९ असोज, काठमाडौं । टे्रकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) को नवनिर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गरेको छ । बुधबार सचिवालयमा एक कार्यक्रमको आयोजना गरि पुरानो कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको हो । टानको नयाँ कार्यसमितिका लागि रमेश धमलाको पुरै प्यानल निर्वाचित भएको थियो ।
नवनिर्वाचित अध्यक्ष धमलाले आफ्ना चुनावी एजेण्डाहरुलाई आत्मसात गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले सबै पक्षलाई मिलाएर टानलाई व्यवसायीक हितमा काम गर्ने संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवाष निरौलले पर्यटनको दिगो विकासमा काम गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा केशव पाण्डे, प्रथम उपाध्यक्षमा कामी रिन्जी शेर्पा, द्धितिय उपाध्यक्षमा कुल बहादुर गुरुङ, महासचिवमा सागर पाण्डे, सचिवमा पासाङ शेर्पा, कोषाध्यक्षमा गोपाल बाबु श्रेष्ठ र सहकोषाध्यक्षमा तिलक बहादुर थापा मगर रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा गोकुल सापकोटा, पासाङ तामाङ, पासाङ तेन्जी शेर्पा, नमराज गौली, आङपेम्बात शेर्पा, राजेन्द्र सापकोटा, निलहरी बास्तोला, मेघनाद तिमल्सिना र धन प्रसाद गुरुङ रहनुभएको छ ।
निर्वाचन यहि असोज ४ गते काठमाडौंमा सम्पन्न भएको थियो ।
चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...
Dherai khusi lagyo. Naya karya samitilai badai ….