OnlineKhabar.com

आईएमईको एसएलसी बिजेता भिमबहादुरले पाए एलइडी टिभी

2070 असोज 9 गते 12:59 मा प्रकाशित

दिपक पुडासैनी

दोहा । इन्टरनेश्नल मनि एक्सप्रेस (आईएमई)ले घोषणा गरेको दशैमा एसएलसी आयोजना अन्र्तगत सामसुङको ३२ इन्चको एलइडी टिभी बिजेता दोहामा रहेका भिमबहादुर बोलनलार्इ बिषेश उपहार प्रदान गरिएको छ ।

ime-slc

पुरस्कार इन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) कतारका प्रमुख जितेन्द्र पाण्डेले प्रदान गर्नु भएको हो ।

दोहा एक्सचेन्ज अन्र्तगतको होमसाईडबाट पैसा पठाएका बोलनकी श्रीमतीले आइएमईको एजेन्ट मार्फत एलइडी टिभी उपहार लिइसकेकी छिन् । बोलनलाई उनकै कम्पनीमा पुगेर पाण्डेले बधाई सहित उपहार प्रदान गरेका हुन् । योजना आरम्भ भएको चौथो हप्तासम्मा कतारबाट १ जनाले ३२ इन्चको एलइडी टिभी तथा अन्य ३ जनालाई सामसुङको स्मार्टफोन उपहार परिसकेको छ ।

 स्मार्टफेन पाउनेहरुमा सिटी एक्सचेन्जको बिन महम्मुद शाखाबाट पैसा पठाउने जर्नेल शेख, इश्लामीक एक्सचेन्जको मुख्यशाखा दोहाबाट पैसा पठाउने हिराबहादुर आले मगर तथा कतार युएई एक्सचेन्ज अलखोरबाट पैसा पठाउने बसिर लहेरी छन् । गत भाद्र १ गतेबाट लागु भएको योजना आगामी ३१ असोजसम्म जारी रहने छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।