नायिकाको पीडा: जे पनि गर्न तयार हुनेले हाम्रो भविष्य बिगारे !

2070 असोज 8 गते 11:32 मा प्रकाशित

विजय ‘आवाज’

नेपाली सिनेनगरीको रंगीन संसारमा पसेर चर्चामा आएको कल्पना गर्ने वित्तिकै नवनायिका अशिष्मा नकर्मी कुनै बेला मख्ख पर्थिन् । टेलिभिजन र फिल्महलका पर्दामा देखिने हिरो हिरोइन जस्तै हुने सपनाले उनमा सानैदेखि एक दिन फिल्म खेल्ने हुट्हुटी जागेको थियो । नेपाल भाषाका केही चलचित्र र म्यूजिक भिडियोमा अभिनय गरेपछि ठूलो पर्दाको ‘अन्तराल’ सिनेमाबाट नेपाली रजतपटमा छिरेकी नवनायिका अशिष्मा दोधारमा छिन् । नेपाली सिने नगरी भित्रका धमिला दृश्यले उनले कुनै बेला देखेका सपना अहिले अलपत्र पर्ने अवस्थामा पुगेका छन् । लाखौं दर्शकको मनमा बस्न आएकी अशिष्मा सिनेजगतमा राखेको पाइला न अगाडि बढाउन सक्ने अवस्था छिन् न त पछाडि नै । दोधारमा परेकी उनको मनले सानैदेखि देखेका सपना सबै झुठा रहेछन् भन्न थालेको छ ।

सिने नगरी भित्रका अपत्यारिला तथ्य र दृश्यहरु देखेपछि उनी अहिले फिल्म लाईन छोड्ने या समाइरहने घनचक्करमा परेर अड्किएकी छिन् ।

आफूले बुनेका रंगिन सपनाहरु पूरा गर्न गलत बाटोसमेत अपनाउने पर्ने बाध्यता बुझेपछि संकटमा परेकी अशिष्मा मनको बह अनलाइनखबरसँग पोखिरहंदा पटक – पटक भक्कानिएकी थिइन् । सिनेनगरीमा जम्नका लागि आफ्नो नैतिक चरित्रलाई समेत दाउमा राख्नुपर्ने अवस्था आएपछि अत्तालिएकी उनले सम्हालिंदै सिनेमानगरी भित्रका कुरा यसरी बाहिर ल्याइन् ।ashisma-nakarmi

मेरो परिवारको पृष्ठभूमि सिनेनगरीसँगै जोडिएकाले मैले यो क्षेत्रमा आउन ठूलो संघर्ष गर्नुपरेन । धेरैले सिनेकर्मीहरुले मेरो बुबालाई (मनराजा नकर्मी-संगीतकार) चिन्ने भएकाले मलाई यो क्षेत्रमा पाईला राख्न समस्या भएन । यो क्षेत्रमा प्रवेश गर्दा बेवास्ता नगर्नेहरुले बुबाको नाम लिएपछि भने चासो दिएर कुरा गर्न थाले । म दोश्रो पुस्ताकी नायिका हुँ ।

मेरो बुबाले नेपाली सिनेक्षेत्रमा राखेको नामलाई अझै उचाईंमा पुर्‍याउन म यो क्षेत्रमा प्रवेश गरेकी हुँ । म मेरो क्षमता देखाउँदै राम्रो छवि बनाएर सिने क्षेत्रमा जम्न चहान्छु । यो क्षेत्रमा मेरा आइडियल भनेकै मह जोडी र मिथिला शर्मा हुनुहुन्छ । उहाँहरु आजसम्म जसरी सफा छविकासाथ अघि बढेर उचाईमा पुग्नु भएको छ, भोलिका दिनमा म पनि उहाँहरु जस्तै हुन चहान्छु ।

सुरुमा मैले देखेको रंगिन दुनियाँ यहाँ छिरेपछि भने वित्थामा यो क्षेत्रमा पाईला राखेछु भन्ने लाग्छ । हुन त अहिले यो नगरी युवापुस्ताको पकडमा छ । म पनि एउटा युवा नै हो । तर पनि जिरोबाट संघर्ष गरेर अघि बढ्दा कम्ता हण्डर खानुपर्दो रहेनछ । आखिर कलाकार त कलाकार नै हो नि त्यो वरिष्ठ होस् या जुनियर ।

तर जिरोबाट अघि बढ्दा यहाँ चिनेर पनि कसैले वास्ता गर्दा रहेनछन् । सिने क्षेत्रमा रमाउन आएकी म अहिले दोधारमा छु । अहिलेसम्म मैले कसका लागि र किन सिनेमा खेलें ?  त्यसको उत्तर आज आएर आफैंले दिन नस्कने अवस्थामा छु । नेपाली सिनेक्षेत्र अहिले संकटग्रस्त अवस्थामा छ भन्ने लाग्छ । जबसम्म फिल्म बनाउन बगाएको पैसा उनीहरुले फिल्म चलेपछि फिर्ता पाउने अवस्था हुँदैन तबसम्म कुनै पनि कलाकार हिट हुनुले कुनै अर्थ राख्दैन ।

केही नेपाली सिनेमा खेलेपछि अहिले मेरो मनले भनिरहेको छ, तँ अब अरु कुनै काम गर्, त्यसमा तँ बढी खुसी हुन्छेस् । नेपाली सिनेजगतको रंगिन दुनियाँमा भविष्य खोज्न आएकी म अहिले आफैं हराए जस्तो लाग्न थालेको छ । वर्तमानमा हराइरहेकी मैले मेरो भविष्य कहाँ कस्तो अवस्था छ ठम्याउन सकिरहेकी छैन । लाखौं दर्शक र शुभचिन्तकहरुका सेलिब्रेटी भएर पनि हामी किन यति धेरै अन्यौलमा रुमलिन बाध्य छौं ? यो प्रश्नले मेरो मष्तिस्कमा बारम्बार घोचिरहेको छ ।नेपाली सिनेजतको हैसियत बुझ्न मैले मेरो घरको दैलो उघारेर बाहिर गईराख्नु पर्दैन । मेरो घरमा तीनवटा टेलिभिजन छन् तर ती टेलिभिजनमा नेपाली टेलिभिजन बजेको मैले विरलै देखेकी छु । नेपाली भएर नेपाली सिनामेका माया नगर्ने हामीले अब कसका लागि सिनेमामा खेल्ने ? मलाई नेपाली सिनेनगरीका मानिसहरुले चिन्छन् तर वलिउड र हलिउडका एक एक हिरो हिरोइनलाई चिन्ने नेपालीले म जस्ता नेपाली कलाकारलाई चिन्ने अवस्था कहिले बन्ला ?

म मात्र होइन सिनेनगरीको रंगिन संसारमा रमाउन छिरेका अरु धेरै कलाकारहरु पनि अन्यौलमा छन् । नेपाली सिनेजगतको भित्री यथार्थ देखेर पनि एक मनले अझै केही वर्ष संघर्ष जारी राख् भन्छ भने अर्को मनले घृणा गर्दैछ । मैले डेब्यू गरेको चलचित्र अन्तराललाई पत्रकार र चलचित्रकर्मीले मनपराएका थिए । तर, खै के भएर हो हलमा लागेपछि दर्शकले गरेको प्रशंसाको स्वर त परै जाओस् नाम पनि उच्चरण गरेको सुन्न पाएकी छैन । अहिले आफैंलाई सोध्दैछु, मलाई कसले चिन्यो, मैले दुखः गरेर खै के पाएँ त ?

अहिलेको समय सामाजिक सञ्जालहरुको हो । फेसबुकसहितका सामाजिक सञ्जालमा नायिकाहरुको फोटोमा दर्शकहरुले गर्ने प्रतिकृया पढ्दा मन कुँडिएर आउँछ । कसैले पनि नेपाली नायिकाहरुलाई राम्रो नजरले हेर्दैनन् । ‘एउटा बिराउने शाखा पिराउने’ उखान सानैमा सुनेकी थिएँ, अहिले त्यो उखानले मलाई बारम्बार घोचिरहन्छ, यसलाई व्यक्त गर्ने शव्द म सँग छैन । नेपाली सिने नगरीलाई सरकारले बेवास्ता गरेको जस्तो । बलिउडमा एउटा सिनेमा खेल्ने कलाकारसँग हरेक कुरामा सम्पन्न हुन्छन् ।

यति लामो इतिहास बोकेको नेपाली सिने जगतका कलाकारहरु हामी किन अझै पनि सुन्दर भविष्य खोज्दै भौतारिरहेका छौ ? थाहा छैन । मलाई थाहा छ, नेपालमा किन नायिकाहरु बदनाम भइरहेका छन् । तर म यो बिषयमा प्रतिक्रिया दिएर सिने नगरीकै बेइज्जत गर्न चाहन्न । तर केही नायिकाहरुले केही गर्छु र स्वच्छ छवि बनाउँछु भनेर आउँदा धेरै गाह्रो भएको छ । हामीले पनि सोच्नु पर्छ हामीलाई किन मिडियापर्सन भनियो भनेर । जे पनि गर्दै हिड्ने छुट हामीमा छैन ।

एउटा घटना म तपाइलाई सुनाउँछु । एकजना कास्टिङ डिरेक्टरलाई एकजना युवतीले फोन गरेर आफू सिनेमा खेल्नको लागि जे पनि गर्न तयार रहेको बताइछन् । ती कास्टिङ डिरेक्टर मेरो साथी भएकाले उनले मलाई सबै कुरा सुनाए । मैले उनले युवतीलाई भेट्न जाँदा मलाई पनि लैजानु भनें । साँच्चै मैले ती युवतीलाई भेटेको भए २ थप्पड लगाउँथे ।

जे गर्न पनि तयार हुनेले २ झापड खान पनि तयार हुनुपर्‍यो नि हैन र ? यस्ता केहीले स्वच्छ छवि बनाएर अघि बढ्न खोज्नेहरुलाई गाह्रो भएको छ । अब त मलाई दिक्क लागिसकेको छ । म छोरी हुँ । भोलि बिहे गरेर पराई घरमा जानुपर्छ । तर सिने नगरीमा आउने युवतीलाई हेर्ने दृष्टिकोण नै राम्रो छैन । मलाई त्यो परिवारले स्विकार गर्ला या नगर्ला ? म पटक पटक यही कुरा सोचिरहन्छु । मैले राम्रो काम गरेर पनि अन्य पेशाबाट नाम दाम कमाउन सक्छु । मैले यो काम किन गरिरहेको छु, भन्दा मेरो रगतमा नै यो पेशा छ । तर म एकदमै दोधारामा परेकी छु । थाहा छैन म यहाँ संघर्ष गरुँ या नगरुँ । तर के गर्नु सानैदेखिको नशा थियो छुट्न नै गाह्रो भयो, कसो गरौं ?

 

“नायिकाको पीडा: जे पनि गर्न तयार हुनेले हाम्रो भविष्य बिगारे !” मा प्राप्त 25 प्रतिकृयाहरू
  • anjan लेख्नुहुन्छ    |   2070 असोज 8 गते 11:59

    ramro thing garnu vako thax talai….ho Value chaina heroni ko npl ma….afu light ma auna lai ja pani garchan …tara yo ramro hoena……

  • AASTIK लेख्नुहुन्छ    |   2070 असोज 8 गते 12:11

    Aarkai bato roja SAPHAL hune chhau..Cine NAGARI sarai phohora chha..

  • AASHISHS लेख्नुहुन्छ    |   2070 असोज 8 गते 12:26

    kushi lagyoo hajur jasto ko kura sunera!!!! hunata dherai kura lekhnu thiyoo kunai din vetey bhaney bhanumla !!!! hope for the best of disaster change in the industries!!! & please do not kill your MOTO!!!

    Wishing you for your great future!!

  • धर्मेन्द्र रंजितकार लेख्नुहुन्छ    |   2070 असोज 8 गते 12:29

    कुनै पनि ठाउमा स्थान बनाउनु अनि त्यो ठाउमा जमेर बस्नु यी सायद अलग धारका पाटा हुन तर कुनै पनि ठाउमा आफ्नो स्थान बनाउनु अनि त्यो ठाउमा माथिल्लो तहको अश्मिता संग रहन सक्नु ठुलो ओहोदाको कुरा हो तपाईले जे गर्नु भएनी हेर्ने अनि देख्ने त कसैले केही होइन तथापी आफ्नो नजरमा आफु कैले झुक्न नपर्ने गरी बच्न सक्नु जिन्दगीको लडाई जित्नु बराबरको हो तपाईले आफ्नो सामुको समस्या दर्साउनु भयो खुसी लग्यो तर यहिनै यहाको रीत हो र तपाई त्यै रंगिन संसार मा जम्न चन्हानुहुन्छ भने के यो सब बाट तपाई आफुले आफुलाई अछुतो राख्न अनि गर्भ का साथ म कैले कोइ संग झुकेको अनि दबेको छैन भन्न सक्नु हुन्छ होला र ???? तर जे होस् तपाइको उज्यालो भोली अनी हरेक दिनको सुन्दर बिहानीको लागि मेरो मन देखिको सुभकामना हरप्रहर…. म तपाइलाई USA हुनुहुदा देखी चिन्छु तर मैले मात्र है हे हे ….:) त्यो सब छोडेर सायद यस्तै कै को लागी आउन भकोछ त्यसैले पनि मेरो अथाह सुभकामना तपाईमा ……..:)

  • anil लेख्नुहुन्छ    |   2070 असोज 8 गते 12:37

    guff matra hoo halka hit bhayera party maa wine khana lagha pachi tehai hoo hajur koo pani chala asshishma :* ……..yuta palo teho k namratha shrestha lay ni yehai bhantin ailay khoi yuha koo life hernus taa tehai vayera dherai gufff nahanam hai asshishma :*

  • sabin लेख्नुहुन्छ    |   2070 असोज 8 गते 12:40

    sav bhalu haru hoo k yoo line koo ..tal dinu pardina अशिष्मा नकर्मी kailay fheri tero pani namratkoo jastoo vedio aula ani

  • anjali लेख्नुहुन्छ    |   2070 असोज 8 गते 12:55

    leave it ,and choose the another field.

  • Rajendra Khanal लेख्नुहुन्छ    |   2070 असोज 8 गते 12:55

    SARAI RAMRI, MAN PANI RAMO

  • हरीहर खतिवडा लेख्नुहुन्छ    |   2070 असोज 8 गते 13:22

    बिबाह गर्ने उमेर पनि भैहाल्यो अब बिबाह गरी घरजम गरेर बस्दा हुन्छ, किन टेन्सन लिनु एकबारको जिन्दगीमा । यही नै मेरो सुझाब छ अशिष्मा जी ।

  • KRISHNA लेख्नुहुन्छ    |   2070 असोज 8 गते 13:48

    अशिष्मा जी, चिन्ता लिनु पर्दैन, यी अहिलेका हावाहुरी हुन, जो अङ्ग प्रदर्शन गरेर चर्चा बटुल्न खोज्छन तर दर्शकले लात मारेका छन्, एक दिन तपाइ जस्ता स्वच्छ छबिका नायिका नायकको सम्मान हुने छ, दर्शकले बुझ्ने छन्। तपाईका भनाइमा यथार्थता छन्।…………
    मेरो बुबाले नेपाली सिनेक्षेत्रमा राखेको नामलाई अझै उचाईंमा पुर्‍याउन म यो क्षेत्रमा प्रवेश गरेकी हुँ । म मेरो क्षमता देखाउँदै राम्रो छवि बनाएर सिने क्षेत्रमा जम्न चहान्छु । यो क्षेत्रमा मेरा आइडियल भनेकै मह जोडी र मिथिला शर्मा हुनुहुन्छ । उहाँहरु आजसम्म जसरी सफा छविकासाथ अघि बढेर उचाईमा पुग्नु भएको छ, भोलिका दिनमा म पनि उहाँहरु जस्तै हुन चहान्छु ।

  • basanta लेख्नुहुन्छ    |   2070 असोज 8 गते 13:59

    tapai nepal ko wastabik nari hunuhunchha garba lagcha manko kura garnu vo ,tara khana man nalageko khana kahilai nakhanu bimari banauchha hai.

  • subhi लेख्नुहुन्छ    |   2070 असोज 8 गते 14:07

    J PANI GARNA SAKNE VANDA PANI J PANI GARAUNA KHOJNE KO DOSH BADHI CHHA… JABA SAMMMA ESTA GHATIYA NIRMATA NIRDESHAK RA ARU POWER WALA HARUKO SOCH BADLIDAINA…, SINENAGARI BADNAAM VAIRAHANCHHA

  • Nibedita Baral लेख्नुहुन्छ    |   2070 असोज 8 गते 14:42

    jasle nepali cinema hercha..usle chincha ni Nepali kalakar ..ma Tapai lai chinchu ta.. 😀
    al d best for ur future endeavours (Y)
    be healthy and happy always

  • akash लेख्नुहुन्छ    |   2070 असोज 8 गते 14:44

    “यो लाईन धमिलो छ स्त्रि जातिलाई त झनै नहुने तर सवै चाहि त्यस्ता पिपासु हुन्नन् होला ” ! सक्छौ नखाउ, सक्तैनौ खाऊ ! घरवार गरेर वस, नकच्चरो (सवै चाहि होईन तर अधिकांशको ध्याउन्न नै माछा मार्ने र सो कुरो kitchen cabinet मा चर्चा गर्नेहरु ) वस्ने ठाउ नपस !!!

  • sukraraj lama लेख्नुहुन्छ    |   2070 असोज 8 गते 14:56

    सफल व्यक्तिहरुको जीवनी एक बसाई पढेर वा सुनेर जीवनमा त्यस्तै बन्न खोज्ने अनि प्रतिफल पनि छिटो खोज्दा मन दोधारमा हुन्छ । विकृती छ भने हटाउने जिम्मेवारी त अनुष्का जी तपाईको पनि त हो नी । किन डराउनु हुन्छ ? नेपाली फिल्म हेर्न बाध्य बनाउने उपाय सोच्नुस, नडराउनुस । जो डरायो उ हरायो । जीत उस्कै हुन्छ जस्ले जितको मानसिकता बोकेर हिड्छ ।

  • AASHISHS लेख्नुहुन्छ    |   2070 असोज 8 गते 14:57

    ushi lagyoo hajur jasto ko kura sunera!!!! hunata dherai kura lekhnu thiyoo kunai din vetey bhaney bhanumla !!!! hope for the best of disaster change in the industries!!! & please do not kill your MOTO!!!
    Wishing you for your great future!!

  • म नेपाली .. लेख्नुहुन्छ    |   2070 असोज 8 गते 15:35

    chuta khana gaako tarunu jhol ma dubi mari… asisma

  • AAWAZ लेख्नुहुन्छ    |   2070 असोज 8 गते 16:56

    Leave these cheap dirty filed miss ashisma. if you want your life to be devoted upon your family and new home , leave these. start your new life in better field my best wishes

  • padam parajuli लेख्नुहुन्छ    |   2070 असोज 8 गते 17:22

    yo uha ko sahi bujhai ho yeti kura sabai kalakar le bujhe yo cine nagari le ramro uchai paune thiyo jasto lag6a

  • Rajendra Bajracharya लेख्नुहुन्छ    |   2070 असोज 8 गते 18:03

    फिल्म कति अहिले सम्म कति वटा खेल्नु भो? त्यसमाकति वटा हित र फ्लप भए भन्दा पनि ती चलचित्रमा तपाईले पात्रको भुमिका कति अद सम्म जिवन्त रुपमा निभाउनु भयो र त्यस भुमिका कारण कति मानिसले आफुले भुत वर्तमान र भविष्यमा गर्न लागेका कामका लागि शिक्षा गहन गरे त्यो ठुलो कुरा हो।मात्र नेपाली चलचित्रमा पैसा कति लगानि गर्न सक्छ , चिनेजातेको, फलानोको छोरा छोरी, चलचित्रमा खेल्नका लागि के सम्म हगर्न सक्नु हुन्छ भन्ने जस्ता यावत कुराहरु जव सम्म रहन्छ तब सम्म न नेपाली फिल्म राम्रो हुन्छ नेपाली फिल्मी दुनिया।फिल्म हेर्न मलाई औधि रमाइलो र केही सिक्नको लागि चलचित्र हेर्न मन पराउने म नेपाली चलचित्रमा देखदिन त नेपाली फिल्म प्रतिको बित्रिस्णाको कारण सिनेमा घर सम्मको मेरो दुरी झन झन टाढा हुदैछ र सम्भवत सबै जसो यही सोच्छन

  • samir लेख्नुहुन्छ    |   2070 असोज 8 गते 18:56

    sayed sabaiko socha yastai hudo ho ta nepal film industry dherai high ma pugthyo hola.. anyways Aashisma sis lai safal ta ko kamana… carry on ur duty.

  • Birendra Kau लेख्नुहुन्छ    |   2070 असोज 8 गते 19:25

    philosopher Sukarat says,FIGHT FOR LIVE.

  • sam लेख्नुहुन्छ    |   2070 असोज 9 गते 13:10

    wrong way samatera highligth ma aaunu vanda ramro ta sahi kam garera safal hunu nai ramro ho ni hoeena ra….bt asisma ji “यो क्षेत्रमा मेरा आइडियल भनेकै मह जोडी र मिथिला शर्मा हुनुहुन्छ । उहाँहरु आजसम्म जसरी सफा छविकासाथ अघि बढेर उचाईमा पुग्नु भएको छ, भोलिका दिनमा म पनि उहाँहरु जस्तै हुन चहान्छु ।” uhaharu pani ta yahi nagarika kalakar hunuhunxa ni ta uhaharu ta ramro hunuhunxa…tapai pani ramro kalakar bannuhune xa…best of luck…..

  • desman लेख्नुहुन्छ    |   2070 असोज 10 गते 12:02

    sachhai ramro kam garnele jaha pani nam ra dam kamaunae sakcha, nepali cinema ma je naramro huncha, yo sansar mai bhaekai ho, hollywood ya bollywood hos

    garera dekaune paryo, kura garera kam chaina.

  • Rajendra Gautam लेख्नुहुन्छ    |   2070 असोज 12 गते 1:39

    Nepalese people and even media are always offensive on women celebrities. If an actor and an actress give a kiss seen for a movie, people start to comment on actress with filthy words. But, they would remain silent about the actor. So, people’s judgement is completely affected by gender based arrogance. So, please don’t care about these insensitive people. Don’t think that you are wrong just because people are biting on you. Think in a way like people are biting on you because you are getting more success. And remember that no one becomes successful without fighting against criticisms, blames…….

  • limbuwan लेख्नुहुन्छ    |   2070 असोज 13 गते 9:02

    अशिष्मा नकर्मी लाई मेरो सानो सल्लाह – मान्छेको जिन्दगीमा जब अरुले कुरा गर्ला, के पो भन्ला वा केहि गर्लाकी भनेर सोच्यो भने मान्छेले केहि पनि गर्न सक्दैन/ यस्तो सच्नुनै तपाइको मुख्य कमजोरी हो/ आफु सहि हुनुपर्छ, जगत राम्रो हुन्छ……

  • Babu लेख्नुहुन्छ    |   2070 असोज 14 गते 16:05

    अनुहार नि हुनु पर्योनि हिट हुनत , जम्मा एउटा फिल्म खेलेको छ, तिम्रा पनि खोकाई मात्र हो काठमांडूक्रेज डट कम मा तिघ्रा, नाइटो, बुब्स सबै छताछुल्ल पारेर फोटो खिचेका छौ कि फोटोग्राफरले जबर्जस्ति खिच्यो हँ? उसो हो भने पुलिसमा जानु, अदालत जानु , मह ले यो नाम कमौना कति संघर्स गरे त्यो थाहा छ? होइन भने हार्ड वर्क गर आफु भलो त दुनिया भलो !

  • D pak लेख्नुहुन्छ    |   2070 असोज 18 गते 20:50

    guff matra ho,,,,role na paungel matra ho sojo banne.

  • laxman लेख्नुहुन्छ    |   2070 कार्तिक 2 गते 22:47

    ho sahi ho

  • binod लेख्नुहुन्छ    |   2070 कार्तिक 3 गते 2:06

    IF U FIGHT WITH CURRENT SITUATION OF NPL FILM IND U GONE GET UR BRIGHT FUTURE COZ NOW SITUATION IS GOING BAD SO IT WILL BE FINE AFTER COUPLE YEAR SO U GUYS NEED TO WALK WITH EVERY PERSON WHO GONE HELP 4 UR FUTURE ,BUT TODAY IM SURPRISED COZ U ALSO WALKING IN NPL ILM IND ,I SEE U FIRST TIME IN NEWS TODAY ……………

  • sunil balami लेख्नुहुन्छ    |   2070 कार्तिक 7 गते 12:06

    leave it ,and choose the another field.so better feel your life.this sector not to progress in Nepal.

  • biraj लेख्नुहुन्छ    |   2070 कार्तिक 26 गते 18:53

    i like ur though .dont loose ur heart ,do hard work n u will be a super actress in future .

  • Hari Prasad Lamichhane लेख्नुहुन्छ    |   2070 मंसिर 4 गते 0:58

    नजिक बाट हेरेको ले नेपाली सिनेमा को छेत्र त्यस्तो लागेको होला तर भारतीय सिनेमा पनि त्यस्तै हो , केटिहरुको त्यहि होला चाला त्यहाँ पनि |

  • Harisharan Khadka लेख्नुहुन्छ    |   2070 मंसिर 9 गते 12:34

    malai ramrari thaha xa Nepali Heroine haru ko pida sayad tyastai manxe haru le garda yo Pesa pani Ghrinit banna pugyo ra Nepal ma ramra ra Talent Kalakar haru le aja aafno yes pesa tyagnu parne bhayo

  • madan pant लेख्नुहुन्छ    |   2070 मंसिर 14 गते 7:15

    केटिहरु आफु सहि हुनुपर्छ, जगत राम्रो हुन्छ……

  • Ravindra Budha Magar लेख्नुहुन्छ    |   2070 मंसिर 30 गते 15:03

    शरीर खोल्दै मा कोहि हित हुने हैन अशिश्मा जी आफ्नो कलालाई खोल्नुहोस. अनि अरुले के गर्यो त्यसको पछाडी लाग्न जरुरि छैन . जेहोस तपाइको उजल भाभिश्यकोलागी धेरै धेरै शुभकामान छ तपाइलाई . फोटो हेर्दा त केहि गर्नुहुन्छाकी जस्तो देखिनुहुन्छ है अशिश्मा जी.

  • राजन महर्जन लेख्नुहुन्छ    |   2070 पुष 23 गते 12:46

    अशिष्मा जी, मैले तपाईलाई नेवारी मोडलको रुपमा धेरै चिन्ने गरेको छु। मेरो सिधा suggestion, तपाई अर्कै field select गर्नुस्। तर नेपाली चलचित्र तिर पनि अाफ्नो नजर राखिराख्नुस् ।

    The ecosystem of Nepali Movies used to be very great at the time of Movies like “Chino” until “Darpanchaya”. But after the great artists and manpower related to Movies went abroad to making their living, the ecosystem of Nepali Movie industries lost its glory. Until and unless a QUALITY film maker will come to make QUALITY movie, nepali movie will not get any market. And until Nepali movies get any market, Celebrity will make neither money nor fame.

    Study in the field of Film making like Priyanka Karki. Since movie making is huge project, it is hard to make movie by few people. You will need all pieces created in excellent manner to put together to make hit movie. I suggest you to prepare for it as it will take decade to be pro on these discipline. Today you are alone and you have to beg for those ill mannered director who doesn’t know what to present in front of audiences. So you guys have no future. So focus on being part of Better ecosystem for Nepali Movie which will eventually lead success to future celebrity.

    All the best!

  • [email protected] लेख्नुहुन्छ    |   2071 वैशाख 24 गते 14:47

    AFTER STUDING ALL CONCEPT AND YOUR PROBLEMS YOU SHOULD DO A PRESTIGIOUS JOB RETHER THAN FILM INDUSTRY.BECAUSE THIS INDUSRTY IS BAD FOR A GOOD GIRL AND THERE IS ALOT OF UNCERTAINITY OF PERSON’S POPULARITY,AND IN THE FUTURE THE SOCIETY OF OUR COUNTRY SEE HEROINE AS A BAR GIRL,SO THERE IS A LOT OF CHANCE OF DIVORCE BETWEEN YOU AND YOUR HUSBAND!!!BY WHICH YOUR LIFE MAY BE A ……..!!!!!:(