आमिरसँगको चुम्बन हल्ला नै धेरै : अनुष्का शर्मा

2070 असोज 7 गते 18:19 मा प्रकाशित

बलिउडका चर्चित नायक आमिर खानसँग अभिनय गर्ने नायिकाको सूचिमा अनुष्का शर्मा पनि परेकी छिन् । उनले आमिरसँग अभिनय गरेको चलचित्र ‘पीके’ अहिले चर्चामा छ । चलचित्रको चर्चा हुनुको पछाडी आमिर अनुष्का बिचको लिप किस पनि हो ।anuska-and-aamirचलचित्रमा अनुष्का र आमिर बिचको चुम्बन समावेश गरिएको छ । उसो त आमिर र अनुष्काका लागि नै चुम्बन अनुभव पहिलो पटक होइन । तर नायिका शर्माले भने चुम्बनको चर्चा धेरै भएको भन्दै गुनासो गरेकी छिन् । एक कार्यक्रममा पुगेकी अनुष्काले भनिन्, ‘यस्तो हल्ला धेरै भएको छ , सिनेमामा हेर्नु पर्ने कुरा अरु धेरै छन् ।’ उनले यस्तो समाचारलाई फोहोरी भनेकी छिन् ।

अनुष्का र आमिर बिच चलचित्रमा कति लामो चुम्बनको दृश्य समावेश गरिएको छ भन्ने बिषयमा केही खुलाइएको छैन । यसअघि नायिका करिना कपुुरसँग आमिरले ‘थ्री ईडियट्स’ मा लामो लिप किस गरेका थिए ।

“आमिरसँगको चुम्बन हल्ला नै धेरै : अनुष्का शर्मा” मा प्राप्त 1 प्रतिकृया
  • DIPESH लेख्नुहुन्छ    |   2070 असोज 10 गते 13:40

    aahaa amir ko thauma mah vayeko vaye