-जीवन शर्मा
इलामको सुन्दरपानीस्थित हरियाली चियाबारी घुमिसकेपछि जर्मनी नागरिक थोमस होल्स प्रसन्न मुद्रामा थिए । विश्वका दर्शनौं राष्ट्र घुमेर अनुभव संगालेका थोमस यहाँका थुम्का थुम्का डाडाभरि देखिएको हरियो चिया वगान र प्राकृतिक सौन्दर्यताबाट प्रभावित थिए । छैटौं पटक इलाम आइपुगेका उनी किसानले घरगाउँमा नै उत्पादन गरेको अर्थोडक्स चिया चाख्न र चियावारी घुम्न निक्कै लालायित भए ।’ यहाँ प्रकृतिले अमुल्य उपहार दिएको रहेछ यसलाई स्थानीयले वेलैमा सदुपयोग गर्नुपर्छ ।’ थोमस विश्वका नामुद चिया व्यापारी हुन् त्यसैले उनी नेपालको चियाको अवस्था बुझ्न यता आइरहन्छन् ।
यता आउँदा उनी स्थानियवासीसग चिया किन्ने गफ मात्र गर्दैनन् पर्यटन विकासका मिठा अनुभव र सम्भावनाहरूका वारेमा वेलिविस्तार पनि लगाउँछन् ।उनी इलाम आउनुको उद्देश्य नेपाली चियालाई पूर्ण अग्र्यानिक वनाएर विश्व वजारमा विक्री तथा प्रबर्द्धन गर्नु हो । तर यहाको प्राकृतिक सुन्दरता देखेर उनमा हरियो चियावारीलाई ‘टि-टुरिज्म’ सग जोडेर विकास गर्न सके यसले नेपालीहरूको आर्थिक अवस्थामा व्यापक सुधार हुने वताउँछन् । उनले भने -‘यहाँको प्राकृतिक सौदर्यमा म प्रभावित भएँ, यसलाई ‘टि-टुरिज्म’ को अवधारणा अघि सार्न सल्लाह दिन्छु ।’
हुन पनि थोमससँगै आएका अन्य जर्मनी नागरिकहरू इलामका चियावारीमा धितमरुन्जेल घुम्छन अनि गाउँलेसँगै वसेर नेपाली चियाको स्वाद लिन्छन् । सुन्दरपानीका युवा जय राई भन्छन- ‘यहाँको हरियाली चिया वगानले जर्मनीहरूमा नेपाल घुम्न आउने थप प्रेरणा र इच्छा जागेको छ’ जयले थपे । ‘यसले ‘टि-टुरिज्म’को अवधारणालाई सघाउ पुर्याउन सक्छ’,उनले प्रष्टाए ।
नेपाली चिया उत्पादनको अवस्था, किसानहरूले खेती गर्ने प्रबिधि साथै चियाको अध्ययन अनुसन्धान गर्न आउने तेश्रो मुलुकका नागरीकहरूको संख्या दिनप्रतिदिन बढन थालेपछि इलाममा ‘टि-टुरिज्म’ अत्यन्तै प्रभावकारी हुने सम्भावना देखिएको छ । नेपालका चर्चित चियाविज्ञ उदय चापागाई भन्छन् -‘नेपाली चियाको उत्पादन, गुणस्तर र विश्व वजार प्रबर्द्धन सँगसगै यसमा पर्यटनलाई पनि साथै लग्न सके स्थानीय स्तरमा आयआर्जनमा बृद्धि हुनेछ ।’ उनले भने-‘टि-टुरिज्म’ लाई अघि वढाउन सके हरेक चिया किसानलाई पर्यटकबाट मात्रै वाषिर्क पचास हजार चोखो आम्दानी हुनेछ ।’ दिनभरी चिया वगान तथा कारखानाको अध्ययन भ्रमण गर्ने र वेलुकी किसानकै घरमा ‘पेइङ गेष्ट’ को रुपमा वस्ने व्यावस्था मिलाउनु पर्ने चापागाईको भनाइ छ ।
विश्वका अमेरीका, जापान, स्पेन भारत, श्रीलंका, चाइना, स्विजरल्याण्ड लागायतका राष्ट्रहरूबाट नेपाली चियाको अध्ययन भ्रमणमा पर्यटकहरू आउने गरेका छन् । गत वर्ष कन्याम चिया वगानको अध्ययन तथा अनुसन्धानात्मक भ्रमणमा आएका स्पेनका पाच जना नागरीक यहाको प्राकृतिक रौनकतामा मात्र रमाएनन् स्थानिय एक प्राथमिक विद्यालयलाई दश हजार आर्थिक सहयोग गरेर विदा भए । स्थानिय समाजसेवी डम्बर कटुवाल भन्छन-‘चिया भ्रमणमा आएका ती नागरिक ग्रामीण परिवेषमा गाउलेहरूले देखाएको सच्चा व्यावहारको प्रतिफल पनि दिएर गए । जसले एउटा गरिब विद्यालयलाई ठूलो राहत मिल्यो ।’ नेपालमा टि टुरिज्मको सम्भावना प्रशस्त रहेकाले यसको विकासमा पहलकदमी अगाडी बढाउनु पर्ने भ्रमण दलमा रहेकी स्पेन नागरिक एलिनाले बताएकी थिइन् । इलाम आइपुगेका हरेक नागरीकलाई इलामेहरूले खुल्ला हृदयले आकर्षक ढंगले स्वागत गरेर पर्यटक तान्ने गरेका छन् । तेश्रो मुलुकका पर्यटक यस क्षेत्रमा वढाउन सके यसले स्थानिय जनजिवन सुधार हुन सक्ने मात्र होइन नेपालका लागि वरदान सावित हुनेछ ।
‘टि-टुरिज्म’ का माध्यमबाट तेश्रो मुलुकका पर्यटक नेपाल भित्राउन आकर्षक कार्यक्रमहरू अघि वढाउन पहलहरू भइरहेका छन् । इलामका पर्यटन योजनाकार धर्म गौतमका अनुसार इलाम उद्योग वाणिज्य संघको पहलमा एस.एन.भी. नेपाल तथा श्रीलंकन सरकारको सहयोगमा नयाँ परियोजना मार्फत कार्यक्रम प्रश्ताव गरिएको छ । जस अन्तर्गत चिया वगान भित्र गेष्ट रुम, आकर्षक पार्क, तथा ट्रेकिङको व्यावस्था मिलाउन लगानीकर्तालाई आग्रह गरिने छ । देशमा शान्ति स्थापना पश्चात टि-टुरिज्मको सम्भावना झनै बढेर गएको छ । भारत तथा चाइनाबाट नेपाली चियाको अध्ययन तथा अनुसन्धान भ्रमणका लागी पर्यटकको संख्या वढेको छ ।
पारिपट्टी दार्जिलिङ, सिक्किम लगायतका क्षेत्रमा टि टुरिज्मको अवधारणा ल्याइएपछि त्यहाँको पर्यटकीय विकास आकाशिएको हो । नेपालमा कार्यरत दार्जिलिङ्गका चिया विशेषज्ञ एस. के. प्रधान भन्छन्-‘दार्जिलिङले चिया पर्यटनबाट मात्र आधा जनजिवन धानेको छ । यसको अवधारण नेपालमा विस्तार गरेर ‘गन्तब्य चियावारी’ वनाउन सके यहाको आर्थिक तथा सामाजिक विकासले उचाइ लिने पक्का छ उनले भने । तर नेपालमा यसको अवधारणालाई सरकारी तवरबाट कुनै पहल हुन सकिरहेको छैन् । चियाकै अध्ययन भ्रमणमा आउने पर्यटकहरूको संख्या यस वर्ष सुधारिएको छ । नेपालका तीन दर्जन जिल्लामा चिया खेती विकास तथा विस्तार भइरहेको अवस्थामा यसबाट उत्पादन तथा पर्यटनबाट नेपालले मनग्गे आम्दानी लिन सक्ने बताइन्छ । पर्यटकहरू नेपालको चिया वगान, यसको अवस्थाको अध्ययन अनुसन्धानका लागि विशेष मात्रामा आउने भएकाले इलामको प्राकृतिक स्वरुप हेरेर पनि भ्रमणको समयलाई वढाउने गरेका छन् । चिया अध्ययन गर्न आएका पर्यटकहरू गाउँमै बसेर लोकल चिया चाख्ने र चियावारी घुम्ने गर्छन् ।
थुम्का थुम्का डाँडाहरूमा आँखाले भ्याएसम्मका चियाका हरिया बुट्टाहरू, अन्तुडाडाबाट उदाउने सूर्योदयको पहिलो लालीकिरण, डाडाकाडा भरि कोणधारी सल्लाघारी, नागवेली सडक खण्ड, पुराना बौद्धगुम्बा र मन्दिरहरू, कञ्चनजङ्गाको मनोरम दृष्य आदि रमणिय दृष्यहरूलाई क्यामेरामा कैद गर्दै रमाउन इलाम आइपुग्ने पर्यटकका लागि टि टुरिज्मको अवधारणाले नेपाल पर्यटन क्षेत्रलाई थप टेवा पुर्याउन सक्ने अनुमान लगाउन सकिन्छ । नेपाल सरकारले नेपाल पर्यटन वर्षलाई सफल वनाउन र जतिसक्दो पर्यटक भित्राउन पूर्वी पहाडी डाडामा मौलाएको चिया उद्योगलाई टि टुरिज्मको अवधारणामा विकास गर्न आवश्यक देखिन्छ ।
चिया-पर्यटनको अन्तराष्ट्रिय प्रचलन
चिया र पर्यटन भर्खरै चर्चामा आएपनि यसको विकास चिनमा धेरै अघि देखि नै प्रारम्भ भइसकेको हो । चीनको सिचुवान प्रान्तमा चियाको म्युजियम नै रहेको छ । त्यहाँको जंगलमा प्रथम पटक पत्ता लागेको चियाको बोट भएको स्थानलाई संरक्षित गरिएको छ । त्यो पहाडी इलाका भएकाले आगन्तुक पर्यटकलाई माथि सम्म पुग्न रोप-वेको व्यवस्था गरिएको छ । जुन ठाउँ हेर्न वर्षेनी हजारौं जाने गर्दछन् ।
चीनमा मात्र होइन जापानमा पनि यसको विस्तार व्यापक रुपमा भएको छ । चीन र जापानमा चियालाई पेय पदार्थका रुपमा मात्र होइन सभ्यताको रुपमा लिने गरिन्छ । ती दुई देशमा त्यहाँ उत्पादन हुने चियालाई ‘टि टेस्टिङ सेरोमनी’को रुपमा लोकपि्रय भएको छ । त्यहाँ ‘ब्रेक टि’, ‘ग्रीन टि’, ‘वाइट टि’, ‘व्ल्याक टि’ ‘अर्गानिकबाट पाहुना र पर्यटकलाई स्वागत गर्ने संस्कृति नै स्थापित भइसकेको छ । यसै अनुसार भारतको दार्जिलिङ, आसाम, डुवर्स लगायतका क्षेत्रमा पनि यसको विकास हुँदै गइरहेको छ ।
चिया तथा कफी विकास वोर्डका पूर्वकार्यकारी निर्देशक विनय मिश्रका अनुसार विश्वमा केन्याले चिया पर्यटनबाट मनग्गे फाइदा लिएको छ । मिश्र भन्छन्-‘इलाममा भएको चियाको जात पनि’ओर्जीनल चाइनीज सिड’ हो, जुन विश्वमा गुणस्तरयुक्त मानिन्छ यसलाई पर्यटनसँग जेाडन सके विश्व वजारीकरणमा पनि बृद्धि हुनेमा दुइमत छैन् ।’ ‘संस्कृतिका रुपमा चिया विकसित हुँदै गइरहेको साथै अथितिलाई सत्कार गर्ने एक पेय पदार्थ मात्र नभएर मानव सभ्यताको एक अभिन्न संस्कार पनि भएकोले पर्यटनसँग जोड्नु आवश्यक रहेको मिश्रको बुझाइ छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
थुम्का थुम्का डाँडाहरूमा आँखाले भ्याएसम्मका चियाका हरिया बुट्टाहरू, अन्तुडाडाबाट उदाउने सूर्योदयको पहिलो लालीकिरण, डाडाकाडा भरि कोणधारी सल्लाघारी, नागवेली सडक खण्ड, पुराना बौद्धगुम्बा र मन्दिरहरू, कञ्चनजङ्गाको मनोरम दृष्य आदि रमणिय दृष्यहरूलाई क्यामेरामा कैद गर्दै रमाउन इलाम आइपुग्ने पर्यटकका लागि टि टुरिज्मको अवधारणाले नेपाल पर्यटन क्षेत्रलाई थप टेवा पुर्याउन सक्ने अनुमान लगाउन सकिन्छ । –
विस्मृति Reply:
September 26th, 2013 at 11:59 am
“थोमससँगै आएका अन्य जर्मनी नागरिकहरू इलामका चियावारीमा धितमरुन्जेल घुम्छन अनि गाउँलेसँगै वसेर नेपाली चियाको स्वाद लिन्छन्”
इस त्यो जाबो चिया बगान मा आउने पर्यटक पैसा नभएको महा मगन्ते पर्यटक हो ! फिरी मा चिया खान आको हरिकंगाल हो ! १००० डलर नि बोकेर आको हुदैन ! जसो तसो प्लेन भाडा तिरेर नेपाल छिरेसी कहा फिरी मा खान बस्न पाइन्छ ! कहा सस्तो छ त्येतई तिर लाग्ने सुको कौडी नभाको हो ! हो चिया बगान मा पर्यटक लाइ तान्न सकिन्छ ! गुन्द्रुक र ढिडो खुवाएर होइन ! चिया बगान देखि ८ – १० किलोमिटर टाढा एउटा ब्यबस्थित आर्को ठमेल खोलेर ! जुन खोला किनार मा होस् र २४ सै घण्टा हर तरह को सुबिधा उपलब्ध होस् ! चिन मा जस्तै ब्यबसायिक पारा ले सोच्ने बेला आएको छ ! लेखक ले लेख्या पर्यटक त – त्यो भेक मा सस्तो मा खान पाइने – अर्ग्यानिक चिज बिज सित्तै मा नि पाइने – घरेलु जाड र रक्सि बिदेसी ले खादा मक्ख परेर जति नि खान दिने – भुटुवा र सुकुटी सित्तै मा खान दिने अनि घुम्न नि पाइने – फिरी मा खान नि पाइने !! येस्ता हरिकंगाल पर्यटक को बारेमा लेखेर अरुको अगाडी ठुलो देखाउने जमर्को चाही लु भो नगरम है ! थाइल्याण्ड तिर त येस्ता लाइ खेदाउछन !!
Suresh Pradhan Reply:
September 26th, 2013 at 2:40 pm
It is ridiculous to comment without knowing it.It would be wise not to write or say a negative word which will have negative impact on our tourism potential.I have known for myself Mr.Thomas Holz who is doing great to promote Nepalese tea in Germany as well as to promote ‘Tea tourism’in Nepal which has a huge prospect.As far I know, it has attracted inter alia some distinguished German tourists from Deutsche Bank and Air Bus from Germany and every year Mr. Holz, in cooperation with our Honorary Consul General in Frankfurt, brings in German group tourists to take around the tea plantation area to enjoy the beauty and culture surrounding it. .
जीवन शर्माको लेख असाध्यै सान्दर्भिक र राम्रो लाग्यो । पर्यटन क्षेत्रमा उहाँका कलम निरन्तर चलिरहेका छन् । अपेक्षा गरौं उहााबाट अझै राम्रा लेखहरु आउछन् । यस लेखमा शर्मा जी थोमसलाई एउटा पात्र बनाएर लेख्नु भयो । समग्र उहाँको लेखको मर्म मैले बुझ्दा इलाममा चिया पर्यटनलाई बढवा दिनु हो । यस्ता प्रसंगमा उहाँका लेखहरु विभिन्न पत्रपत्रिका प्रकाशित भइरहेका पनि छन् । हुन त थोमस एक यस्ता व्यक्ति हुन् जसले इलामको चिया पर्यटनलाई चिनाउन धेरै प्रयास गरिरहेका छन् । तर शर्मा जीले थोमसको बारेमा चर्चा गर्न चाहानु भए जस्तो लाग्दैन शायद विस्मिृति जीले अलिग अकै ढंगबाट बुझ्नु भयो कि ? इलाममा आउने पर्यटक काठमाण्डौमा आउने भन्दा आर्थिक रुपले पनि सम्पन्न हुनुपर्छ किनभने उसलाई इलाम आइपुग्न अहिलेको अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढ्दा भद्रपुरकै भाडा पनि १५८ डलर अर्थात १५ हजार भन्दा बढी पर्छ त्यहाँबाट इलाम जाने भाडा र फर्कने भाडा हिसाव गर्दा ३५० डलर भन्दा बढी हुन्छ । जव कि उसले युरोपबाट आतेजाते टिकट झण्डै १०0० डलरमा लिएर आउछ । त्यो अर्थमा त्यो कमेन्ट त्यत्ति सान्दर्भिक देखिदैन । सुरेश जीको कमेन्ट सहि लाग्यो । हाम्रो सम्पदाको विकासमा आफै लाग्नै पर्छ । शर्मा जी कै प्रसंगलाई जोड्दै लैजाने र विस्मृति जी सँग पनि सहमत हुँदै अर्को ठमेल जस्तै ठाउँ बनाउन चाँही सकिन्छ तर सबैको उत्तिकै सहयोग अपरिहार्य छ । अन्त्यमा शर्मा जीलाई धेरै धेरै धन्यवाद ।
विस्मृति Reply:
September 27th, 2013 at 9:16 am
कुशल जी मैले व्यक्तिगत रुप मा भनेको होइन ! मैले कतिपय पर्यटक को बास्तबिकता बुझेर भन्या हो ! होला थोमस जी नेपाल को लागि र इलामे चिया को लागि राम्रो मान्छे हुनुहुन्छ होला ! तर मैले समग्र मा त्येस्ता पर्यटक को कुरा गरेको हो जो पैसा बचाउन जे जस्तो नाटक पनि गर्छन ! अलि पहिला को कुरा हो पश्चिम नेपालगंज मा पर्यटक हरु आएका थिए ! नेपालगंज मा थुप्रै स्तरिय होटल हरु थिए ! अलिक टाढा बर्दिया निकुञ्ज भित्र थुप्रै स्तरिय होटल हरु थिए ! गुलरिया, भुरिगाउ आदि मा थुप्रै सामान्य र ठिकै खाले होटल हरु थिए ! त्यो नि नभए अहिले गाउ गाउ मा होम स्टे खुले को छ ! तर त्यो समुह खोइ कसरि एक जना थारु लाइ प्रभाब मा पारेछ अनि हाम्रो तिर मकै बारी मा जंगली जनावर हरु लाइ धपाउन बास को घोच राखेर अग्लो पारि त्येश मा खाट र माथि छानो बनाइ राति सुत्न मिल्ने र जनावर धपाउन मिल्ने बनाइन्छ ! उनीहरु राति त्येही बस्ने दिउसो घुम्न जाने अनि खाना थारु को घर मा खाने – बिदेशी ले मुसा खायो भनेर हाम्रा थारु दाजुभाई गाउ भरि का भएर मुसा मार्ने घोंगी मार्ने – लोकल कुखुरा – ढेकरी – लोकल रक्सि र जांड जति खाए नि दिने – ! १२ दिन जति बसेर खाए सुत्न लाइ “अटुवा” मा जाने ! ! फोटो खिचे – जाने बेला पनि ति थारु दाजु भाइ हरु ले “लड़िया”(रागा ले तान्ने गाढा) मा बसालेर ६-७ किलोमिटर राजमार्ग सम्म पुर्याइदिये ! विदेश – खास गरि थाइल्याण्ड मा हुने हो र यति गर्ने हो भने त्येहा तिनीहरु ले कम्ति मा ५७६०.०० डलर तिर्नु पर्ने थियो ! हाम्रो मा फिरी मा मोज गरेर गए ! हो यहि कुरा लाइ मैले फोकस गरेको हो ! ब्यबसाइक बनायो भने त्यो कसैले व्यक्तिगत रुप मा प्रमोट नै गर्नु पर्दैन ! पैसा आयो भने सुबिधा थपिन्छ ! सुबिधा भयो भने पर्यटक आउछ !
there’s no word to express the comment on your post.firstly i want to thank you for promoting the tourism through tea farming. and secondly the article is apprecitaible .
hope that we will be getting this sort of uncomparable post from you
thank you.