९ असोज, काठमाडौं । नेपालीको महान चाड दसैंमा नयाँ होम एप्लाइन्सेन्स र विद्युतीय सामग्री खरिद गर्न चाहनेका लागि एलजीले उपभोक्ता केन्दि्रत योजना ल्याएको छ । उपभोक्ताहरुको मनमा दसैंको उमंग छाइरहेको बेला एलजीले ‘इन्जोए इनोभेसन्स सेलिब्रेटिङ्ग विथ एलजी’ उपभोक्ता योजना ल्याएको हो ।
एलजीको यो योजनाअनुसार, कुनै पनि एलजी उत्पादन खरिदमा ग्राहकले हात खाली नजाने उपहार पाउने छन् । उपहार पनि होम एप्लाइन्सेन्स र विद्युतीय सामग्रसँग सम्बन्धित नै छन् । उपभोक्तालाई मूल्य पाएको महसुस गराउने तथा एलजीका गुणस्तरीय उत्पादन प्रयोग गरेर मानिसहरुले आफ्नो जीवनस्तर राम्रो भएको अनुभव गराउने उदेश्यले यो स्किम ल्याएको कम्पनीले जाएको छ ।
ग्राहकले ४७ इन्चदेखि माथिका एलइडी स्मार्ट थ्रीडी टिभीहरु किन्दा थ्रीडी क्यामकोर्डर, ४२ इन्चको थ्रीडी टिभी किन्दा होम थिएटर वा सिजी ग्यास रुम हिटर, २२ देखि २८ इन्च एलईडी टिभी किन्दा लाभा मोबाइल, ३२ देखि ४२ इन्च एलईडी टिभी किन्दा एलजी डीभीडी प्लेयर प्राप्त गर्नेछन् ।
त्यस्तै, रेफि्रजेरेटरतर्फ डबल डोर रेफि्रजेरेटर किन्दा एक एलजी स्टिल बेल्ट र सिंगल डोर रेफि्रजेरेटर खरिदमा रेफ किट एक थान पाउने छन् । वासिङ मेसिन खरिदमा सिजी आइरन, एयर कण्डिसनरको खरिदमा फ्री इन्स्टलेसन र माइक्रो वेभ ओभनमाको खरिदमा कुकिङ्ग किट पाउने कम्पनीले जनाएको छ ।
चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...