OnlineKhabar.com

म्यानचेष्टर युनाइटेडले लिभरपुलसँग बदला लियो

2070 असोज 10 गते 9:36 मा प्रकाशित

१० असोज, काठमाडौं । लिग कप फुटबलमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले १–० को जित निकाल्दै प्रिमियर लिगमा ब्यहोरेको हारको बदला लिएको छ ।

Hernandez

घरेलु मैदान वल्र्ड ट्राफर्डमा भएको खेलमा म्यानचेष्टरका लागि ४६ औं मिनेटमा जेभियर हर्नान्डेजले गोल गरेका थिए । दोस्रो हापको सुरुमा वायन रुनीको कर्नरमा हर्नाडेजले भली गोल गरेका छन् ।

१० खेलको प्रतिवन्धपछि मैदान फर्किएका लुइस स्वरेजले पनि लिभरपुलको हार टार्न सकेनन् । चेल्सीका इभानोभिचलाई टोकेका कारण स्वरेजमागिथ १० खेलको प्रतिवन्ध लागेको थियो । जसका कारण उनले यो सिजनको ६ खेल गुमाएका छन् ।

अर्को खेलमा आर्सनलले वेष्टब्रोमलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

अब चौथो चरणमा चेल्सीले आर्सनल प्रतिद्वन्द्वी पाएको छ भने म्यानचेष्टर युनाइटेड नरभिच तथा म्यानचेष्टर सिटी न्यूक्यासलसँग भिड्ने छन् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“म्यानचेष्टर युनाइटेडले लिभरपुलसँग बदला लियो” मा प्राप्त 4 प्रतिकृयाहरू
  • subodh Torres pant लेख्नुहुन्छ    |   2070 असोज 10 गते 12:38

    come on chelsea….

  • subha chintak लेख्नुहुन्छ    |   2070 असोज 10 गते 15:36

    this is our identity.hala man utd.

  • रमेश मगर लेख्नुहुन्छ    |   2070 असोज 10 गते 20:00

    alwyas united

  • Sujan लेख्नुहुन्छ    |   2070 असोज 11 गते 8:50

    always Liverpool