हेटौंडा सुरुङ मार्ग निर्माण कात्तिक २५ मा सुरु हुने

'पुँजी जुटाउन सबैभन्दा चुनौतीपूर्ण'

2070 असोज 8 गते 20:08 मा प्रकाशित

८ असोज, काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनीले काठमाडौं-हेटौंडा सुरुङ मार्गको भौतिक निर्माण कार्य आगामी कात्तिक २५ गते सुरु गर्ने जनाएको छ । कम्पनीको हिजो सोमबार सम्पन्न पहिलो साधारणसभाले आवश्यक पूर्व तयारी सम्पन्न गरी उक्त मितिमा काम सुरुवात गर्ने निचोड निकालेको हो । कम्पनीले साधारणसभाको निर्णयबारे जानकारी गराउन आज मंगलबार पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

त्यो अवधिभित्र ठेक्का पट्टा र डिजाइनिङ्गको सम्पूर्ण कार्य सक्ने कम्पनीका अध्यक्ष कुशकुमार जोशीले बताउनुभयो । यस कम्पनीमा सरकारी निकायको लगानी रहे पनि सार्वजनिक खरिद कानुन लागू नुहुने अध्यक्ष जोशीले स्पष्ट गर्नुभयो । ‘सरकारी निकायहरुको लगानी रहे पनि हाम्रो खरिद प्रक्रिया कम्पनी ऐनअनुसारको कार्यविधिबाट हुन्छ’, उहाँको भनाइ थियो ।

purwadhar bikas company

कम्पनीमा मकवानपुर जिविस र हेटौंडा नगरपालिकाले एक/एक करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको अध्यक्ष जोशीले बताउनुभयो । त्यस्तै, मार्गको आसपास रहेका गाविसहरुले पनि लगानी गर्ने उहाँले जानकारी दिनुभयो । खरिद प्रक्रिया प्रतिस्पर्धात्मक र पारदर्शी हुने तर छिटो टुंगिने गरी गरिने उहाँको भनाइ थियो ।

कम्पनीले निर्माण कार्य थाल्ने मिति पटक पटक सार्दै आएको छ । यसअघि दुई पटक मिति सारिसकेको सन्दर्भमा अध्यक्ष जोशीले भन्नुभयो, ‘पटक पटक काम सुरु गर्छौ भने पनि विविध कारणले गर्न सकेका छैनौं, पछिल्लो मिति भने साधारणसभामा व्यापाक छलफलपछि तय भएको हुनाले कार्यान्वयन हुनेछ ।’

पुँजी जुटाउन सबैभन्दा चुनौतीपूर्ण

कम्पनीको लागि सबैभन्दा ठूलो चुनौती पुँजीको जोहो भएको जोशीको भनाइ थियो । अहिलेसम्म २८ वटा बैंकहरुले लगानीका लागि आसय पत्र दिएको दाबी उहाँले गर्नुभयो । साथै पाँच वटा रेमिटान्स कम्पनीबाट अर्बौं रुपैयाँको लगानी प्रतिवद्धता व्यक्त भई पैसा आउने क्रममा रहेको पनि उहाँले दाबी गर्नुभयो । पाँच अर्बको लगानी प्रतिवद्धता आइसकेको दाबी गर्दै उहाँले मुख्य चुनौतीलाई त्यसले सहज पारिदिएको बताउनुभयो ।

एक जनाले जति पनि लगानी गर्न सक्ने

साधारणसभाले कम्पनीको अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट १८ अर्ब पुर्‍याउने निर्णय गरेको छ । कूल ३५ अर्बको परियोजनामा १० अर्ब संस्थापक सेयर, ७ अर्ब साधारण सेयर र बाँकी बैंक ऋण उठाउने योजना रहेको कम्पनीले जनाएको छ । साधारणसभामा पेश गरिएको वाषिर्क प्रतिवेदनअनुसार, कम्पनीको चुक्ता पुँजी ४ करोड ५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५५ लाख प्रशासनिक खर्च गरेको जनाएको छ ।

यसअघि भनिंदै आएको एक व्यक्ति अधिकतम लगानी सीमा दश लाखलाई पूरै खुला गरिएको जोशीले बताउनुभयो । ‘हामीलाई ३५ अर्ब जुटाउनु छ, त्यसैले अधिकतम् दश लाख भन्ने होइन, साना लगानीकर्तालाई सम्मान दिन मात्र त्यस्तो सोच बनाइएको हो’, जोशीले भन्नुभयो, ‘एक करोड, पाँच करोड, दश करोड जति पनि लगानी गर्न खुला छ ।’

पुरानै सञ्चालकलाई निरन्तरता

साधारणसभाले तदर्थ समितिलाई सर्वसम्मत निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष लालकृष्ण जोशी र सञ्चालकहरु प्रदीपजंग पाण्डे, सुकुन्तलाल हिराचन, जयराम लामिछाने, सुवासचन्द ठकुरी, मोहन बस्नेत, सिद्धिलाल श्रेष्ठ, राजुमान महर्जन र नुगल अनन्त वैद्य हुनुहुन्छ ।

कालिका कन्स्ट्रक्सनका बिक्रम पाण्डेले राजीनामा दिएपछि वैद्य नयाँ सञ्चालक आउनु भएको हो । आफूहरुले प्रस्ताव गरेको मोडलबाट परियोजना सफल हुने विश्वास नभएको भन्दै पाण्डे बाहिरिनु भएको अध्यक्ष जोशीले बताउनुभयो । साधारणसभामा सेयरधनीले मुख्यतः आर्थिक अनुशासनको विषयमा जिज्ञाशा राखेको र त्यसमा आफूहरुले चित्त बुझाउन सफल भएको उहाँले बताउनुभयो ।

अत्यन्त जोखिम र जटिल छ

अध्यक्ष जोशीले बुट मोडलमा निर्माण गर्न लागि यो परियोजना नेपालमा हालसम्मकै नयाँ मोडेल भएको हुनाले अत्यन्तै चुनौती र जटिलता रहेको बताउनुभयो । यदि परियोजना बीचमा असफल भएमा लगानीकर्ताको अवस्था के हुन्छ भन्ने प्रश्नमा अध्यक्ष जोशीले भन्नुभयो, ‘सर्वसाधारण जनताको लगानीमा निर्माण हुन लागेको यत्रो ठूलो प्रोजेक्टमा सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ, समस्या परेमा सरकारले टेक ओभर गर्नुपर्ने उसको दायित्व हो ।’ यद्यपि कानुनी रुपमा कम्पनी अघि बढ्न नसकेमा सरकारले हस्तक्षेप गर्ने प्रावधान सम्झौतमा नराखिएको उहाँले जानकारी दिनुभयो ।

मुनाफाको सम्भावना अधिक

सरकारले यस प्रोजेक्टमा करहरु छुट दिएको हुनाले लगानी प्रतिफलको सम्भावना बढी रहेको उहाँको तर्क थियो । ‘अरु कम्पनीले २५ प्रतिशत आयकर तिर्नुपर्नेमा हामीले १२.५ प्रतिशत तिरे हुन्छ, निर्माण सामग्री र मेसिनरीको आयतमा पनि ड्युटी फ्री छ’, उहाँको भनाइ थियो, ‘त्यसैले प्रतिफलको सम्भावना अधिक छ ।’

परियोजना सफल भए प्रतिफल आउने तर असफल भए लगानी डुब्ने जोखिम सेयर लगानी गर्नेले नै व्यहोर्नुपर्ने उहाँले स्पष्ट गर्नुभयो । ‘हामीले एकै पटक सबै रकम उठाउँदैनौं, विदेशमा काम गर्ने नेपालीलाई सम्पूर्ण कमाइ यसमा लगाउनुस् भनेका पनि छैनौं’, उहाँको भनाइ थियो, ‘फजुल खर्च नियन्त्रण गरेर देशको विकासमा योगदान गर्नुस् भनेका हौं ।’

लगानी गर्न आकषिर्त भएका व्यक्तिहरु दुई प्रकारका रहेका उहाँले उल्लेख गर्नुभयो । ‘एक थरीले देशको निम्ति गर्न खोजेको रहेछ, डुबे डुबोस् भनेर लगानी गर्न खोजेका छन्’, उहाँको भनाइ थियो, ‘अर्काथरीले प्रतिफल पाइन्छ भन्ने विश्वास गरेरै लगानी गर्न खोजेका छन् ।’

लगानीका वैकल्पिक बाटा पनि छन्

यदि अहिले अघि सारिएका विकल्पबाट पुँजी जुट्न नसकेमा विदेशी लगानीसमेत भित्राउने क्षमता आफूहरुसँग रहेको दाबी उहाँले गर्नुभयो । ‘नेपाली नागरिकबाटै पुँजी जुट्छ भन्ने हाम्रो विश्वास छ’, जोशीले भन्नुभयो, ‘केही गरी पुँजी पुगेन भने प्रत्यक्ष वैदेशिक लगानी भित्राउन पनि हामी तयार छौं ।’

अर्बौंको परियोजनामा १० लाख लगानी गर्ने सञ्चालक रहेको अवस्थाप्रति विभिन्न पक्षबाट चासो र जिज्ञाशा आएको जानकारी दिंदै अध्यक्ष जोशीले भन्नुभयो, ‘आवश्यक पर्‍यो भने हामी करोडौं लगानी गर्न पनि सक्छौं, सबै नेपाली सहभागी होउन् भनेर मात्र थोरै लगानी गर्ने सोच बनाएका हौं ।’

“हेटौंडा सुरुङ मार्ग निर्माण कात्तिक २५ मा सुरु हुने” मा प्राप्त 5 प्रतिकृयाहरू
  • Nepali लेख्नुहुन्छ    |   2070 असोज 8 गते 22:44

    this is absolutely bastard plan.this compnay dont have even idea of what they talking about.this is pre plan program to make failure of kathmandu fast track.if fast track is ready no use of this tunnel road. and both projecct cant be start.so idiots please let first make govt fat track .

  • alpha-beta-z लेख्नुहुन्छ    |   2070 असोज 8 गते 23:22

    yo new cover gareko namilya ho ki k ho, kush kaka ko boli ko tone sunda ta clauses haru lai herda eauta le arko lai katcha, sarkar ko involment chaina re planning ma, pachi hastachep ni garna paucha re. pahila sano lagani karta lai banera 10lakh ko limit re ahile jati pani re, paisa chiana re, feri paisa manage garna garho vayo re.. ani 4 choti sari sakeko construction lai ahile pani sare.. purai 35 arab nauthiii banaunan jasto cha yini haru le.. 😛

  • bhim prasad लेख्नुहुन्छ    |   2070 असोज 9 गते 8:36

    chandai kam surugarera biswash dilaunu parchha

  • bishnu kc लेख्नुहुन्छ    |   2070 असोज 9 गते 10:01

    naya kam garda jokhim huncha tara jokhim na moli nirmad pani hudina all the best hami pani sakako sayog garchau tapai aagadi badnus( all the best holl tem li )

  • akd लेख्नुहुन्छ    |   2070 असोज 11 गते 9:32

    As a result of this proposed project which is initiated without proper technical and financial base neither this nor the fast track project will be implemented. This typical of Nepali mind set

  • Dipu लेख्नुहुन्छ    |   2070 चैत 19 गते 17:29

    सुरु हुन्छ कि हुदैन् ?

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...