नयाँ पुस्ताका युवायुवतीहरुमा आधुनिकिकरणसँगै सरीरमा टाटु खोपाउने प्रचलन बढ्दै गएकेा छ । सरीरमा टाटु खोप्ने चलन पश्चिमा समाजमा निकै चर्को छ । टाटु फेसन बन्दै गएको भएपनि यसले मानिसको सरीरमा नकारात्मक असर पूराउँछ भन्ने कुनै सबूत नभएकाले अहिलेसम्म टाटु हानिकारक हुँदैन भन्ने विश्वास थियो । तर बेलायतका वैज्ञानिकहरुले सरीरमा टाटु खोप्नु हानिकारक हुने र यसले मानिसमा क्यान्सर समेत गराउन सक्ने तथ्य पत्ता लगाएका छन् ।
लण्डनस्थित ब्रेडफोर्ड विश्वविद्यालयको छाला विज्ञान केन्द्रका निर्देशक डेसमण्ड टोबिन र मेडिकल इन्जिनियर कोलिन ग्रान्टले टाटुको असर बारेमा गहन शोध गरी यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुका अनुसार टाटुमा डाइको प्रयोग गरिने भएकाले यसले सरीरको छालाको रंग स्थायी रुपमा बदलिदिन्छ । टाटुको रंगमा प्रयोग गरिने सुक्ष्म पदार्थहरु -नानो पार्टिकल्स) समयक्रमसँगै रगतमा मिसिन्छन् । टाटुको त्यो मसीमा क्यान्सर लगाउने तत्व अर्थात कार्सिनोजेन समेत पाइने भएकाले त्यो रगतमा पुगेपछि त्यसले क्यान्सरको जोखिम बढाउँछ ।
टाटुको रङमा पाइने त्यो हानिकारक तत्वले रक्त क्यान्सर देखि लिएर पित्तथैली तथा मृगौलामा समेत असर पार्ने शोधकर्ताहरुको भनाइ छ । सरीरमा धेरै टाटु खोपेकाहरुका रगतमा हानिकारक तत्व बढि मिसिने र रगतमा भएको त्यस्तो तत्व मृगौलामा समेत धेरै पुग्ने भएकाले यसले कालान्तरमा मृगौलालाई पूर्णरुपमा क्षतिग्रस्त बनाउने खतरा हुन्छ ।
शोधकर्ताहरुका अनुसार टाटुमा प्रयोग हुने २१ मध्ये १३ तत्व निकै हानिकारक हुन्छन् । तर यसबारेमा सर्वसाधारण अनभिज्ञ हुने र टाटुको मसी बनाउनेहरुले समेत कुरा गोप्य राख्ने गरेका कारण टाटुबाट हुने हानी फुसको आगोझैँ बढ्दै गएकोमा वैज्ञानिकहरुको चिन्ता छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
maza ta nasha ma cha ni.
J garda ni cancer?????
aafu lai ta matlab nai vayena
yo ta danger ho
solution k ho tyo pani lekhnuni
tatoo le cancer garaucha bhanera matra bhayena jasle tatoo banai sakeko chha tini haru ko laagi ta tension hunchha ni tesaile jasle banai sakeka chhan tiniharu lai ke sallah dina chahanu hunchha yesko samadhan ke ho pls.samadhan pani lekhnush thankyou.
sujan Reply:
September 28th, 2013 at 6:40 pm
ho..soltii…u r 100% right