९ असोज, काठमाडौं । बिहीबारदेखि काठमाडौंमा सञ्चालन हुने सिनियर ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताका बिजेतालाई एक लाख २५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाल क्रिकेट सङ्घका सचिव ठाकुरप्रसाद पहाडीले दिनुभएको जानकारीअनुसार प्रतियोगिताका उप विजेतालाई ७५ हजारका साथै शिल्ड, म्यान अफ दी सिरिजलाई १५ हजार र उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १० पुरस्कार दिइने छ ।
असोज १८ गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा क्यानका नौवटा क्षेत्रीय टिमका साथै दुई विभागीय टिम -सशस्त्र प्रहरी बल र नेपाली सेना) गरी ११ टिमको सहभागिता रहनेछ । क्षेत्र नं. ९ र नेपाली सेनाको टिम प्रतियोगितामा पहिलोपल्ट सहभागी हुन लागेको क्यानले जनाएको छ । रासस
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
yeti jabo rakam ta hami le gaun ghar ma aayojana garda din6au yar