डलरको मूल्य १०० रुपैयाँ तल

2070 असोज 10 गते 11:11 मा प्रकाशित

१० असोज, काठमाडौं । अमेरिकी डलरको बिक्री मूल्य १०० रुपैयाँबाट तल झरेको छ । बिहीबार नेपालका वाणिज्य बैंकहरुले डलरको बिक्री मूल्य १०० रुपैयाँभन्दा १५/२० पैसा कम तय गरेका छन् ।

 dollar

आज बिहान नेपाल इन्भेष्टमेन्ट बैंकले डलरको बिक्री मूल्य ९९.८५ र खरिद मूल्य ९८.७५ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, एभरेष्ट बैंकले डलरको बिक्री दर ९९.९५ रुपैयाँ र खरिद दर ९९.३५ रुपैयाँ निर्धारण गरेको छ ।

दश दिनअघि ९९ रुपैयाँमा झरेको डलरको मूल्य क्रमशः बढ्दै १०२ रुपैयाँको नजिक पुगेर पुनः १०० रुपैयाँ तल झरेको हो । सन् २०१२ को सुरुमा ८७ रुपैयाँ रहेको डलरको मूल्य ११० रुपैयाँसम्म पुगेर घटेको हो ।

“डलरको मूल्य १०० रुपैयाँ तल” मा प्राप्त 1 प्रतिकृया
  • seeeraaaaaa लेख्नुहुन्छ    |   2070 असोज 10 गते 13:45

    kahile hune hola nepal ko paisa aru country ma asto

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...