OnlineKhabar.com

यसपालि कुन पार्टीले कसरी जित्ला चुनाव ?

2070 असोज 8 गते 19:48 मा प्रकाशित

krishna abiralकृष्ण अविरल

मंसिर ४ मा संविधानसभाको दोस्रो चुनाव हुने लगभग निश्चित भएको छ । यतिबेला कांग्रेस-एमालेका अधिकांश नेता-कार्यकर्ता दुईतिहाइ बहुमतको दाबी गरिरहेका छन् । उनीहरुलाई लागिरहेको छ, एमाओवादी फुटेर दुई चिरा भएको मौकामा चुनावमा जान पाइयो भने एमाओवादीको शर्मनाक हार हुने पक्का छ ।

विगतमा सरकार सञ्चालनमा देखिएको असफलता, लोकपि्रय ठानिएका बाबुरामको शीघ्रपतन, सरकारी नियुक्ति र ठूलाखाले ठेक्कापट्टामा देखिएको ताण्डव, पूर्वलडाकुहरुको असन्तुष्टि, वेपत्ता तथा सहिदपरिवारको उपेक्षा आदिका कारणले पनि एमाओवादी चुनावमा पत्तासाफ हुने कांग्रेस र एमाले नेताहरुको अनुमान छ ।

उता माओवादी नेतृत्व भने आफ्नो १२० सिट सुरक्षित भएको र अलिकति बल गर्दा १६० पुर्‍याउन सकिने आँकलन गरिरहेको छ । संघीय समाजवादीलगायतका पार्टीसँग तालमेल गर्न सकियो र आन्तरिक कलह मिलाउन सकियो भने २० सिट थपिन सक्ने एमाओवादीको सपना छ ।

चुनावका लागि एमाओवादीले गरिरहेको हल्लाखल्ला हेर्दा उसको विश्लेषण सतहीजस्तो पनि देखिँदैन । उनीहरु भन्छन्- “पहिलो चुनावमा हामीसँग चुनावको अनुभव नै थिएन । हामीले त अँध्यारोमातिर हानेका थियौँ । यसपटक त हामीसँग अनुभव पनि छ, समर्थक पनि बढेका छन् । दुईतिहाइ किन आउँदैन ?”

साँच्चै नै । एमाओवादीसँग यतिखेर अनुभव मात्रै होइन साम, दाम, दण्ड, भेद सबैथोक छ । विगतका दरवारियाहरुको साथ र समर्थन छ । र, त्यसलाई प्रयोग गर्न सक्ने प्रचण्ड-कला पनि छ । यी सब अस्त्रका अगाडि आन्तरिक विवादमा रुमलिएका कांग्रेसका नेताहरुले ठूलो दल बन्छौं भन्दा विचरा Û भन्न मन लाग्छ ।

रामचन्द्र झाजस्ता इमानदार नेता र श्रवण मुकारुङजस्ता बफादार कार्यकर्ताहरुको समेत विश्वास जित्न नसक्ने एमाले नेताहरुको चुनावबारे कुरा सुन्दा त झन् दीपकराज गिरी र दीपाश्री निरौलाको ‘तीतो-सत्य’ नै बिर्सिइन्छ ।

एमाओवादीमा फुटेको घाउ आलो रहेका बेला चुनावमा गइयो भने उसको शर्मनाक हार हुने विश्लेषण कांग्रेस-एमालेका नेताहरुको छ । तर, एमाओवादीका नेताहरुले भने फुटलाई अवसरका रुपमा लिइरहेका छन् । हुन पनि शोकलाई शक्तिमा बदल्नु एमाओवादीको जन्मजात संस्कार नै हो । एमाओवादीका नेताहरुलाई थाहा छ, आफ्नो पार्टीका कार्यकर्ता, समर्थक शुभेच्छुकहरु आफ्नो पार्टीको पछिल्लो कार्यशैलीसँग जतिसुकै असन्तुष्ट भए पनि उनीहरुले कांग्रेस-एमाले वा अन्य संशोधनवादी पार्टीलाई भोट हाल्दैनन् । बरु चुनावका दिन कुनै अमूक नेताको मासुभात खाएर बस्छन् । त्यसकारण पनि उसले १६० सिट जित्ने आंकलन गरेको हुनसक्छ ।

चुनाव हुने अघिल्लो साँझका लागि एमाओवादीको तयारी त झन् साँच्चै डरलाग्दो हुन सक्छ । चुनाव हुने अघिल्लो साँझ एमाओवादीका कार्यकर्ताहरु मुखमा पटि्ट बाँधेर बहिष्कारवादी ड्यास माओवादीका कार्यकर्ता हौँ भन्दै कांग्रेस-एमाले समर्थकका घर-घरमा जान सक्टन् । “भोलि भोट हाल्न गयौ भने तिमेरलाई ठीक पार्छौँ” भनेर तर्साउन पनि बेर लगाउन्नन् । यस्तो अवस्थामा कट्टर कार्यकर्ताबाहेक कांग्रेस एमालेका जनसाधारण भोट हाल्न जाने छैनन् । उता एमाओवादीले भने आफ्ना समर्थक र शुभेच्छुकहरुलाई भने खोजीखोजी ल्याएर भोट हाल्न लगाउन सक्छ । त्यति भएपछि एमाओवादीले पहाडी इलाकामा मात्रै होइन, मधेशमा समेत सोरपटार पार्न सक्छ । प्रभावशाली नेताहरु मधेशबाट चुनाव लड्ने एमाओवादीको मधेश नीति हचुवाको भरमा त्यसै आएको होइन ।”

एमाओवादीका विगतका कमजोरी र करतुतहरुलाई दस्तावेजीकरण गरेर भँजाउन सकेको भए कांग्रेस-एमालेले आफ्नो पक्षमा जनमत जुटाउन सक्थे । त्यसका लागि युद्धमा लडेर अंगभग भएका तर अहिले विचल्लीको जीवन बाँचिरहेकाहरुलाई रणनीतिक रुपमा उपयोग गर्न सक्थे । विगतमा एमाले नेता माधव नेपाललाई हराउनका लागि उपयोग गरिएको अर्थात् तात्कालीन राजा ज्ञानेन्द्रलाई दाम राखेको फोटो घर-घरमा पुर्‍याएर हराएको घटनाबाट पाठ सिकेर प्रचण्ड-महलको असलियत, उनको विलासी दैनिकी, प्रकाशका करतुतहरुको कहानी, सुमार्गीसँगको लगानी साझेदारी मात्रै पनि उपयोग गर्न सक्थे भने चुनावी माहौल नै अर्को हुन सक्थ्यो । बाँकेको ढकेरीबाट हराएको भनिएको ३० केजी सुन र पाँच केजी चाँदीको भित्री कुरा, लडाकुका नाममा लिएको सरकारी रकमको घोटाला आदिका कुरा जनतालाई बुझाउन सकेको भए उनीहरुका विरुद्धमा हेलिकोप्टर चार्टर गरेर दौडाहा गर्नै पर्दैनथ्यो । जनतालाई भाषण कोच्याउनै पर्दैनथ्यो । लडाकु बन्ने क्रममा गरिब जनताका छोरीहरुले पार्टीलाई बुझाएको नाकको फुली, कानको टप र गलाको तिलहरी ढकेरीबाट हराएर प्रचण्ड महलको भित्ताभित्ता टाँसिन आइपुगेको छ भन्ने कुरा तिनकै कार्यकर्तालाई थाहा दिन सकेको भए माओवादीप्रतिको उनीहरुको धारणा नै फेरिन सक्थ्यो । एमाओवादी भनेको भारतीय गुप्तचर संस्था ‘रअ’ले योजनाबद्ध रुपमा जन्माएको ‘मानसपुत्र पार्टी’ हो भन्ने कुरा तथ्यगत रुपमा अघि सार्न सकेको भए उसका नेता-कार्यकर्ताले सार्वजनिक रुपमा अनुहार देखाउन सक्ने स्थिति पनि हुने थिएन । तर, गुटबन्दी र आफ्नै गाँड कोराकोरमा व्यस्त कांग्रेस-एमालेबाट जनसाधारणले यस्तो भण्डाफोरको अपेक्षा नगरे हुन्छ । तिनका अगुवा नेताहरुको कार्यशैली हेर्दा कमसे कम तिनको नेतृत्व रहेसम्म कांग्रेस र एमालेले दुईतिहाइ त के बहुमत ल्याउने सपना पनि नदेखे हुन्छ । ती पार्टीको नेतृत्व युवापुस्तामा आयो र रणनीति फेरियो भनेचाहिँ भन्न सकिन्न Û किनकि कांग्रेस र एमालेका अगुवाहरूको अनुहार टेलिभिजनमा देखियो भने मात्रै पनि आमजनताले टीभी नै बन्द गर्न थालिसकेका छन् । उनीहरुप्रति घृणा र वितृष्णा चरम भइसकेको छ । तर, असन्तुष्टिको उगाल आएपछि कमसे कम जनता अर्को विकल्प खोज्न बाध्य हुन्छन् !

नयाँ संविधानसभाबाट नयाँ नेपालको संविधान बन्ला भन्ने अपेक्षाचाहिँ नगरौँ । किनकि हाम्रा अगुवा भनिने नेताहरुले हाम्रो मुलुकलाई दासताको यति गहिरो खाडलमा पुर्‍याइसकेका छन् कि दक्षिणको छिमेकीले नचाहेसम्म हामी आफैंले चाहेर पनि यहाँ केही हुनेवाला छैन ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“यसपालि कुन पार्टीले कसरी जित्ला चुनाव ?” मा प्राप्त 30 प्रतिकृयाहरू
  • narayan poudel लेख्नुहुन्छ    |   2070 असोज 8 गते 20:24

    तिम्लाई जताततै प्रचन्ड अनी माओवादी देख्ने अनौठो रोग लाग्या रहेछ, भ्रममा छौ, उपन्यास लेखेरै बस, नेपाली पोलिटिकस को प पनि थाहा छैन जस्तो लाग्यो तिमीलाई तिम्ले सोचेको जस्तो हुन्छ खुबै, जनता को मन मा बस्नु पर्छ, अब झुट प्रचारबाजी, त्रास, भ्रम को खेती, अनी कुनै खाले अनुभबी गेम ले केही हुने वाला छैन, तिम्ले भन्या जस्तो कसैलाई धम्क्यौन मात्रै आउन त चुनाव को अघिल्लो दिनमा, त्यही ढाड भाच्दिन्छन , तिमी जस्ता लुरे डर छेरुवा छन क्या हो सबै

    Dasharth Rawal Reply:

    Thik ho

  • umesh लेख्नुहुन्छ    |   2070 असोज 8 गते 20:27

    kura thick thikai ho. Janamat chai CONGRESS kai ramro dekhin6, kamjori haru huda pani. But radaniti chai ali kachha vo.

  • भरत देबकोटा लेख्नुहुन्छ    |   2070 असोज 8 गते 20:35

    आखिर कृष्ण अभिरल को भनाइ बास्तबमै ठिक हो म तो कुरामा सहमत छु |
    सबैको आलोचना तटस्थ रहेर गर्नु भयको छ |

  • bir bahadur tamang लेख्नुहुन्छ    |   2070 असोज 8 गते 20:43

    Krishna Ji your thinking is very good but moaist pati is very good ,nepali pepole god. amale,krngesh dog.

    Prachanda Reply:

    nepali people god thats ok but cpn UML n congress leader n cadder is non Nepali……….. Bir ji

  • युगेश श्रेष्ठ लेख्नुहुन्छ    |   2070 असोज 8 गते 20:54

    UML le Jitchha

  • Pallawi लेख्नुहुन्छ    |   2070 असोज 8 गते 21:08

    Krishna Timi nalayak rahexa . Prachanda ko puchxar baner thulo huna khojeko hola , dingayo babu timro ?

  • megha rai लेख्नुहुन्छ    |   2070 असोज 9 गते 0:30

    bhai timro katakchhaya herda chai manchhe lai bhram parne khalko lagyo, tra tyo timro dhogi ratniti bata utpanna bichar haru hun………

  • Bhai Kaji Tamang लेख्नुहुन्छ    |   2070 असोज 9 गते 9:04

    लेखकजीको सही लेख र विश्लेषण छ । बास्तवमा त्यही हो सत्य कुरा।

    hari bc Reply:

    lekhak ko bislen 1oo% thik 6

  • thiralal wishwakarma लेख्नुहुन्छ    |   2070 असोज 9 गते 9:37

    यि मान्छे कृष्ण माओबादी हुन या काङ्ग्रेस एमाले यो लेखबाट कसरी चिनिन्छ लेख त माओबादीको बिरुद्दमा छ त महासयहरु।

  • bindass लेख्नुहुन्छ    |   2070 असोज 9 गते 10:29

    hola kasailai ali badhi lekhera bolera batho hunxa vanne soch hune harunai hunn ni ti mulaka saag haru ho aru party ma pani nahola vanna sakindaina taraa yaad gari rakhnu aba tyo jamana gayo lagxa maubadhi lai herne rahara vayo herya aba ta ti harulai kasaile pani patyaudaina ho tapaiko bichar pani aba dherai upyuktta xaina ………… anyway b4 garnu paunu sabaiko adhikar ho

  • MUKTEE TOWER लेख्नुहुन्छ    |   2070 असोज 9 गते 10:32

    Krishnee jee,

    You have full right to see dream but at least avoid during the day time. See your dream at night. I would suggest say from your heart and you will get the right information.

  • yuwa लेख्नुहुन्छ    |   2070 असोज 9 गते 10:35

    aagami chunau ma sanghiyeta ka pakchyedhar , sanghiyeta ko ejenda bokeka laai sambidhansabha ma pathaunu parcha.
    na ki sanghiyeta nai sunna nachahane , paristhitile ghacheter matra sanghiyeta laai grahan garna badhye bhayeka hamra mahan parti Emali ani Congress jasta puratanbadi soch , khas /brahan basi soch ka laai hamile tukucha ma lagi milkaunu parcha.

  • Shiva Pd Chalise लेख्नुहुन्छ    |   2070 असोज 9 गते 10:56

    Haina yo lekhak lai pracanne le kati paisa diayara kine6an malai pani kinna manjur hune vaya yo vanda ramro gungan gaune thiya, j vaya ni krishna ji ko yo lekh chai ali suhayana hai afnai height ghataune kam nagarda nai bes hola….

  • saroj लेख्नुहुन्छ    |   2070 असोज 9 गते 12:02

    yo pani khati maobadi raichha

  • Bibek Sharma लेख्नुहुन्छ    |   2070 असोज 9 गते 12:04

    mero samaye ko barbadi garidiyo yo lekhak le, kati samma vramak kura paskina sakeko hola. Yo sabai antim chhatpatahat matra ho sathi ho. Congress ra emale le sallahakar rakhenachhan ki kya ho ani patrika ma pokhiyechha.

  • suman silwal लेख्नुहुन्छ    |   2070 असोज 9 गते 12:16

    अविरलजी,
    कांग्रेस-एमालेलाई तपाईंले कति हल्का ढंगले विश्लेषण गर्नुभएको हो । यी दुई दल सिद्धान्ततः बहुदलीय प्रतिस्पर्धाका हिमायती हुन् । उनीहरुका कतिपय गलत प्रवृत्ति आफ्नै ठाउँमा छ, त्यसका मुल्यांकन जनताले गरेकै छन्, फेरि पनि आवश्यक भएको खण्डमा गर्नेछन् ।
    संसदीय व्यवस्थालाई सत्ताकब्जाको रणनीति बनाउने ढोंगी माओवादीजस्तो होइनन्, यिनीहरु । तपाईंले भनेजस्तो चुनावमा माधव नेपाललाई हराउनेजस्तो तल्लोस्तरको व्यवहार गर्नुपर्ने अपेक्षा जब पाइयो, मलाई लाग्यो तपाईंको बौद्धिकताको स्तर पनि उही त रहेछ । अनी मास्क लगाएर कांग्रेस-एमालेका जनतालाई हर्काउने माओवादीलाई सिकाइ पनि दिनुभयो, किन तपाईं बाबुरामको प्रोपोगान्डा टिममा बस्नुभएन ?
    बढ्दा प्रोपोगाण्डा ढोंग हो । त्यहिं ढोंगले बाबुरामको अस्तित्व सकिएको थाहा छैन ? बरु ढोंगको नाममा मनपरी प्रचण्ड गर्दैनन् । धन्यवाद, तपाईंको बौद्धिकस्तर देखाउनुभएकोमा ।

  • pk bantawa लेख्नुहुन्छ    |   2070 असोज 9 गते 12:30

    कांग्रेस र एमालेका अगुवाहरूको अनुहार टेलिभिजनमा देखियो भने मात्रै पनि आमजनताले टीभी नै बन्द गर्न थालिसकेका छन् । उनीहरुप्रति घृणा र वितृष्णा चरम भइसकेको छ

  • bradhik लेख्नुहुन्छ    |   2070 असोज 9 गते 12:37

    प्रचण्ड-महलको असलियत, उनको विलासी दैनिकी, प्रकाशका करतुतहरुको कहानी, सुमार्गीसँगको लगानी साझेदारी मात्रै पनि उपयोग गर्न सक्थे भने चुनावी माहौल नै अर्को हुन सक्थ्यो । बाँकेको ढकेरीबाट हराएको भनिएको ३० केजी सुन र पाँच केजी चाँदीको भित्री कुरा, लडाकुका नाममा लिएको सरकारी रकमको घोटाला आदिका कुरा जनतालाई बुझाउन सकेको भए उनीहरुका विरुद्धमा हेलिकोप्टर चार्टर गरेर दौडाहा गर्नै पर्दैनथ्यो । – See more at: http://www.onlinekhabar.com/2013/09/119620/#sthash.LZxTjiqN.dpuf

    Upendra Reply:

    कुरा ठीक हो । आगमी चुनाबम मओबादिले जित्छ । तर तपाईंले दिनुभएक तर्क आधारम होईन ।जित्ने आधार के हुन भने लाखौ जनताको सहभागितामा हजारौ नेपालिको बलिदान बाट देशमा सयौबर्ष पुरानो जहाँनिया साशनको अन्त्य भाई गणतन्त्र स्थापना भयो र आज देशको साधरण नागरिक सर्बोच्च सासक छन । जबकी दश बर्ष पहिला तपाइले तुलना गर्नु भएका पार्टीको डिक्सनरिमा गणतन्त्र शब्द थिएन । १ ।

  • RM लेख्नुहुन्छ    |   2070 असोज 9 गते 12:52

    एमाओवादीका नेताहरुले भने फुटलाई अवसरका रुपमा लिइरहेका छन् । हुन पनि शोकलाई शक्तिमा बदल्नु एमाओवादीको जन्मजात संस्कार नै हो । एमाओवादीका नेताहरुलाई थाहा छ, आफ्नो पार्टीका कार्यकर्ता, समर्थक शुभेच्छुकहरु आफ्नो पार्टीको पछिल्लो कार्यशैलीसँग जतिसुकै असन्तुष्ट भए पनि उनीहरुले कांग्रेस-एमाले वा अन्य संशोधनवादी पार्टीलाई भोट हाल्दैनन्

  • prabn लेख्नुहुन्छ    |   2070 असोज 9 गते 14:13

    good yo ta 100% ho navaye chunab paxi heraula

  • jalim pun लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:25

    yo lekha k bhanna khojya ho bujhen maobadi bakhan ho ki gaali ho . arko kura timi jasta paji ho tauko ma rato feta baneko sang daraune nepali janta aba daraune wala chhainan
    yesta lekha nalekhidina hun onlinekhabar anurodh xa

  • nepali xoro लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:29

    harami aabiral ..ali b4 purayara leakh …mawobadi ko kathputali

  • roji लेख्नुहुन्छ    |   2070 असोज 9 गते 18:42

    कांग्रेस र एमालेका अगुवाहरूको अनुहार टेलिभिजनमा देखियो भने मात्रै पनि आमजनताले टीभी नै बन्द गर्न थालिसकेका छन् । उनीहरुप्रति घृणा र वितृष्णा चरम भइसकेको छ ।

  • ramhari लेख्नुहुन्छ    |   2070 असोज 9 गते 19:33

    Tapai jasto maobati bhatko kirtiharu padekoma paschatap lagyo.Dhanyabad afno asali rup dekhayekoma.

  • Yadu Kumar लेख्नुहुन्छ    |   2070 असोज 9 गते 19:39

    विश्लेषण ठीक भएन । माओवादीले विगत चुनाव गलत हत्कण्डाले जित्यो, कांग्रेस–एमाले बिचराहरु त्यस्तो कुनै उपाय अपनाउन सक्दैनन्, त्यसैले जित्दैनन् भन्नु भ्रष्टाचार गर्नुपर्छ अनि धनी होइन्छ, भन्नु जस्तै हो । शान्तिपूर्ण चुनाव भयो भने जनता जनार्दनले फैसला गर्लान् । सचेत युवाको प्रयास कुनै अमूक पार्टीले चुनाव जितोस्, नजितोस् भन्नुभन्दा पनि अथवा चुनावमा हुने गलत प्रवृत्तिलाई बढावा दिनुभन्दा चुनाव मर्यादित बनाउने वातावरण बनाउनु जानु उपयुक्त होला । चुनाव जित्न विपक्षी चरित्रहत्या नै गर्नुपर्छ भन्नु ठीक होइन ।

  • jhapai mailo लेख्नुहुन्छ    |   2070 असोज 9 गते 19:40

    प्रचण्ड-महलको असलियत, उनको विलासी दैनिकी, प्रकाशका करतुतहरुको कहानी, सुमार्गीसँगको लगानी साझेदारी मात्रै पनि उपयोग गर्न सक्थे भने चुनावी माहौल नै अर्को हुन सक्थ्यो । बाँकेको ढकेरीबाट हराएको भनिएको ३० केजी सुन र पाँच केजी चाँदीको भित्री कुरा, लडाकुका नाममा लिएको सरकारी रकमको घोटाला आदिका कुरा जनतालाई बुझाउन सकेको भए उनीहरुका विरुद्धमा हेलिकोप्टर चार्टर गरेर दौडाहा गर्नै पर्दैनथ्यो???

  • Raj Bhandari लेख्नुहुन्छ    |   2070 असोज 10 गते 10:08

    कृष्ण आबिरल असल नागरिक भयकाले शाही मुलान्कन गरे तर पाठक चाँही राजनीतिक दलको सदस्य भयर होला यथार्थ बिस्लेसन लाई गलत र पछेपाती थानेका होलान हामी सबैले यसरी दललाई छान्न सक्नु पर्छ । र दललाई बहिस्कर गर्न सक्नु पर्छ ।

  • suman लेख्नुहुन्छ    |   2070 असोज 12 गते 0:19

    jaha pani prachanda ko matra charcha cha.Prachanda Nepal ko lagi god nai ho ki k ho…………..

  • deepak anuragee लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:01

    yamale nai ho tholo party/…………….

  • deepak anuragee लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:03

    Bichar ramro vayan thik leknu pareo hai?

  • hira लेख्नुहुन्छ    |   2070 असोज 13 गते 10:36

    बाँकेको ढकेरीबाट हराएको भनिएको ३० केजी सुन र पाँच केजी चाँदीको भित्री कुरा, लडाकुका नाममा लिएको सरकारी रकमको घोटाला आदिका कुरा जनतालाई बुझाउन सकेको भए उनीहरुका विरुद्धमा हेलिकोप्टर चार्टर गरेर दौडाहा गर्नै पर्दैनथ्यो –

  • sahadev लेख्नुहुन्छ    |   2070 असोज 17 गते 11:51

    ma lai krishna abiral कुरा रामरो लागयो के बेर (- र कयास )मिलनु के बेर

  • tamang puran लेख्नुहुन्छ    |   2070 असोज 17 गते 13:32

    श्रवण मुकारुङजस्ता बफादार कार्यकर्ताहरु
    kasle bhanyo krishna ji श्रवण मुकारुङ cpn uml ko बफादार कार्यकर्ता ?
    श्रवण मुकारुङ cpn uml ko कार्यकर्ता kahile pani hoina hai .

  • mohan dhakal लेख्नुहुन्छ    |   2070 असोज 21 गते 14:36

    we shoud vote for only honest canidate not party who can write sambidhan

  • mausam लेख्नुहुन्छ    |   2070 असोज 26 गते 1:31

    pratikriya chai rajnaitik parti ka harule gareko le yasto bho… tara lekhak ko bislesan sahi chha hai…..