डरलाग्दो बन्दैछ अन्तरिक्षको फोहर : सफा गर्न ‘कुचिकार’ पठाइँदै

2070 असोज 8 गते 18:43 मा प्रकाशित

अन्तरिक्षमा जम्मा भएको ठूलो परिमाणको फोहर पछिल्लो दिनमा चुनौतिको विषय बन्दै गएको छ । विभिन्न राष्ट्रले अन्तरीक्षमा पठाएका यान तथा भु उपग्रहहरुको अवधि समाप्त भएसँगै त्यस्ता यान तथा स्याटेलाइटलाई अन्तरीक्षमै नष्ट गर्ने गरिएको छ । जसका कारण धातुका टुक्रा लगायतका फोहरको ठूलो परिमाण अन्तरीक्षमा जम्मा हुँदै गएको छ । त्यस्ता टुक्राहरुले पृथ्वीको तिब्र गतिमा परिक्रमा गरिरहेका हुन्छन् ।

space

नासाले अघिल्लो वर्ष पृथ्वीको कक्षमा यसरी परिक्रमा गरिरहेका फोहरकेा मात्रा उच्च विन्दुमा पुगिसकेको र त्यसले गम्भीर समस्या उत्पन्न गरेको बताएको थियो । यस्तो फोहरका कारण भविष्यमा पृथ्वीबाट रकेट प्रक्षेपण गर्न नसकिने मात्र होइन सूर्यबाट आउने प्रकाश समेत छेकिन सक्ने खतरा हुन्छ । अन्तरीक्षमा जम्मा भैरहेको यस्तो फोहरले पृथ्वीमा कुनैदिन ठूलो दुर्घटना समेत निम्त्याउन सक्ने वैज्ञानिकहरुले चेतावनी दिइरहेका बेला स्विजरल्याण्डका वैज्ञानिकहरुले अन्तरिक्ष सफा गर्न कुचिकार पठाउने भएका छन् ।

space 2

वास्तवमा अन्तरिक्षमा कुनै कुचिकार मान्छे पठाउन लागिएको भने होइन । स्विजरल्याण्डका वैज्ञानिकहरुले एक यस्तो भुउपग्रह अन्तरीक्षमा पठाउँदैछन् त्यसले पाँच वर्षसम्म अन्तरीक्षको फोहर सफा गर्नेछ । त्यो भुउपग्रहमा लचकदार हाँगा हुनेछन् । त्यस्तो हाँगाको सहायताले त्यस स्याटेलाइटले फोहरका टुक्रा जम्मा गर्नेछ । क्लिन स्पेन वन नामक उक्त स्याटेलाइटले त्यसरी जम्मा गरेका फोहर चिजलाई अन्तरीक्षबाट हुत्याएर पृथ्वीको बायुमण्डलमा पठाउनेछ र ती पदार्थ वायुमण्डलमा जलेर पृथ्वीमा खरानीको रुपमा खस्नेछन् । अढाइ सय किलो तौलको उक्त भु उपग्रह सन् २०१८ सम्ममा प्रक्षेपण गर्ने लक्ष्य रहेको छ ।

“डरलाग्दो बन्दैछ अन्तरिक्षको फोहर : सफा गर्न ‘कुचिकार’ पठाइँदै” मा प्राप्त 7 प्रतिकृयाहरू
  • Dhurba लेख्नुहुन्छ    |   2070 असोज 9 गते 8:19

    स्विजरल्याण्डका बैज्ञानिकहरुलाई यस्तो सराहनिय कामका लागि हृदय देखिनै धन्यवाद साथै सफलताको पनि शुभकामना ।

  • Ramesh लेख्नुहुन्छ    |   2070 असोज 9 गते 11:25

    Great Salut for Scientist…

  • Ramchandra Thapa लेख्नुहुन्छ    |   2070 असोज 9 गते 12:19

    it is very good job performed by the scientists of Switzerland.

  • Everest Jung लेख्नुहुन्छ    |   2070 असोज 9 गते 13:27

    I appreciate it….

  • Hikmat Thapa लेख्नुहुन्छ    |   2070 असोज 9 गते 14:00

    it is very important to clean the space. we can see the resul in http://www.onlinekhabar.com/2013/09/113332/. So, we all aware about that.

  • Ashok kumar neupane लेख्नुहुन्छ    |   2070 असोज 9 गते 15:19

    it is very important to clean the space.
    Great Salut for Scientist…

  • Ashutosh Mani Tripathi लेख्नुहुन्छ    |   2070 असोज 10 गते 13:37

    The scientists of switzerland need not do anything. Due to my research the upmost gravitational pull in the universe shall distort it down and i don’t think it poses threat because it will be recycled by it’s electromagnetic interaction in the space only.

    Tilak Reply:

    Ali ramrari bhujam na ashutosh tripathi sir…. Cant understand what u said

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...