९ असोज, काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएन)को छैटौं ग्लोबल सम्मेलनको मिति नजिकिदै गर्दा नयाँ कार्यसमितिका मुख्य पदका लागि बिभिन्न मुलुकबाट उम्मेदवारी घोषणा भइरहेका छन् ।
यसैक्रममा गैरआवासीय नेपाली संघको उपाध्यक्ष पदका लागि हालको कार्यसमितिका कोषाध्यक्ष भवन भट्टले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानमा सफल ब्यबसायीको छवि बनाएका भट्टले उपाध्यक्षका लागि उम्मेदवारी दिने योजना बनाएको उनका सहयोगीहरुले बताएका छन् ।
‘उहाँ अघि नसर्दा नेतृत्वपंक्तिमा भ्याकुम देखिने भयो, त्यसैले उहाँ उपाध्यक्षका लागि उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ’ उनका सहयोगीले भने । एनआरएन आईसीसीको मुख्य पदमा जापानको प्रतिनिधित्व हुनुपर्ने जापानबासी एनआरएनहरुको मागका कारण पनि भट्ट अघि सर्नु परेको उनले बताए ।
हालसम्म गैरआवासीय नेपाली संघको उपाध्यक्ष पदका लागि कतारका टीवी कार्की र अष्ट्रेलियाका भवानी ओलीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
अध्यक्ष पदका लागि अष्ट्रेलियाका शेष घले, कोरियाबाट हाल नेपाल फर्किएका तेन्जी शेर्पा र लामो समय युएईमा गैरआवासीय नेपाली अभियानमा संलग्न रही हाल नेपाललाई कर्मथलो बनाएका रामेश्वर साह प्रतिस्पर्धामा छन ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
GOOD LUCK BHUBHAN DAI.
Lu RamroNews! Yuba Bhaban jee lai subhakamana chha…aghi badnus hamro saath chha
Bhatta is really a good candidate for vice president. My best wishes for him