OnlineKhabar.com

एनडिएफ कोरियावाट समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस

2070 असोज 9 गते 17:34 मा प्रकाशित

मीनप्रकाश उप्रेती

सउल । नेकपा एमाले निकट प्रवासी भ्रातृ सङ्गठन नेपाल लोकतान्त्रिक मन्च दक्षिण कोरियाले आगमि संविधानसभाको निर्वाचनका लागि समानुपातिकका लागि दुईजनाको नाम सिफारिस गरेको छ । यसैसाता बसेको मन्चको हाईकमाण्डको निर्णय अनुसार प्रमुख सल्लाहकार मनोज कार्की र मन्चका अध्यक्ष कृष्ण राईको नाम सिफारिस गरेको हो ।m

 विगत १३ वर्ष देखि कोरियामा व्यवसाय गर्दै आएका कार्कीले गृह जिल्ला चितवनबाट कम्युनिष्ट राजनीति सुरु गरेका हुन् । बिद्यार्थी जीवनबाट राजनीतिकमा होमिएका कार्की ०४६ सालको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै पछिल्लो समयमा काठमाण्डैा चितवन सम्पर्क मन्चको कार्यभार समाल्दै आएका थिए । कोरियामा नेपाल लोकतान्त्रिक मन्चको निर्माण र परिचालनका लागि कार्कीको प्रमुख भूमिका रहँदै आएको छ ।

 यसैगरी भोजपुर निवासी कृष्ण राई बाल्यकाल देखि नै कम्नियुस्ट सोचबाट प्रभावित हुँदै पार्टीको होल टाईमरको रूपमा काम गर्दै आएका थिए । आर्थिक अभावका कारण रोजगार अनुमति प्रणलीबाट विगत तीन वर्ष देखि कोरियामा काम गर्दै आएका राई हाल मन्चको अध्यक्षको कार्यभार सम्हाल्दै आएका छन् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“एनडिएफ कोरियावाट समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस” मा प्राप्त 0 प्रतिकृयाहरू
  • cr7 लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:31

    omg brother manoj lai badhai chha 🙂