OnlineKhabar.com

थ्रीस्टार प्रसिडेन्ट कपको समूह चरणबाटै बाहिरियो

2070 असोज 9 गते 19:34 मा प्रकाशित

९ असोज, काठमाडौं । नेपालको लिग च्याम्पियन थ्रीस्टार क्लब एएफसी प्रसिडेन्ट कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा बुधबार मंगोलियाको इर्चिम क्लबसँग १-१ गोलको बराबरी खेलेको थ्रीस्टार पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको हो ।

समूहको शीर्ष दुई टोली सिधै फाइनलमा पुग्ने भएपछि थ्रीस्टारको सम्भावना सकिएको हो । बाल्कोन र इर्चिमबीच शुक्रबार हुने खेलले समूह ए बाट फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । बाल्कोनको ३ अंक छ भने इर्चिमले १ अंक जोडेको छ ।

थ्रीस्टार समूह चरणको पहिलो खेलमा तुर्कमिनिस्तानको बाल्कोनसँग ६-० को फराकिलो हार व्यहोरेको थियो । मलेसियामा भएको खेलमा इर्चिमले आठौं मिनेटमा नै गोल गरेको थियो । तर, खेलको अन्त्यतिर थ्रीस्टारले बराबरी गोल गरेको थियो । ८८ औं मिनेटमा डोडोजले थ्रीस्टारका लागि गोल गरेका हुन् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“थ्रीस्टार प्रसिडेन्ट कपको समूह चरणबाटै बाहिरियो” मा प्राप्त 4 प्रतिकृयाहरू
  • seeeraaaaaa लेख्नुहुन्छ    |   2070 असोज 9 गते 19:50

    ko le gareko ho goal khoe lekheko yar

    Batista Reply:

    ८८ औं मिनेटमा डोडोजले थ्रीस्टारका लागि गोल गरेका हुन्/

  • bishes limbu लेख्नुहुन्छ    |   2070 असोज 10 गते 7:45

    nepal hareko samachar nalekhnu jot jaele harxa

  • nabin tamang लेख्नुहुन्छ    |   2070 असोज 10 गते 22:40

    nepali football ko ejet raina 6 tyo bidesi kheladi dojo le mattra 1k gol gare bichara nepalko kheladi lai ke kheladi vanne so sad.