६ असोज, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका सदस्यहरुले बलबहादुर तामाङको अध्यक्षतामा रहेको वर्तमान कार्यसमिति भंगको माग गर्दै आज काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन गरेका छन् ।
असन्तुष्ट पक्षले ७५ प्रतिशत सदस्यको हस्ताक्षरसहित प्रशासनमा निवेदन दिएका हुन् । जिल्ला प्रशासनले आवेदकको हस्ताक्षर प्रमाणित गरी महासंघ भंग गर्न सक्नेछ । अध्यक्षसहित कार्यसमिति प्रशासनले भंग गरेपछि तदर्थ समिति गठन गरी सो समितिले विशेष अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्नेछ ।
७ सय ७० सदस्य रहेको संघका ६०१ सदस्यले हस्ताक्षर गरी प्रशासनमा निवेदन दिएका हुन् । असन्तुष्ट पक्षले संघ कार्यालयमा लगाएको ताला खोली आज निवेदन दर्ता गरेका थिए । दुई वर्षे कार्यकालमा तामाङले डेढ वर्ष व्यतित गरिसक्नु भएको छ । यद्यपि ६ महिनाभन्दा लामो समयदेखि संघमा अध्यक्षविरुद्ध संघर्षका कार्यक्रम हुँदै आएका थिए ।
यसअघि जिल्ला प्रशासनले विशेष अधिवेशन बोलाउन अध्यक्ष तामाङलाई निर्देशन दिएको थियो । ४० प्रतिशत सदस्यले हस्ताक्षर गरी अध्यक्षविरुद्ध अविश्वासको प्रस्तावको लागि अधिवेशन बोलाउन आग्रह गरेका थिए । अध्यक्ष तामाङ सभा बोलाउन तयार नभएपछि सदस्यहरु प्रशासन गएका थिए । तर, प्रशासनको निर्देशनपछि पनि उहाँ सभा बोलाउन तयार नभएपछि सदस्यहरु पुनः प्रशासन कार्यालय पुगेका हुन् ।
चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...
Yo garib janata thagne kaam lai pani Sarkar le niyantran kina ajhai nagareko ……………hola.? yo sab byawasaayi hoinan sab Manab Bech Bikhan garne dalaal ho………..