९ असोज, काठमाडौं । भुटानको थिम्पुमा हुने दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । टोली २८ खेलाडीसहित ३८ सदस्यीय रहेको छ ।
सेप्टेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा १६ पुरुष र १२ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ५० केजीमुनि सोनाम लामा, ५५ केजीमुनि विष्णु श्रेष्ठ, ६० केजीमुनि मिलन नेपाली, ६७ केजीमुनि विनोद महर्जन, ७५ केजीमुनि लेखनाथ मैनाली, ८४ केजीमुनि भीमबहादुर तामाङ तथा ८४ केजीमाथि दिगम्बरप्रसाद पन्तले खेल्नेछन् ।
पर्शुराम बाँस्तोलाले एकल काता तथा गणेशबहादुर थिङ, मन्डेकाजी श्रेष्ठ र केदारबहादुर सिम्खडाले समूहगत कातामा सहभागिता जनाउने छन् । टिम कुमुतेमा विकास मोक्तान छेसाङ शेर्पा, राम तामाङ, लक्ष्मण तामाङ र गोपीराम घलेले भाग लिने छन् । महिलाको ४५ केजीमुनि अर्मिला डिसी, ५५ केजीमुनि सपना लामा, ६१ केजीमुनि सुनीता महर्जन, ६७ केजीमुनि रिता कार्की, ७५ केजीमुनि कल्पना बस्नेत र ७५ केजीमाथि निर्मला राईले प्रतिस्पर्धा गर्नेछन् । एकल कातामा चन्चला दनुवार तथा समूहगत कातामा सुभद्रा श्रेष्ठ, संगीता डंगोल र सुमन लामाले खेल्नेछन् ।
जुनियरको ४० केजीमुनि साङ छिरिङ लामा र ५० केजीमुनि सुनीता लामाले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा महेशकुमार श्रेष्ठ, राजेन्द्र कपाली र गंगाराम महर्जन, व्यवस्थापकमा मजेन्द्र सिंह र निवासगोपाल वैद्य, अफिसियलमा राजेन्द्र क्षेत्री तथा निर्णायकमा राजु महर्जन, मिलनराज प्रसाईं, योगबहादुर राई र विक्रम लामा छन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
Best of luck Nepal Karate team, specially little bro Parshu Ram 🙂
mashes gurulai hami prabashi bhutaness karateko tarfa bata huss. bhutanma pani karateko bikash ramreri hoss jasari prabasma vayekothiyo mashes guru, maden gurule hamlai junkishmle karateko bikashma thulo yogdan garnu vayeko thiyo hamile kaile pani volene chaina
Best of luck all players and sensei!!
kanchha thapa(black belt shito ryu)
best of luck……