कतार एयरवेजद्वारा एक महिने छुट अफर

2070 असोज 6 गते 15:32 मा प्रकाशित

६ असोज, काठमाडौं । कतार एयरवेजले एक महिनाको लागि इकोनोमी क्लास र पि्रमियम क्याबिनको भाडामा विशेष छुटको योजना ल्याएको छ ।

qatar

नेपालबाट उडान हुने धेरै गन्तव्यमा उक्त योजना लागू हुने कम्पनीले जनाएको छ । छुट योजना १४ सेम्टेम्बरमा सुरु भई १४ अक्टोबसम्म कायम रहने जनाइएको छ । यूरोप, मध्यपूर्व, अफि्रका, एसिया र अमेरिकाका गन्तव्यहरुमा छुटसहित आकर्षक भाडा कायम गरिएको कम्पनीले जनाएको छ ।

कतार एयरले काठमाडौं दोहा हप्तामा २८ उडान गर्दछ । त्यस्तै यो एयरलाइन्सले नेपालबाट १३० विभिन्न गन्तव्यमा उडान भर्ने गरेको छ । विशेष भाडा छुट योजनाबारे थप जानकारीको लागि कतार एयरवेजले कम्पनीको वेभसाइट हेर्न आग्रह गरेको छ ।

“कतार एयरवेजद्वारा एक महिने छुट अफर” मा प्राप्त 2 प्रतिकृयाहरू
  • yadu dhakal लेख्नुहुन्छ    |   2070 असोज 6 गते 18:39

    application for ticket prize Oct 4th

  • lokkas123 लेख्नुहुन्छ    |   2070 असोज 7 गते 12:19

    afno matrai faida herchha pablik ta bebakuf 6 14 october ta dasai chha 15 ko dena offer dini ho vani

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...