविता लेखनमा निरन्तर नेपाली भाषाको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेवापत् थापालाई सम्मानित गर्न लागिएको गूठीले जनाएको छ । दुबै पुरस्कारको राशी २/२ लाख रुपैयाँ छ ।
दमिनी भीरले मदन पुरस्कार पायो । कस्तो लागिरा’छ ?
-एउटा लेखकले आफ्नो कृतिले पुरस्कार पाउँदाखेरि खुसी नलाग्ने कुरा त हुँदैन । तर के भने दमिनी भीरले जे जस्ता मुद्दाहरु उठान गर्यो । म आफूले व्यक्तिले पाएको भन्दा पनि त्यसले उठाएका मुद्दाहरुले पाएको रुपमा लिएको छु । त्यसले गर्दा हाम्रो नेपाली समाजमा विगतदेखि वर्तमानसम्म सोच्ने क्रम जे थियो त्यो चै भत्केजस्तो लागेको छ ।
सत्यमोहन जोशीलाई अपवाद राखौं पारिजातपछि जनजाति समुदायबाट मदन पुरस्कार पाउने तपाईं । के ब्रेक भएकै हो ?
-एउटा सत्य के भने जातका रुपले, समुदायका रुपले जहाँ जन्मे पनि नेपाली साहित्यकै श्रीबृद्धिका लागि लेखन गर्ने हो । तर मैलेचाहिँ विगत १५ वर्षदेखि जे लेखनको आग्रह निरन्तर रुपमा गरिरहेको छ, त्यो मेरो निरन्तरको आग्रहमा प्रतिबद्ध रहँदा यो मदन पुरस्कार प्राप्त गर्दा मलाई के लाग्छ भने केही परिवर्तन चै भएकै हो ।
दमिनी भीरमा तपाईंले संघीयताको मुद्दा उठाउनु भा छ । उपन्यासको अन्त्य संघीयता जिन्दावादमा गएर टुंगिएको छ । के संघीयतालाई समर्थन गरेको हो मदन पुरस्कार गुठीले ?
-त्यसो पनि नभनौं । सघीयतालाई समर्थन गर्नु नगर्नु गुठीको आफ्नो कुरा हो । संघीयताको मुद्दा पनि नेपाली जनताकै आवाज हो । त्यही आवाजलाई मुखरित गरिएको उपन्यास हो । त्यो जनताकै मुद्दा भएको हुनाले नेपाली जनताहरुकै आवाज भएको हुनाले त्यसलाई त्यही रुपमा लिनुपर्छ भन्ने मलाई लाग्छ ।
तपाईंले उपेन्द्र सुब्बाहरुसंग मिलेर जुन ‘सिर्जनशील अराजकता’को आन्दोलन चलाइरहनु भएको छ । त्यसलाई पनि समर्थन मिलेको ठान्नु हुन्छ ?
-हामीले चलाएको आन्दोलन वाहिरबाट ल्याएको अभियान होइन । त्यसमा पनि सीमान्तकृत समुदायबाट, तिनको आवाजबाट ल्याइएको आन्दोलन हो । त्यसकारणले त्यसलाई पनि स्वीकारिएको हो भन्न मिल्छ ।
बेला बेलामा चाकडी गर्नेहरुले पनि पुरस्कार पाएको आरोप लाग्ने गरेको छ । तपाईंले पनि लाइन मिलाउनु भा त थिएन होला ?
-मिलाउने कुरा रहेन । यो किताब म आफूले बुझाएको होइन, प्रकाशकले बुझाएको हो । मलाई पुरस्कारको त्यत्रो लोभ र महत्वाकांक्षा पनि हुँदैन । हाम्रो काम लेख्दै जाने हो । लेखेको कुरालाई कसैले सहज रुपमा दिन्छ भने त्यसलाई अस्वीकार गर्नु पनि हुँदैन ।
मदन समशेरको रक्सी बेचेको पैसाबाट जम्मा गरिएको पुरस्कार । त्यो पुरस्कार पाएपछि सत्यमोहन जोशी र शंकर लामिछाने बाहेक अरु सबैको लेखन ओरालो लागेको भन्ने छ । तपाईंको ओरालो लाग्दैन भन्ने के ग्यारेन्टी छ ?
-तपाईंहरुले यसरी धेरै पिछा गर्दिनु भो भने ओरालो लाग्न पनि सक्छ । निस्फिक्री छोड्दिनु भो भने चैं ओरालो नलाग्न सक्छ । उकालै लाग्न सक्छ तर मदन पुरस्कार पाको भनेर रातारात हौस्याउन थाल्नु भो भने चैं ओरालो लाग्छ ।
आफ्नो समुदायका बाहेक अरुलाई स्रष्टा नै नगन्ने मान्छे, अरुका कृतिको चर्चा नै नगर्ने मान्छे । अब त त्यस्तो हुँदैन होला नि ?
-चर्चा नगर्ने होइन हामी गर्छौं । तर, हामी विशेष गरेर कन्टेन्टमा केन्द्रित हुन्छौं । हाम्रो आन्दोलन र अभियान त्यो पनि हो । कन्टेन्ट विहीन राइटिङ गर्नेहरुलाई कमै उच्चारण गर्ने गर्या छौं ।
भिडियो
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पुरस्कृत सर्जक राजन मुकारुङज्यूलाई हार्दिक बधाइ……………
Congratulation
Janajati Lai Khusi Parne Ramro Kaida.
Shamser Reply:
September 21st, 2013 at 6:33 pm
Ramro kura lai ramro bhanna siknus adhikari ji. Tapaiko nam roshan haina nispatta adhikari hunparne.
Jaideep Koyu Reply:
September 26th, 2013 at 8:51 am
Adikari tero bolne thutuno vatkaunu parla jasto6
muna Reply:
September 26th, 2013 at 5:20 pm
bahun sati, madan puraskar guthi ko judging power yeti matrai ho r?
bahunbargalai gali matra garne gali puran jatiamukti ka namma puraskrit huna thalepachhi madan puraskarko garima ghatna thalyo.
janajati Reply:
September 22nd, 2013 at 3:02 am
ghimire ji lai sarai tauko dukhai vayexa madan puraskar ek janajati lekhakle afno kriti lekhan bapat payeko ma asari nai bahunbadi soch rakhnale sadiyau dekhi janajatika atma nirnayaka adhikarharu kunthit vako xa aba pailaka din gaye kubadri ji jay sanghiyata !
Sarai khusiko kura. hardik badhai xa rajan ji .
Congratulation .
congratulation rajan ji lai
दमिनी भीर का सर्जकलाइ बधाइ । सलाम।
तर जहासम्म सङ्हियताको कुरो छ , ७०% जनतालाइ सोध्नुस्, सर्जक राजनज्यु, तिनले सङ्हियता चाहन्नन् । होइन, ३०% ( अझ थोरै छन् भन्ठान्छु) ले चाहेकै कुरो यो देशको आवस्यकता हो भने हामि के भनौ।
देश भाडिन्छ । हामि झन् कङ्गाल् हुन्छौ । सेवारो ।
Dear Mukarung Sir ,congratulation……….!!!
CONGRATULATION !!!!
मोदनाथ पस्रित रात भरि नसुत्ने भो
बिबिसी नेपाली सेवा पछि आज ‘शब्द सरितामा २०६९ को मदन पुरस्कार जित्न सफल कृति राजन मुकारुंगको ‘दमीनी भिर’ का बारे चर्चा गर्नेछौं.
आदरनिय दाजु श्रवन मुकारुङ काङ्रेसमा छिरेर बजारमा तहल्का मच्चाईरहनु भएको छ ! उनै दाजुको सहोदर भाई; दाजु राजन मुकारुङ मदन पुरुस्कार दुवार पुरस्क्रीत हुने खबरले तहल्का मच्चाउन थाल्नु भो ! यो समय बास्तबमै मुकारुङ दाजुहरुको रहेछ !
सर्जक मुकारुङज्यूलाई हार्दिक बधाइ……………
antarbarta herda sanghiyeta pakshadhar le chahi puraskar napaune jasto gari patrakar mahodayele sodheko ramro lagena.
मैले पनि पढेको यो यथार्थवादी उपन्यास हो यो मदन पुरस्कार पाउनु पर्ने नै उपन्यास हो
Rajan Sir, Congratulations.
Bhadhai cha Daju ajhai pragattiko kamana
sahityam sabai hunchha ani paanipani ukaloma bagchha testai ho rajan sirko upanyas jahan halko nepalko awasthako sandarvikata chha… congratulations rajan sir….
Hearty congratulations to writer Rajan Mukarung, all the best for upcoming days.
Congratulations!
It is the honour which Rajan Mukarung deserved. I request all to see the artistic side of any arts rather criticising the artist.
Congratulations. Wesh you all the Best.