दीपेश केसी
अपराधबारे समाचार लेख्दा नेपाली पत्रकारितामा धेरै समस्या देखिएका छन् । त्यसमध्ये आचारसंहिता बिर्सने परिपाटी बढ्दो छ । सबैभन्दा पहिले म स्वयं अपराध विषयमा समाचार लेख्दा भए गरेका त्रुटीहरू स्वीकार्छु ।
आरोपीलाई दोषीका रूपमा ठाडो भाषामा गाली गरेर विगतमा लेखेको समाचार पल्टाएर पढ्दा लज्जित हुन्छु । अपराधजस्तो संवेदनशील विषयमा कलम चलाउँदा गम्भीरता देखाउनुपर्ने आवश्यकताबारे धेरै पछि मात्रै सचेत भएँ । यसमा म स्वयं दोषी हुँला तर म जुन शैलीको पत्रकारितामा हुर्के त्यो उत्तिकै कारक हो ।
जे पनि लेख्ने र प्रशारण गरिहाल्ने होडवाजीले समाजमा धेरैको जीवन बर्बाद भएको छ । यही गतिमा मनपरि लेखन कार्य भएमा जो कोहीले जीवन बर्बाद हुने क्षति बेहोर्नुपर्नेछ । पत्रकारद्वारा हाडनाता करणीको समाचारमा धेरैको ध्यान गएको होला ।
त्यसै पनि अपराध समाचारमा धेरैको ध्यान जान्छ । त्यसमाथि यौनजन्य अपराधमा ध्यान जानु स्वाभाविक हो । जसमा मुछिएका छन्, एकजना पत्रकार । पंक्तिकार उनको नाम उल्लेख गर्न चाहँदैन । किनकि उनी दोषी ठहर भएका छैनन् । मात्र आरोपी हुन् । प्रहरीले उजूरीका आधारमा पक्राऊ गरेको छ । प्रहरीले पक्राऊ गर्दैमा आरोप पुष्टि भइसकेको भन्न मिल्दैन । यसको अर्थ अभियुक्तप्रति सहानुभूति राख्न खोजिएको होइन । हामी कहाँ प्रहरीलाई एकपक्षीय स्रोत मानेर लेख्ने चलनले जरो गाडेको छ । घटनाको अन्य स्रोतबारे कमैमात्र खोजविन हुन्छ । प्रहरीले जे भन्यो त्यही पत्याउने समाचारले निर्दोष व्यक्ति समस्यामा पर्न सक्छ । वास्तविकता लुक्न सक्छ । अर्कोतर्फ पीडकभन्दा पीडित समस्यामा पर्न सक्छ ।
बलात्कारको घटनामा पीडितलाई ख्याल गरिन्छ । जस्तो सन् २०१२ को डिसेम्बरमा नयाँ दिल्लीमा भएको सामूहिक बलात्कारको घटनामा पीडितको परिचय खुलाइएन । जीवन र मरणका लागि संघर्ष गरिरहँदा भारतीय मिडियाले ‘निर्भया’ नाम दिएर समाचार छाप्यो । पत्रकारहरूले परिपक्व भई पेशाको धर्म निभाए । नैतिकता देखाए । परिवारको स्वीकृतीविना कुनै पनि सदस्यको तस्वीर समेत छापेन । पीडितलाई पर्न जाने पीडाबारे सचेत भए ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंह र कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी सम्म सिंगापुरबाट निर्भयाको शव ल्याउँदा विमानस्थलमै पुगे । तर पनि निर्भयाको वास्तविक नाम अझैसम्म खुलाइएको छैन । पत्रकारहरूले आफ्नो धर्म राखे ।
नेपालको पत्रकारितामा को पहिलो हुने र कसले पाठक र दर्शकलाई आकषिर्त गर्ने होडबाजी चलेको छ । यस क्रममा नैतिकता बिर्सेर नाम उल्लेख गर्नेदेखि परिचय खुल्ने व्यहोरा देखाइन थालिएको छ । पत्रकारद्वारा हाडनाताकरणीको विषय जोडतोडले उठ्दा घटनाको वास्तविकता खोतल्नेभन्दा पीडित र पीडकको परिचय खोल्नमा कलमहरू दुरूपयोग हुनु दुःखद पक्ष हो ।
अपराधको घटनामा पीडकको नाम खोलिन्छ । तर, हाडनाता करणीमा पीडकको नाम खोल्नु भनेको पीडितको नाम खोल्नुसरह हो । बाबुले छोरीमाथि करणी गरेको छ भने बाबुको नाम खोलिएपछि छोरीको नाम खुल्यो कि खुलेन ? नैतिकता हराएपछि जे लेखे पनि हुन्छ ?
पत्रकारले सेन्सर वा आफ्नो कलम र कापीमा कैंची लगाएको सहन सक्दैन । तर, ऊसँग नैतिकता अनिवार्य हुन्छ । उसले लेख्ने हरेक शब्दले समाजमा ठूलो असर पुर्याउँछ । एउटा शब्दले कसैको ज्यान जानसक्छ । पत्रकारको उद्देश्य जीवन लिने होइन जीवन बचाउने हो । पत्रकारको कर्तव्य समाजको राम्रा नराम्रा पक्ष उजागर गरी सभ्य समाज निर्माणको अभियानमा योगदान दिने हो ।
पत्रकार समाजको सदस्य हो । उसको समाजप्रति दायित्व हुन्छ । पत्रकारको व्यवहारले लेखन क्षेत्रमा जनताको विश्वास बढाउँछ या घटाउँछ । उसमा जवाफदेहिता सबैभन्दा महत्वपूर्ण रहन्छ । देखेजति सबै सत्य हुँदैन । सुनेजति सबै सत्य हुँदैन र भोगेजति पनि सबै सत्य नहुनसक्छ । सबै सत्य उजागर गर्न मिल्दैन । समग्र समाजमा पुग्ने क्षतिबारे जानकार हुनुपर्छ । हाडनाता करणीको समाचारमा नैतिकता बिर्सनेहरू उत्तिकै दोषी छन् जति करणीको घटनाको पीडक दोषी छ । घटना छरपष्ट पारेर बलात्कृतलाई घृणाको दृष्टिले हेर्ने हाम्रो जस्तो समाजमा कलमको दुरूपयोग गर्नु जत्तिको ठूलो अपराध के हुनसक्ला । कलम बोकेका अपराधीदेखि सावधान हुनैपर्छ । जे पनि लेख्ने र जे पनि छाप्ने पत्रकारिताले अपराध वृद्धि गर्छ । आफ्नो कलमले के कत्ति अपराध गर्यो एकपटक मूल्यांकन गर्न जरूरी छ । कलमले गर्ने अपराधको प्रभाव लामो समयसम्म हुन्छ । जस्तो अणुबम खसालेपछि लामो समयसम्म त्यसको रसायनले असर गरिरहन्छ । कलमजीवीमा जवाफदेहिता र नैतिकता नभए उसले अपराधलाई नजानिदो तरिकाले सघाऊ पुर्याउँछ ।
अर्कोतर्फ पुलिसको भर परेर एकपक्षीय सूचना लेख्ने प्रवृत्तिमा परिवर्तन आवश्यक छ । घटनाको अन्य पक्षबाट समेत जान्ने र बुझ्ने प्रयास हुनुपर्छ । नत्र समाचारको विश्सनीयता गुम्छ नै । निर्दोष व्यक्ति समाजमा र्फकन नसक्ने गरी बेइज्जतीको भार बोक्न वाध्य हुन्छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
atti uttam bhannu bho sir saraee man paryo….
maile pani pidit lai sahanu bhuti ta rakheko hoina but tyo family le basai nai sarnu parne gari ko news aayo bichara gaon ma ke hudo ho pidak ko
sorry pidak lekheko pidit bhayecha suru ma
kalam le dherai ko jindagi barbad parisakyo. Goli ra dharilo hatiyar le baru k paryo hola ra. J paya tehi lekhne lai bahisakar garau.
very good article…………..
superb!!!
ekdam thik ho yo. patrakar vandai ma j pani lekhna painna. patrakar ko lekhyo vane k hunxa vanne pani buji rakhau.
नेपालकेा पत्रकारिता पूर्वागहले ग्रसित छन्र । ठूल्लठूला संचार गृहसमेत यस्तेा विषयमा संवेदनशीलता देखिन्दैन। दिपेश जीकेा धारणामा म सहमत छु । पत्रकारिताकेा अाचारसहिताले पनि कुनै पनि अभियुक्तलाइ अदालतले देाषी नठहराइन्जेल अभियुक्तलाइ अपराधी भन्ने अधिकार छैन । तर, प्रहरीले कुनै व्यतिलाइ अनुसन्धानका लागि गिरफतार गने वितिक्कै मिडियाले उनकेा देाषीउपर खेाइरेा खनिने प्रवृती व्यात छ । यसले नेपालकेा पत्रकारितकेा धर्म र विस्वसनियतामा प्रश्न उठाएकेा छ ।
kaile k paiyala ra lekhaula vanera dhukera basne haru le des bigare.
yo lekh malai mn paryo….m yesma sahamati janau6u…..patrakarharule yesari nai aafno kaam garne ho vane patrakarlai samaajma ajhai thulo samman milne6…..yeha t lendenko kura namilepa6i kunaipani bela patrakaarle badnaam garne samachar prasaran garne pani vetin6an……sabaile aa.aafno thauma ramro gare deshko haalat ni sudhrinthyo hola…..aafu valo t jagat nai valo…..
sahi kura ho.yesto kurale nai samaaj pariwortan hunxa haina ta. samachar padne le pani bebaharma utarnu parla hai.
nepal ka patrakar ta yeti asabhya ra yeti sambedan hin chhan ki afno samaj ra samajik sanskritik dharatal laai purai birsiyera paschimeli samaj ra sanskritik dharatal bata pani ajha aghi gayera samachar lekhne ra sryabya drisya prasaran garne gardachhan.balatkrit ko video, youn byabasaya garne mahila ko video,ajha prahari le chhapa mardai gareko video banayera aam sanchar madhyam ma television ma prasaran garchhan.kanoon le kasari sajaya dinchha thaha chhaina tara kunai hotel ma boyfrend sanga gayeko chha bhane pani youn dhanda gareko bhanera police le pakrane ani patrakar le video banayera prasaran garne garna le kati paya nirdosh ani katipaya badhyata ra bibasata ma pareka keta keti ko beizzat garchhan. izzat ta youn byabasayi ko pani hunchha kya re?khai kahile bujhne ho nepal ko kanoon ,prahatri ra patrakar le ?
j paya tehi lekhne patrakar lai danda sajaya hudaina ki kaso. Tara balatkari lai fasi dinu parxa. Tetikai chadna hunna.
पत्रकार समाजको सदस्य हो । उसको समाजप्रति दायित्व हुन्छ । पत्रकारको व्यवहारले लेखन क्षेत्रमा जनताको विश्वास बढाउँछ या घटाउँछ । उसमा जवाफदेहिता सबैभन्दा महत्वपूर्ण रहन्छ । देखेजति सबै सत्य हुँदैन । सुनेजति सबै सत्य हुँदैन र भोगेजति पनि सबै सत्य नहुनसक्छ । सबै सत्य उजागर गर्न मिल्दैन । समग्र समाजमा पुग्ने क्षतिबारे जानकार हुनुपर्छ । दीपेश जिको यो कुरा जती राम्रो छ , सब पत्रकारले पनि राम्रो रूपमा हेरेर आफु पत्रकार भएको शाही सदुपयोग गरुन भन्ने मेरो कामना छ
Dipesh jee,
Remember yourself how many times you phone called police or had chat with them just to have news for the sake of your job. Most of the crime journalists have a good relationship with high level police officers and they acquire the quick news from them to save their jobs. Many journalists write against certain police officers to favor the other officers who are in line of promotion. To some extent, journalists and police are same.
An indeed good article.
lekherai dherai ko jindagi barbat parne vaya ba. garne k aba.
PATRAKARITA AHILE KAMAI KHANE BHADO BHAYEKO6 TAPAILE BHANEKO 100% THIK
good job mitra.
tapai jasto aagraj patrakar harule ysato kurama ajai dharai kalam chalauna jaruri chha.
YESAI GARI BURACRATS RA RAJANEETI TATHA RAJANETAMA PANI CHETANA
AYAMA KASTO SUNDAR SAMAJHKO SRIJANA HUNTHO HOLA ?
Feature ramro cha. rape case jasto gambhir crime ma kalam sachat ra sajag hunaiparcha.