दुई पाङ्ग्रे सवारीमा विशाल ग्रुपको प्रवेश

कन्जुर आइटमदेखि उद्योग हुँदै भेहिकलसम्म

2070 असोज 7 गते 15:48 मा प्रकाशित

७ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्डका खुद्रा उपभोग्य वस्तुको बिक्री वितरणमा चर्चित व्यावसायिक घराना विशाल ग्रुपले जापानिज ब्राण्डको सुजुकी मोटरसाइकल बिक्री वितरण शुरु गरेको छ । ग्रुपले सुजुकी मोटरसाइकल इण्डियाले उत्पादन गरेका सुजुकी मोटरसाइकल बिक्रीवितरण शुरु गरेको हो ।

suzuki-showroom3

ग्रुपले राजधानीको त्रिपुरेश्वर र कुमारीपाटीमा शो-रुम विस्तार गरेर आइतबारदेखि आधिकारिक रुपमा सुजुकी मोटरसाइकल तथा स्कुटर बिक्री वितरण शुरु गरेको छ । त्रिपुरेश्वर शो-रुम भि.जी अटोमोबाइल्स प्रालिको विशाल ग्रुपका अध्यक्ष जगदिश अग्रवाल र नायिका निशा आधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

यस अगाडीदेखि नै गणेश इन्टरप्राइजेजले सुजुकी मोटरसाइकल तथा स्कुटरहरु बिक्री वितरण गर्दै आएको छ । विशाल ग्रुपको प्रवेशसँगै नेपालमा आधिकारिक रुपमा सुजुकी मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनीको संख्या दुई पुगेको छ ।

विशाल ग्रुपले राजधानीसँगै देशका विभिन्न २७ स्थानमा रहेका डिलरबाट सुजुकी मोटरसाइकल बिक्री वितरण शुरु गरेको कम्पनीका एसिस्टेन्ट जनरल म्यानेजर अधिर कुमार श्रेष्ठले जानकारी दिनुभयो । विशाल ग्रुपले दुई पाङ्ग्रे सवारीमा हात हालेको पहिलो पटक हो । विशाल ग्रुप अन्र्तगतको पुजा इन्टरनेशनलले अहिले जर्मनमा निर्मित भक्सवागन गाडी बिक्री वितरण गर्दै आएको छ ।

suzuki-showroom6

ग्रुपले विस्तारै देशभर शो-रुम विस्तार गर्दै जाने एसिस्टेन्ट जनरल म्यानेजरर श्रेष्ठले बताउनुभयो । शुरुवातमा कम्पनीले ५ वटा फरक-फरक मोडलका मोटरसाइकल तथा स्कुटरहरु शो-रुममा राखेको छ । साथै, कम्पनीले बिक्री पछिको सेवालाई पनि उत्तिकै ध्यान दिने प्रतिवद्धता व्यक्त गरेको छ । पछिल्लो समय नेपालमा सुजुकी ब्राण्डका मोटरसाइकलहरुको बिक्री वितरण बढ्दै गएको छ ।

विशाल ग्रुपले सन् १९५० देखि व्यवसायिक क्षेत्रमा हात हालेको हो । हाल ग्रुपले घोराही सिमेन्ट, एनआईसी एशिया बैंक, लाइफ इन्स्योरेन्स कर्पोरेशन, पुर्डेन्सीयल इन्स्योरेन्स, एनएमबी बैंक, दिल्ली पब्लिक स्कुल, स्ट्रन कलेज अफ इञ्जिनियरिङ, कमला रोलिङ मिल्स प्रालि, मैनावती स्टिल इन्डष्ट्रि प्रालि, गोल्डेन ब्याटि्र इन्डष्ट्रिज प्रालि लगायतका उद्योगमा लगानी गरेको छ । त्यसैगरी, नोकिया, पानासोनिक, भिक्स, हर्लिक्स, बुष्ट, जिलेट बिलेट, ओरल बी, हेड एण्ड सोल्जर्स, एरियल सर्फ, टाइड सर्फ, भ्याट-६९, हिन्दुस्तान पेटे्रलियमको बिटुमिन, अमेरिकन मदिरा ब्राण्ड जोनी वाकरका उत्पादन र पी एण्ड जीका विभिन्न उत्पादनहरुको बिक्री वितरण गर्ने गरेको छ ।

 suzuki-showroom4

suzuki-showroom2

suzuki-showroom1

suzuki-showroom5

suzuki-showroom7

suzuki-showroom8

“दुई पाङ्ग्रे सवारीमा विशाल ग्रुपको प्रवेश” मा प्राप्त 5 प्रतिकृयाहरू
  • BHAVI LAL BASNET लेख्नुहुन्छ    |   2070 असोज 7 गते 19:24

    Ramro Suruwat.Modal haru chai maan paryo !!!

  • Nepali लेख्नुहुन्छ    |   2070 असोज 8 गते 0:06

    malai pani model mann paryo tara bike ko model hoiena manche ko model.

  • sam लेख्नुहुन्छ    |   2070 असोज 8 गते 13:15

    scooty bhanda nishaadhikari and models haru mann paryo lol

  • saroj pyakurel लेख्नुहुन्छ    |   2070 असोज 9 गते 14:48

    nice

  • saroj pyakurel लेख्नुहुन्छ    |   2070 असोज 9 गते 14:50

    nice lago

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...