OnlineKhabar.com

पाकिस्तानमा शक्तिशाली भूकम्प

2070 असोज 8 गते 19:28 मा प्रकाशित

८ असोज, काठमाडौं । पाकिस्तानको उत्तरी इलाकामा शक्तिशाली भूकम्प आएको छ । ७.७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

अहमदाबादमा मानिसहरु घरबाट निस्किएर सडकमा आएका थिए । कराँची र हैदराबादमा भने सामान्य धक्का महसूस भएको थियो । भूकम्पको धक्का दिल्लीसम्म महसूस भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिलेसम्म कुनै हाताहातीको खबर भने आएको छैन ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“पाकिस्तानमा शक्तिशाली भूकम्प” मा प्राप्त 1 प्रतिकृया
  • moh dolakha ko pandey लेख्नुहुन्छ    |   2070 असोज 10 गते 19:14

    daraunu pardaina kehi hooonna