९ असोज, काठमाडौं । बेष्ट रेमिट नेपाल प्रा.लि. र जनता बैंक नेपाल लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । बुधबार बेष्ट रेमिटका प्रवन्ध निर्देशक श्याम तामाङ र जनता बैंकका चिफ अपरेटिङ अफिसर प्रमोद बोहराले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि विश्वका विभिन्न मुलुकबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स जनता बैंकका मुलुकभर रहेका २५ शाखा तथा १ एक्सटेन्शन काउण्टरबाट भुक्तानी लिन सकिने छ । आफना ग्राहक तथा सेवाग्राहीको सहजता तथा सुविधाका लागि यो सम्झौता गरिएको बताउदै बेष्ट रेमिटका प्रवन्ध निर्देशक तामाङले हुण्डीलाई निरुत्साहित गर्दै बैकिंङ च्यानलमार्फत पैसा पठाउन आगामी दिनमा अन्य बैंकहरुसँग पनि रेमिट्यान्स सम्झौता गरी ग्राहकहरुलाई थप सहज बनाउने जानकारी दिए । उनले भने ‘हामी प्रतिष्पर्धा भन्दा पनि नयाँ ठाँउबाट रेमिट्यान्स भित्र्याई मुलुकभर सहज ढंगमा भुक्तानी सेवा दिन लागिपरेका छौ ।’
यस्तै जनता बैंकका चिफ अपरेटिङ अफिसर प्रमोद बोहराले बेष्टसँगको सम्झौतापछि कोरिया, हङकङ, युरोप तथा विश्वका विभिन्न मुलुकबाट पठाएको रकम जनता बैंकमार्फत भुक्तानी दिन बैंक प्रतिबद्ध रहेको बताए । उनले यो सम्झौतासँगै विदेशमा रहेका नेपालीहरुलाई मलुकमा रेमिट्यान्स पठाउन थप सहज हुने विश्वास ब्यक्त गरे ।
गैरआवासीय नेपालीहरुद्धारा प्रर्वद्धित बेष्ट रेमिटले आफना ग्राहक तथा सेवाग्राहीलाई सरल छिटो र विश्वसनीय सेवा दिन यसअघि पनि नेपालका विभिन्न बैंकहरुसँग रेमिट्यान्स सम्झौता गरिसकेको छ । यो सम्झौतासँगै विदेशबाट आएको रेमिट्यान्स बेष्ट रेमिटका १ हजारभन्दा बढी एजेण्ट, सव–एजेण्ट तथा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट भुक्तानी लिन सकिने छ ।
चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...