OnlineKhabar.com

यूएईमा ‘श्रमिकको साथी’सार्वजनिक

2070 असोज 9 गते 12:25 मा प्रकाशित

उमाकान्त पाण्डे गाउंले

अबुधावी । संयुक्त अरब एमिरेट्स यूएईको दुबइमा ‘श्रमिकको साथी’ नामक हाते पुस्तक सार्वजनिक गरिएको छ । तीन लाख बढी नेपाली कार्यरत यूएईमा हुने श्रम गतिबिधी र श्रमिकका बिषयमा लेखिएको ३६ पृष्‍ठको पुस्तक बिमोचन गरिएको हो । नेपाल विश्व सहयोग संघ यूएई शाखाले प्रकाशन गरेको पुस्तकमा यहाँ कार्यरत नेपालीका समस्या र उनीहरुले गर्ने काम ,यहाँ आउनु भन्दा पहिले बुझ्नुपर्ने आधारभुत बिषयका बारे समेटिएको छ ।यहाँ कार्यरत नेपालीका समस्याका बारे संचारकर्मीको भूमिका र संचारमाध्यमले सम्बन्धित निकाय सम्म समस्या उजागर गर्ने तरिका बारे पनि पुस्तकमा समेटिएको छ ।1

समस्या पर्दा यूएईमा रहेका संघसंस्था तथा आबुधाबीमा रहेको दुतावास सम्म के कसरी सम्पर्क गर्ने र समस्या समाधानको उपायको खोजी पनि पुस्तकमा गरिएको छ ।’श्रमिकको साथी’पुस्तकमा समस्याको पहिचान र समाधानका लागि कोशेढुङगा बनाउन भरपूर्ण कोशीश गरिएको पुस्तक सार्वजनिक समारोहमा सम्पादक गोविन्द ढकालले बताए । पुस्तकलाई यूएईमा कार्यरत मजदुर क्याम्प तथा बैदेशिक रोजगार प्रबर्दन बोर्ड तथा श्रम डेस्क सम्म राखिने ब्यबस्था मिलाउने प्रकाशकले जनाएको छ ।

 यहाँ कार्यरत प्रवासी पत्रकार , तथा अन्य बुद्दिजिवीहरुले लेखेका सामाग्री समावेश गरि तयार पारीएको पुस्तकको सार्वजनिक गत शुक्रबार दुबइमा गरिएको हो । पुस्तकको यूएईका लागि नेपाली राजदुत धनन्जय झा,नेपाल बिश्व सहयोग संघ मध्यपूर्व तथा अफ्रिकी चाप्टरका संयोजक महा प्रसाद धिताल,संघका यूएई अध्यक्ष दिपक राज पौडेल, पत्रकार महासंघ यूएईका अध्यक्ष अर्जुन दाहाल ,गैर अबासिय नेपाली संघ यूएईका अध्यक्ष कृष्ण भुसाल,नेपाली समाज यूएईका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की तथा उक्त पुस्तक का सम्पादक गोविन्द ढकालले एक एक प्रती हातमा लिएर उपस्थित माझ प्रदशन गराएर संयुक्त रुपमा गरिएको हो । पुस्तक सार्वजनिक समारोह गत शुक्रबार बरदुबईको एभरेस्ट इन्टरनेसनल होटेलमा सम्पन्न भएको हो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।