नागदहमा डेटिङ, बोटिङ र फिसिङ (फोटो फिचरसहित)

2070 असोज 6 गते 12:17 मा प्रकाशित

नविन अर्याल

६ असोज, काठमाडौं । डुङ्गा चढ्ने भन्ने वित्तिकै आम-मानिस पोखराको फेवाताल सम्झने गर्छन् । दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक डुङ्गा चढ्नकै लागि भनेर पोखरा पुग्ने गर्छन् । फेवाताल पुग्नेहरुमा सबैभन्दा ठूलो पंक्ती काठमाडौं उपत्यकावासीको हुने गरेको छ । तर, उपत्यकामै डुङ्गा सयर गर्न पाइन्छ भन्ने कुरा अधिकांशलाई थाहा छैन् ।

Nagadaha-Dhapakhel-15

ललितपुरको सात दोबाटोबाट करिव ४ किलोमिटर दक्षिणमा रहेको धापाखेलस्थित नागदहमा अहिले डुङ्गा चढेर मज्जा लिन सकिन्छ । धार्मिक रुपमा समेत प्रख्याती कमाएको नागदहमा ४ वटा प्लाष्टिकका प्याडल बोट र ६ वटा काठका बोटबाट बोटिङ गर्न सकिन्छ । ५० रोपनी ३ आनामा फैलिएको नागदह करिव २५ फिट गहिरो भएको नागदह संरक्षण समितिका अध्यक्ष सलाम मोक्तानले जानकारी दिनुभयो छ ।

डुङगा समितिले गाविससँग समन्वय गरेर संचालनमा ल्याएको हो । काठको बोट चढ्नलाई प्रतिव्यक्ती ५० रुपैयाँ र प्याडल बोट चढ्नलाई ७५ रुपैयाँ तिरे पुग्छ । समितिले डुङ्गा सञ्चालन गरेवापत वाषिर्क रुपमा गाविसलाई ३ लाख रुपैयाँ तिर्दै आएको छ । अहिले त्यहाँ बोटिङ गर्नका लागि सयौंको संख्यामा सर्वसाधारण पुग्ने गरेका छन् । प्रचार-प्रसारको अभावमा विदेशीहरु भने नागदह घुम्न नआउने गरेको स्थानियहरुले बताए ।

माछा मार्दै रमाउँदै

नागदह वरीपरी पर्खाल लगाएर सुन्दर बनाइएको छ । छेउछाउमा ४ वटा सुविधा सम्पन्न रेष्टुरेन्ट रहेका छन् । जुन रेष्टुरेन्टमा १ करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ । नागदहको अर्को अकर्षण फिसिङ हो । नागदह उपत्यकाको एउटा मात्र त्यस्तो पोखरी हो जहाँ घुम्न जाने पर्यटकहरुले माछा मार्दै रमाइलो गर्न सक्छन् । नागदहमा पुग्दा सयौं सर्वसाधारण बोल्छिले माछा मार्न लागेको देखिन्छ ।

Nagadaha-Dhapakhel-11

नागदह संरक्षण समितिले पोखरीमा माछा पालिरहेको छ । माछा मार्नका लागि सर्वसाधारणले समितिमा ५० रुपैयाँको टिकट काट्नुपर्ने छ, अनि आफुले मारेको माछा प्रतिकेजी २५० रुपैयाँका दरले खरिद गर्न सक्नेछन् । माछा मार्न आउने जोडा-जोडीको संख्या बढी देखिन्छ । वच्चाहरु पनि माछा मारेर रमाउँदै गरेको देख्न पाइन्छ ।

डेटिङ स्पट

शहरबाट नजिक भएपनि शहरको कुनै गुञ्जायस नहुने नागदह उपत्यकाका युवा-युवतीका लागि डेटिङ स्पट बनेको छ । तर, स्थानियहरुले कलेज-स्कुल ड्रेसमा भने युवा-युवतीहरुलाई आउन दिँदैनन् । साथै, डेटिङमा आउने युवा-युवतीले स्थानिय समाजमा पाच्य हुने कुरामात्र गर्न छुट छ ।

नागदह वरीपरि बालकदेखि वृद्धसम्म घुम्न आउन थालेका छन् । बोटिङ, फिसिङ र डेटिङका पारखीहरुका लागि नागदह उपर्यूक्त ठाउँ बन्दै जान थालेको छ । स्थानियहरु स्वदेशी मात्र नभई विदेशी पर्यटक पनि नागदहमा ल्याउन प्रयासरत रहेको बताएका छन् । पछिल्लो समयमा नागदहमा सभा सेमिनार गर्न आउनेहरुको संख्या पनि बढ्न थालेको व्यवसायीहरुले बताए ।

प्रचार-प्रसारको अभाव

उपत्यकाभित्रै पोखराको फेवातालमा जस्तै डुङ्गा चढ्न पाइने भएपनि प्रचार-प्रसारको अभावमा अधिकांश उपत्याकावासीलाई नागदहको बारेमा जानकारी छैन् । स्थानिय व्यवसायीहरुले आफुहरु प्रचार-प्रसार गर्न सक्ने हैसियतमा नभएको बताए । नागदहको अर्को रोचक पक्ष दहमा रहेका तीन कुनमध्ये जुन कुनमा गएपनि दुईवटा मात्र कुना देख्न सकिन्छ ।

Nagadaha-Dhapakhel-3

स्थानिय प्रहरी प्रसासनले नागदह घुम्न आउने युवा-युवतीहरुलाई नराम्रो व्यवहार गर्ने गरेको व्यवसायीहरुले गुनासो गरे । २१औं शताब्दीमा पनि प्रहरीले युवा-युवती सँगै हिँड्न रोक लगाउनु अत्यन्तै गलत भएको उनीहरुको भनाई छ । त्यसो त स्थानिय प्रशासनले नागदहमा रात कटाउन चाहाने परिवार, साथीहरुलाई उक्त सुविधा प्रदान गर्नबाट व्यवसायीहरुलाई रोक लगाएको रहेछ । नागदहमा रात काट्न सक्ने व्यवस्था मिलाउन सकेमा स्थानीय पर्यटकको घुईंचो लाग्ने व्यवसायीहरु बताउँछन् ।

नागदह मानव वस्तीको शुरुवातसँगै प्राकृतिक रुपमा बनेको दह हो । यो दहमा वासुकी नाग बस्ने धार्मीक ग्रन्थमा उल्लेख गरिएको छ । नागपञ्चमीको नागदहमा दिन तिर्थालुहरुको ठूलो भिड लाग्ने गर्छ ।

Nagadaha-Dhapakhel-9

Nagadaha-Dhapakhel

Nagadaha-Dhapakhel-2

Nagadaha-Dhapakhel-5

Nagadaha-Dhapakhel-16

Nagadaha-Dhapakhel-11

Nagadaha-Dhapakhel-13

Nagadaha-Dhapakhel-14

Nagadaha-Dhapakhel-77

“नागदहमा डेटिङ, बोटिङ र फिसिङ (फोटो फिचरसहित)” मा प्राप्त 19 प्रतिकृयाहरू
  • BHAVI LAL BASNET लेख्नुहुन्छ    |   2070 असोज 6 गते 13:23

    Ghumna janu parni vayo aaba teha ek palta !!!!

  • sanjib लेख्नुहुन्छ    |   2070 असोज 6 गते 13:25

    अरु कु्रा त राम्रो लागो तर पानि चहि फोहर छ।

  • Rajesh Gurung लेख्नुहुन्छ    |   2070 असोज 6 गते 13:48

    Patrakar ji, you do not have rights to take pictures of those two teenage lovers and publish them on the internet. This is against their privacy. What if their parents and relatives see the picture on the Internet? What if they are your children, brothers and sisters?

    Rajesh Gurung Reply:

    Ahile hataunu bhayechha.. Dherai dhanyabad…

  • prakash लेख्नुहुन्छ    |   2070 असोज 6 गते 14:09

    dheri ramro chha. ktm ko naya arko gantabbe.

  • Akash Koirala लेख्नुहुन्छ    |   2070 असोज 6 गते 15:03

    News/Information is OK but why to compare it with ‘Phewa-Pokhara’. Pokhara is a beautiful, clean & well-maintained city and the people travel to Pokhara not only for boating but to see a naturally beauty and well-maintained City.
    However, I loved the place Nagdaha and will be visiting it on coming Saturday..

  • Ashok लेख्नुहुन्छ    |   2070 असोज 6 गते 15:04

    yasari maxa chai marnnu napaine parne ho tar k garnnu badar ko hat ma naribal.

  • kalpana लेख्नुहुन्छ    |   2070 असोज 6 गते 16:10

    sabai kura ramro ho khusi lagyo…tara water chahi alik safa ra tal ko najikai alik clean bhaye hunthiyo ….

  • aavas लेख्नुहुन्छ    |   2070 असोज 6 गते 16:28

    restruant chai kasto xa geust house chai cha ki chaina vaye ta jhan mazza hnthyo …..lol

  • Dibases लेख्नुहुन्छ    |   2070 असोज 6 गते 16:39

    NAGADAHA ma macha marna dina thali sakeko ho ra bhanya ……I am shocked 1 hapta aghi ta khi thiyen ta ?

  • sukra rai लेख्नुहुन्छ    |   2070 असोज 6 गते 17:19

    Annapurna Himalayako ko kakhma raheko bishal phewa taal sita euta samanya pokhari ko tulana garnunai teti uchit chhaina jasto lagchha,

  • ra लेख्नुहुन्छ    |   2070 असोज 6 गते 18:41

    Chuttiko ko din parera yak choti jau jau lagyo. Tara lake oripari retaining wall ra footpath hunu paryo. Ani lake vitrako jhar pat safa garnu parne rahechha.

  • ramessh लेख्नुहुन्छ    |   2070 असोज 6 गते 18:43

    guest house chahi chahin6 yar. natra….

  • anjan maharjan लेख्नुहुन्छ    |   2070 असोज 7 गते 7:22

    Satdobatobata Dhapakhel south east hoki west ho?

  • puru लेख्नुहुन्छ    |   2070 असोज 7 गते 9:31

    1patak pugnai parni thau !

  • puru लेख्नुहुन्छ    |   2070 असोज 7 गते 9:33

    ramro thau

  • KINJAL लेख्नुहुन्छ    |   2070 असोज 7 गते 9:55

    TAAL FOHOR RAHE6

  • puru लेख्नुहुन्छ    |   2070 असोज 7 गते 17:36

    asti 1 gate bata suru vo macha marna !!

  • Prakash Bhatt लेख्नुहुन्छ    |   2070 असोज 9 गते 8:43

    yahan lekhiya ka kura haru bata mali chai ratri bash ko subidha chai banau nu parne jasto lagcha kin ki yadfi kohi prakriti man paraya ra tayo thaun ma jancha bhane aushlai din bhari ko samaya matra prayapt hudaina so tyash ka lagi lamo time chahine huncha. yadi yo rok tayo samiti le dharmic karan le lagaya ko ho bhane tayhan boat nai nachalunu parne tayhan purna rup ma dharmic mahol ko sirjana garnu parne ho. mero bichar ma ki ta purna taya dharmic ki ta romantic banau nu parla

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...