स्थानीय फेसनको प्रवर्द्धनमा यामाहा

2070 असोज 9 गते 18:40 मा प्रकाशित

९ असोज, काठमाडौं । यामाहा मोटर साइकलको प्रायोजनमा देशव्यापी परम्परागत फेसन प्रवर्द्धन अभियान सुरु भएको छ । भोटो इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको यो अभियानमा रुस्लानको पनि सहभागिता रहेको छ ।

‘ट्रेण्डसेटर्स फेसन इभेन्ट’ नाम दिइएको यो अभियान २०१४ को मार्चसम्म सञ्चालन हुनेछ । अभियानको लागि विभिन्न समूहको टोली आज बुधबार राजधानीबाट प्रस्थान गरेको छ । नेपाली परम्परागत फेसनको पुनर्जागणको लागि भोटो इन्टरटेन्मेन्टले यो अवधारणा अघि सारेको हो ।

YAMAHA-ray-1

स्थानीय स्तरमा फेसन इभेन्टस आयोजना गरी परम्परागत पोशाक शैलीलाई स्थानीय बजारमा मूलप्रवाहीकरण गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । इभेन्टस्मार्फत स्थानीय डिजाइनरलाई प्रोत्साहन र प्रवर्द्धन गरिनेछ ।

टोलीको नाम हिमालयन डिस्टिलरी प्रालिको उत्पादन रुस्लानसँग गाँसेर ‘टीकेपी रुस्लान ट्रेण्डसेटर्स’ राखिएको छ । उक्त टोलीमा ८ डिजाइनर र ११ मोडेल रहेका छन् । उक्त टोली देशभर १६ सहर घुम्दैछ ।

विभिन्न इभेष्टमध्ये एकको नाम ‘यामाहा मिस रे’ रहेको छ । यामाहा रे कम्पनीले बिक्री प्रवर्द्धनमा जोड दिएको स्कुटी हो । मार्चमा हुने गला इभेन्टमा यामाहा रे स्कुटर उपहार दिइनेछ । मिस रे एसएमएस भोटिङ्ग, पब्लिक भोटिङ्ग, फेसबुक लाइक र निणर्ायक मण्डलमार्फत छनोट गरिनेछ ।

सबै ११ मोडलहरु सबै कार्यक्रममा सहभागी हुनेछन् । त्यसक्रममा यामाहाको सो रुम भेट, स्कुटर र्याली र इन्टरटेन्मेन्ट कार्यक्रमहरु पनि हुनेछन् । फेसन प्रवर्द्धनको अभियानलाई आफ्नो बजार प्रवर्द्धनसँग जोडेर सञ्चालन गर्ने योजना यामाहाको छ ।

YAMAHA-ray

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...