एडिबीले सघाएका आयोजना समस्या मुक्त गर्न छलफल

2070 असोज 8 गते 11:04 मा प्रकाशित

८ असोज, काठमाडौं । अर्थ सचिव शान्तराज सुवेदीले एसियाली विकास बैंकबाट सहयोग बढाउन सरकारी क्षमतामा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । नेपालमा एशियाली विकास वैंकको सहयोगमा सञ्चालित आयोजनाको कार्यसम्पादन सुधार गर्ने सम्बन्धमा आयोजित छलफलमा उहाँले सो कुरा उल्लेख गर्नुभएको हो ।

shanta-raj-subedi

‘आगामी आर्थिक वर्ष २०१५-२०१६ मा एशियाली विकास वैंकबाट अधिकतम सहयोग प्राप्त गर्न हाल एशियाली विकास वैंकको सहयोगमा सञ्चालित आयोजनाहरुमा देखिएका समस्याहरुको समाधान गर्दै कार्यसम्पादनमा प्रभावकारिता अभिवृद्धि गर्नुपर्छ’, सचिव सुवेदीको भनाइ थियो ।

उहाँले खासगरी अधिकतम सहयोग प्राप्त गर्न प्रभाव पार्ने आठ वटा आयोजनाहरुको कार्यन्वयनमा विषेश ध्यान केन्दि्रत गर्न विभिन्न मन्त्रालयका सचिवहरुलाई आग्रह गर्नुभयो ।

आयोजनाको करार सम्झौतामा हुने ढिलाइ, न्यून खर्च, परामर्श दाताहरुको तोकिएको समयमै छनोट गर्न नसकिएको, खरिद योजना अनुसार समयमा काम गर्न नसकिएको जस्ता विषयमा त्यस अवसरमा छलफल भएको थियो ।

बैठकमा साना तथा मझौला किसानको आयस्तर वृद्धि आयोजना, दोस्रो एकीकृत सहरी तथा वातावरणीय सुधार आयोजना, सूचना संचार तथा प्रविधि विकास आयोजना, विकेन्दि्रत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन आयोजना, दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना, विद्युत प्रसारण विस्तार तथा आपूर्ति सुधार आयोजना, यातायात पूर्व तयारी आयोजना र सीमान्तकृत वर्गको लागि लक्षित तथा दिगो विकास कार्यक्रमको कार्यसम्पादन सुधार गर्ने विषयमा छलफल भएको थियो ।

उक्त छलफमा विभिन्न मन्त्रालयका सचिव, एशियाली विकास वैंकको सहयोगमा संचालित आयोजनाहरुको आयोजना प्रमुख तथा अर्थ मन्त्रालयका विशिष्ट पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...