विदेशीले ऋण पत्र जारी गर्ने निर्णय छिट्टै हुने अर्थ मन्त्रीको प्रतिवद्धता

आईएफसी प्रतिनिधिसाग मन्त्रीको भेट

2070 असोज 8 गते 10:59 मा प्रकाशित

८ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले निजीक्षेत्रको साझेदारीमा लगानी बढाउन अन्तर्राष्ट्रिय वित्तिय निगम (आईएफसी) सँग आग्रह गर्नुभएको छ । आईएफसीको नेपालस्थित आवासीय प्रतिनिधि भ्यालेन्टिनो एस. भगतसिंहसँगको भेटमा मन्त्री कोइरालाले काठमाडौमा बन्न लागेको घरेलु ग्राम र विक्री कक्ष निर्माणमा सघाउन अनुरोध गर्नुभयो ।

उद्योगमन्त्री समेत रहेका कोइरालाले बजेटमा प्राथमिकता पाएका उर्जा, कृषि, पूर्वाधार विकास र पर्यटनका क्षेत्रमा थप सहयोग आवश्यक भएको बताउँदै आईएफसीले चासो व्यक्त गरेको स्थानीय ऋणपत्रको मस्यौदा चाँडै ल्याइने जानकारी दिनुभयो ।

Financeminister-With-IFC

नेपाल व्यवसाय मञ्चमा आईएफसीले गरेको सहयोगको प्रशंसा गर्दै उहाँले गरीबी न्यूनिकरण दुवैको उद्देश्य भएकाले आईएफसीको भूमिका थप प्रभावकारी हुने बताउनु भयो ।

आईएफसीका आवासीय प्रतिनिधि भगतसिंहले पूर्वाधार विकासलाई आईएफसीले प्राथमिकता दिएको बताउँदै विदेशी लगानीका लागि नेपालमा लगानीमैत्री वातावरण आवश्यक भएको बताउनु भयो ।

उहाँले नेपालमा नमूना विकास गर्ने सोचाई राखेको जानकारी दिँदै लगानीको जोखिमी कम गर्न स्थानीय मुद्रामा दिइने ऋणपत्र सम्बन्धी कार्यविधि तत्काल ल्याउन माग माग गर्नुभयो ।

सो अवसरमा उद्योग सचिव कृष्ण ज्ञवालीले कम्पनी रजिष्टारको कार्यालयलाई अनलाईन सेवा दिलाउन सक्षम गराएकोमा आइएफसीप्रति आभार व्यक्त गर्नुभयो ।

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...