भन्सार छुट दिँदैमा औद्योगिक प्रवर्द्धन हुँदैन : अर्थमन्त्री

2070 असोज 9 गते 14:10 मा प्रकाशित

९ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विदेशबाट आयातीत फर्निचरले ६० प्रतिशत नेपाली बजार ओगट्नु दुखद भएको बताउनुभएको छ । नेपाल फर्निचर तथा फर्निसिङ एक्स्पो २०१३ को बुधबार काठमाडौमा उद्घाटन गर्दै मन्त्री कोइरालाले आन्तरिक उत्पादन र आयातको असन्तुलन कम गर्ने उपायको खोजीका लागि सहकार्य गर्न सरकार तयार रहेको बताउनु भयो ।

परम्परागत सीप र कलामा आधारित उद्योगलाई प्रोत्साहित गर्न आफू जस्तोसुकै सहयोग बचन दिँदै मन्त्री कोइरालाले भन्नुभयो- ‘यस व्यवसायसँग जोडिएका नीतिगत, कानुनीदेखि लिएर भौतिक, प्राविधिक सहयोग गर्न सरकार तत्पर छ । सरकारले औद्योगिक नीति ल्याएर यसको आरम्भ गरिसकेको छ । जागरुक उद्यमीलाई सघाउन छुट्टै कोषको व्यवस्था गरिएको छ ।’

Financeminister-2

भन्सार दरमा छूट दिएर मात्र उद्योगको प्रवर्द्धन हुन्छ भन्ने सोचाइ नराख्न व्यवसायीहरुलाई सल्लाह दिँदै कोइरालाले प्रश्न गर्नुभयो- ‘यदि त्यसो हो भने मदिरा, सवारी, सुन आयातमा उच्च भन्सार दर हुँदाहुँदै पनि किन आयात प्रतिस्थापन हुन सकेन ?’

मन्त्री कोइरालाले साफ्टा, डब्लुटीओजस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेको प्रतिवद्धता सरकारको बटमलाइन भएको स्पष्ट गर्दै भ्याट र करबाट नतर्सन आग्रह गर्नुभयो । उहाँले निजीक्षेत्रको हितका लागि सरकार बाधक हैन साधक बन्ने स्पष्ट पार्नुभयो ।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष कृष्णलाल प्रधानले बिजुली, दक्ष जनशक्ति, कच्चा पदार्थ र मजदुर समस्याका कारण व्यवसाय चौपट भएको धारणा राख्नुभयो । नेपाल-चीन चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजेट भाषणमा निजीक्षेत्रलाई दिएको प्रोत्साहन व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

सो अवसरमा व्यवसायीहरुले फर्निचर व्यवसायको विकास, विस्तार र संरक्षणमा अभिभावकीय भूमिका निर्वाह गरिदिन सरकारसंग आग्रह गरे । यसका लागि वन पैदावारका समस्यालाई पनि सुल्झाउनुपर्ने उनीहरुको भनाइ छ ।

पाँच दिनसम्म चल्ने मेलामा स्वदेश तथा विदेशमा बनेका फर्निचरका अत्याधुनिक सामग्री राखिएका छन् । संघले दिएको जानकारी अनुसार यस व्यवसायमा २० अर्बभन्दा बढीको लगानी छ । सम्पूर्ण व्यवसायको एक भाग ओगटेको फर्निचर उद्योग मध्ये काठमाडौ उपत्यकामा मात्र १० हजार हाराहारीमा सञ्चालित छन् । जसबाट ५० हजारले रोजगारी पाएका छन् ।

Financeminister

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...